कांग्रेस अर्घाखाँचीले ल्यायो तरंग

296

 

प्रतिपक्ष दल नेपाली कांग्रेस अर्घाखाँची ले शुरु गरेको जागरण अभियान गाउंगाउंमा पुगेको छ । पार्टी संगठन निर्माणसंगै जनताको विकास निर्माणप्रति कांग्रेसले चासो व्यक्त गरेको छ । सरकारको गलत क्रियाकलापको बारेमा पनि जनतालाई जानकारीदिएको छ ।
कांग्रेस नेता दीपकुमार उपाध्याय, रेवतीप्रसाद भुसाल, जिल्ला सभापति विष्णु मुस्कान, पूर्वसभापति कमलप्रसाद भुसाल, उपसभापति शान्तिा भण्डारी, सचिव विष्णुप्रसाद खनाल, नेता केशव श्रेष्ठ लगायतका नेता यतिबेला गाउंगाउंमा हिंडेका छन । गाउंमा बेग्लै रौनक छाएको छ ।
पाटी नेता तथा कार्यकर्ता हरेका कार्यक्रममा जुटेका छन । विकास निर्माणको बारेमा भेटघाट, अन्तरक्रिया, छलफल हुने गरेको छ । संगठनलाई मजबुद बनाउने विषय र सरकारले दुई तिहाइको दम्भ देखाएको भन्दै नेताहरुले सरकारको आलोचना गरेका छन ।
जिल्लाको बांगी, सिद्धारा, ठाडा, सिमलपानी लगायतका गाउंमा कार्यक्रम सम्पन्न भएको छ । दुई तिहाइको दम्भले लोकतन्त्र नै खतरामा पर्ने संकेत नेता उपाध्यायले गर्नुभयो ।
हरेक परिवर्तनको नेतृत्व कांग्रेसले गरेको बताउंदै उहाले केपी ओलीको सरकारले लोकतन्त्र माथि दुई तिहाइको दम्भ देखाएर तानाशाह बन्न खोजेकाले लोकतन्त्र बचाउन जागरण अभियानमा लागेको बताउनुभयो ।
नेता रेवती भुसालले सरकार भ्रष्टचार काण्डैकाण्डमा फसेकाले ओली सरकारबाट आर्थिक सम्बृद्धि र विकासको कोही आशा नभएको बताउनुभयो । जिल्ला सभापति विष्णु मुस्कानले सरकार तानाशाह शासन लादेर निरंकुश बनेको बताउनुभयो ।
गाउंमा भएका सबै कार्यक्रममा कम्युनिष्ट पार्टी छाडेर कांग्रेसमा प्रवेश गर्नेको लहर चलेको छ । कम्युनिष्ट पाटीमा लामो समय काम गरेका नेता तथा कार्यकर्ताहरु कांग्रेसमा प्रवेश गरिरहेका छन ।
नेपाली  कांग्रेस अर्घाखाँचीले आयोजना गरेको जागरण अभियान अन्तरगत शितगंगा नगरपालिका वार्ड नम्बर  १२ ठाडाको रजियामा सम्पन्न भएको छ । जागरण अभियान कार्यक्रममा दर्जन बढी नेकपाका समर्थकहरु पार्टी परित्याग गरी नेपाली कांग्रेस प्रवेश गरेका छन् ।
SHARE