मालारानीका सबै स्कुल टप बन्छन : शिक्षा अधिकारी

441

अर्घाखाँची –तल्लो कक्षामा विद्यार्थी न्युन भएपछि स्कुल समायोजन, कक्षा घटाउने र शिक्षक दरबन्दी कटौती गरिएको छछ ।  मालारानी गाउँपालिकामा मावि १३, आधारभूत ४७ र बालविकास ३ गरी ६३ वटा विद्यालय छन । त्यसमध्ये १७ वटा आधारभूत विद्यालयका हाल पढाई भैरहेका कक्षालाई घटाइएको छ ।

प्रगति आधारभूत विद्यालयमा कक्षा १ देखि ५ सम्म पढाई भैरहेको थियो । विद्यार्थी खचाखच हुन्थे । पछिल्लो केही वर्षयता विद्यार्थीको संख्या न्युन छन । यस वर्ष २१ जना विद्यार्थीले मात्रै परीक्षा दिए । अबको शैक्षिक शत्रबाट ४ र ५ कक्षा घटाइयो । कक्षा १ देखि ३ सम्म पढाई हुनेछ । यहा“ एक जना शिक्षकको दरबन्दी कटैती पनि गरियो । यसैगरी १७ विद्यालयमा कक्षा घटाइएको मालारानी गाउ“पालिका शिक्षा अधिकारी रमेश पंथीले बताए ।

‘कुनै स्कुलका कक्षामा विद्यार्थी शुन्य जस्तै हुने र कतै विद्यार्थी धेरै दरबन्दी अभाव भएपछि कक्षा घटाएर दरबन्दी मिलान गरियो,’ उनले भने ।
विद्यार्थी कमी भएकाले दरबन्दी कटौती र कक्षा खारेज गर्नुपरेको पंथीले बताए । कक्षा खारेज गरिएका १६ स्कुलका २० जना शिक्षकको दरबन्दी कटैती गरिएको छ । विद्यार्थी धेरै र दरबन्दी कम भएका ९ स्कुलमा दरवन्दी थप गरिएको उनले बताए । सबै विद्यालयमा अंग्रेजी माध्यमबाट पढाई भैरहेको उनले बताए ।
अब मालारानीका सबै स्कुलमा शैक्षिक गुणस्तर वृद्धि गरी नमुना स्कुल बनाउने योजना अनुसार काम भैरहेको उनले बताए ।

SHARE