गणतन्त्र ल्याउने विप्लवलाई मार्नु हुंदैन : प्रवक्ता शर्मा

45

कांग्रेस प्रवक्ता एवं प्रभावशाली नेता विश्वप्रकाश शर्माले सरकारले पत्रकारको शिरमा तरबार झुण्डाइदिएर लेख्ने कलम बन्द गरिदिन खाजेको बताए । गणतन्त्र ल्याउन महत्वपूर्ण भूमिका खेलेका पत्रकारलाई विद्येयक ल्याएर स्वतन्तापुर्वक समाचार लेख्नलाई बन्देज गरी तानाशाह लाद्न खोजेको दावी गरे ।

प्रेस युनियनले सन्धिखर्कमा गरेको पत्रकार सम्मेलनमा शर्माले कलमलाई नियन्त्रण गर्नु लोकतान्त्रिक गणतन्त्र माथि प्रहार गर्नु भएको बताए । स्वतन्त्र प्रेसलाई अंकुश लगाउने काम कांग्रेससलाई शैय नभएको उनले बताए । ‘सरकारले राम्रो काम गरोस हामी कमजोर प्रतिपक्ष रहेर सघाउ“छौं,’ उनले भने, ‘सम्बृद्धिको सपना देखाएर प्रधानमन्त्री केपी ओलीले दुरगामी परिणाम देखाउन सक्नु भएन । बजेट पनि कामचलाउ नै भयो ।’ ओलीले वायुपंखाका कुँ गर्ने तर, कामको शैली वयलगाडा जस्तै भएको उनको तर्क छ ।

गणतन्त्र ल्याउन महत्वपुर्ण भुमिका खोलेका नेत्रविक्रम चन्द समुहलाई आतंककारीको जस्तो व्यावहार गर्नु सरकारले गलत गरेको उनले बताए । चन्दलाई वार्ता बोलाएर मुलक परिवर्तन गर्ने मुलधारमा ल्याउन उनले सरकारलाई आग्रह गरे । अब फेरी बन्दुकको द्धन्द्ध गरेर हु“दैन, चन्दलाई मारेर मुलुकमा सम्बृद्धि आउ“दैन, सरकारले द्धन्द्ध निम्त्याउनु हु“दैन, देशलाई पसिना चाहिएको छ, रगत होइन, उनले भने ।
२००७ साल देखि क्रान्तिका कुरा मात्रै गरियो, अब फेरी एक आपसमा बन्दुकको लडाइ लडेर हु“दैन, मिलेरै मुलुकलाई सम्बृद्ध पार्नुपर्ने शर्माको भनाई छ । प्रधानमन्त्री रोजगार कार्यक्रम नाम मात्रैको भएको छ । विगतको बजेटबाट कोही पनि युवा रोजगारी भएनन, उनले भने ।

दुई तिहाइको सरकारको नेतृत्व गरेका विपी कोइरालाले त्यतिबेला प्रधानमन्त्रीको २५ सय तलबलाई घटाएर २ हजार बनाएको उदाहरण दिंदै अहिलेको ओली सरकारले एक रुपैया“ भएपनि तलव घटाएरर उदारता देखाउनु पथ्र्याे, ठीक उल्टो राष्ट्रति, प्रधानमन्त्री र मन्त्रीको तलब बढाउनु बेठीक भएको शर्माको तर्क छ ।

सरकारले सिंहदरवारको जग्गाको विषयलाई अन्यत्र मोडेको बताए । कांग्रेस सभापति शेरबहादुर देउवाको नाम जोडेर जग्गा हडप्ने आफना नेतालाई संरक्षण गर्न लागि परेको उनको भनाई छ । सरकार संघीयताको मर्म विपरितका काम गरिरहेको छ । बजेटमा स्थानीय र प्रदेश सरकारलाई बलियो बनाएर संघीय सांसद र सरकारले समग्र बजेट र नीतिगत रुपमा अगुवाई गर्नुपर्नेमा अधिकार दिन नखोजेको बताए ।

कार्यक्रम युनियनका अध्यक्ष वीरेन्द्र केसीको अध्यक्षता र सचिव विष्णुप्रसाद खनालको सञ्चालनमा सम्पन्न कार्यक्रममा कांग्रेस जिल्ला सभापति विष्णु मुस्कान, उपसभापति शान्ता भण्डारी, सचिव विष्णुप्रसाद भुसाल, क्षेत्रीय सभापतिद्धय केशव कुंवर, अच्युत गौतम, महासमिति सदस्य केशव श्रेष्ठ लगायतका नेताको उपस्थिति रहेको थियो ।

SHARE