अपडेट : शीतगंगामा बस दुर्घटनामा ४ गंभिर

175

सचिन बोहोरा र  जनक केसी
अर्घाखाँची- शीतगंगा नगरपालिका–२ को भुवनपाटमा बस दुर्घटना भएको छ । धार्मिक पर्यटकीय स्थल सुपादेउराली मन्दिर दर्शन गररी घर फर्कने क्रममा भुवनपाटाको भारालोमा लु १ ज ७९४१ नम्बरको बस दुर्घटना हुदा तीर्थालु घाइते भएका हुन । २२ जना घाईते भएका छन । जसमध्ये ११ जनालाई ठाडामा उपचार हुन नसकेपछि भैरहवा रिफर गरिएको छ । ४ जना गंभिर रहेका छन ।


बुटवल महानगरपालिका–१९ का स्थानीय बस रिर्जब गरेर मन्दिर दर्शन गर्न आएका थिए । इलाका प्रहरी कार्यालय ठाडाका प्रहरी निरीक्षक गणेश नरालले दुर्घटनामा घाइते यात्रुको प्राथमिक स्वास्थ्य केन्द्र ठाडामा उपचार भैरहेको बताउनुभयो । गाडी ओरालो झर्दा ब्रेक फेल भएर दुर्घटनामा भएको प्रहरीले जनायो ।

SHARE