विदेशको पीडा तरकारीले बिर्सायो

9

अर्घाखाची– पणेना सिम्लेका रामप्रसाद पौडेले अब नोकरी गर्न विदेश जादैनन् । विदेशको पीडा बारीको तरकारीले बिर्साएको छ । ‘बारीमा मौसमी तथा बेमौसमी तरकारी खेतीबाट लाखौ अँम्दानी भएपछि म सहित युवाहरु रोजगारको लागि विदेश जान छाडेर यही खेतीमा लागेका छन‘, पौडेलले भने, ‘गाउका अधिकाशले ५० हजार देखी २ लाख भन्दा बढी वार्षिक रुपमा आम्दानी भैरहेको छ ।’ तरकारीको आम्दानीले सिगो गाउ“ परिवर्तन भएको छ । पौडेलले तरकारी खेतीबाट वार्षिक दुई लाख भन्दा बढी आम्दानी गरेका छन ।

सात वर्ष पहिले भारतको दिल्लीमा नोकरी छाडेर घरमा आई तरकारी खेतीमा लागेका छन । ‘अर्काको देशमा नोकर जस्तै बस्नुपर्ने थियो, काम कष्टकर तर पैसा थोरै थियो’, उनले भने, ‘आफनै परिवारको काखमा बसेर आफनै बारीबाट लाखौ कमाई गर्दा यही नै प्यारो लाग्यो, अब म विदेश जान्न ।’ वर्षदिनसम्म परिवारस“ग भेटन नपाईने र तबल बचाउन गा्रहे पथ्र्याे तर अहिले खाना लाउने राम्ररी पुगेर बचत भएको छ ।  उत्पादनलाई वृद्धि गर्ने कार्यक्रम, बोटमा लाग्ने रोग किराबाट बचाउने र सहुलियत दरमा मल बिउपल दिनुपर्ने उनले बताए ।

यसवाट उनीउनीहरुले सबै जग्गामा तरकारी खेती गरेका छन । ‘मौसमी तथा बेमौसमी तरकारीबाट वर्षमा डेढ करोड रुपैया“ भन्दा बढी भित्रिएको छ’, शिवशक्ति मिश्रित कृषक समुहका पुर्वअध्यक्ष रेवतीराज पौडेलले भने, ‘३५ कृषकले गरेको आम्दानीलाई जोडदा वर्षमा डेढ करोड रुपैया“को तरकारी बाहिर बिक्री भएको छ ।’ यहा“ आलु गोपी, सिमी, भाण्टा मुला, साग, बोडी, केराउ, खुर्सानी, लौका लगायत थरी–थरीका बेमौसमी तरकारी उत्पादन भैरहेका छन । ३५ जना मध्ये २० जनाले पुर्ण व्यावासयीक खेती गर्छन । त्यसमा एक कृषकले ५० हजार देखी ४ लाख रुपैया“सम्म वर्षमा आम्दानी हुने उनले बताए । समुह माफर्त सामुहिक खेती गरिएको छ ।

विदेश जाने युवा रोकिएका छन, सोच भन्दा बढी नै घरमै कमाई हु“दा हामी दुई÷चार वर्षमै फेरियौ ।’ तरकारीले गाउ“को मुहार फेरिएको छ । आम्दानीबाट जस्तापाताले घर गोठ छाएका छन । छोराछोरी नीजि स्ुकल पढेका छन । शहरमा घडेरी जोडने शुरुमा रहेको उनले बताए । भिरालो बारीमा तरकारी खेती गर्दा आउ“लेले गिज्याएका थिए । अहिले पैसा कमाई देखेर सबै लोभिएका छन । समुह मार्फत एक घर एक तरकारी उत्पादन भन्ने नारा बनाएर सबैलाई कृषिमा आबद्ध गराउने रणनीति रहेको उनले बताए ।
तरकारी खेतीबाट दुर्गम सिम्ले गाउ“मा वार्षिक डेढ करोड रुपैया“ भित्रिने गरेको छ । भिरालो बारीमा अन्न खेती गर्न छाडेर व्यावसायिक तरकारी खेतीमा लागेका युवाले राम्रो आम्दानी गर्न सफल भएका छन । तरकारी खेतीबाट सिम्ले गाउ“ अँत्मनिर्भर बनेको छ । विदेशबाट घर फर्केका १३ जना युवाले सात वर्ष देखी व्यावसायिक तरकारी खेती गर्न लागेको पौडेलको भनाई छ । अर्का कृषक बुद्धिनाथ गौतमले परम्परागत खेती भन्दा तरकारी खेतीबाट तेब्बर आम्दानी भएपछि १५ रोपनी भिरालो बारीमा मौसमी तथा बेमौसमी तरकारी खेती गरेका छन । उनले तरकारी र सुन्तलाबाट वार्षिक चार लाख रुपैया आम्दानी भएको बताए । सदरमुकाम र ठुलो बजार नजिकै नभएकाले बिक्री गर्न भने समस्या भएको कृषकहरुको भनाई छ । सिम्लेमा उत्पादन भएको तरकारी अर्घाखा“चीको दुर्गाफा“ट, पोखराथोक, पाल्पाको तानसेन तिनगिरे, भुवानपोखरी र तानसेन बजारमा गाडीमा प्राय दैनिक रुपमा बिक्री गर्न लैजाने गर्छन । गाउ“मा आलु, गोपी, खुर्सानी, भाण्डा, सिमी, मुला, गाजर, लुसन प्याज लगायत मौसमी तथा बेमौसमी तरकारी खेती बारीभरी उत्पादन भए‘का छन । गाउ“का भिराला बारीमा तरकारी खेतीबाट सोचेभन्दा तेब्बर आम्दानी भएपछि हामि पा“च वर्षमै फेरियौ’, युवा कृषक भोजराज पौडेलले भने, ‘घरखर्च राम्ररी चलेको छ ।’
सदरमुकामदेखि ५० किलोमिटर पुर्वमा पर्ने पणेना गाविसको सिम्ले गाउ“मा सात वर्षदेखि युवाहरु तरकारी खेतीमा जुटेका छन । एक पटक भारत लगायतको विदेशी देशबाट फर्किएका युवाले एककोहोरो रुपमा तरकारी खेती, पशुपालनमा लाग्ने गरेको स्थानीय विकास अधिकारी हेमराज भुसालले बताए । जिविसको यो वर्षको बजेटको पहिलो प्राथमिकता कृषिलाई छ ।
गाउ“मा उत्पादित वस्तुलाई शहरसम्म लैजान र कृषकलाई उत्साहित बनाउन कृषि सड्क, राहत तालिम, प्राविधिक ज्ञान कृषि कार्यालय मार्फत र जिविसबाट गरिएको उनले बताए । अर्घाखा“ची जिल्लाको धेरैजसो भुगोल समथर छ । बारी समथर र माटो उत्पादनशिल भएकाले कृषिका लागि उपयुक्त जिल्ला भएको भुसालले बताए । कृषि विकास कार्यालयले आवश्यक तालिम प्राविधिक ज्ञान विउपलमा सहयोग गरेको जनाएको छ ।

SHARE