मालारानीमा १७२ रोजगारीमा

36

छ स्थानीय तहमध्ये मालारानी गाउपालिकामा प्रधानमन्त्री स्वरोजगर कार्यक्रम शुरु भएपछि बेरोजगारले काम पाएका छन् । ३० दिने रोजगारीमा सडकको नाली काट्ने, भल तर्काउने, एक वडाबाट अर्काे वडासम्म पुग्ने सडकको काम गरिरहेका छन् । पालिकाको ९ वटै वडाको गाउ“मा पोखरी निर्मँण लगायतका काममा १ सय ७२ जनाले काम गरिरहेका छन् । काम गरेवापत उनीहरुको दैनिक ५ सय १७ ज्याला पाउ“छन् । मालारानीमा बेरोजगार सुचीकृत भएका ३ हजार ७ सय २८ जना रहेका छन ।

प्रत्येक वडाका रहेका सडक र पोखरीको काम गरिरहेका छन ।स्वरोजगारको लागि ३८ लाख रुपैया“ बजेट परेको छ । एउटा वडाबाट अर्काे वडामा जोडने र आन्तरिक रिङरोडका सडकमा भेल तर्काउन नाली काट्ने र पर्खाला लगाउने काममा खटिएको गाउ“पालिका अध्यक्ष बालकृष्ण आचार्यले बताए । वर्षामा भेलले सडक खोल्ने र बिर्गाने समस्या छ । नाली काटेर भेल सडकमा आउनबाट छेकेपछि सडक बिग्रनबाट जोगिन्छ । गाउ“मा आवश्यक्ता अनुसार पोखरी निर्माण गरिदैछ । उनीहरु त्यही काममा छन, उनले भने । वर्षाको आकाशे पानी पोखरीमा संकलन गरी हिउ“दमा सिचाई गर्नको लागि पोखरी निर्माण गर्न लागिएको उनले बताए ।

आफनै गाउ“मा रोजगारी पाएपछि बेरोजगार खुसी छन । एउटा वडामा ४ देखी ५६ जनाका दरले आवश्यक्ता अनुसार काममा खटाइएको छ । सबैभन्दा धेरै वडा–४ मा ५६ जनाले काम गरिरहेका छन । गु्रपमा विभाजन गरेर बाटोको काममा लगाइएको छ । वडाभित्रका गाउ“मा ४ वटा पोखरी निर्मँणको काम गरिरहेका छन ।

प्रधानमन्त्री स्वरोजगार कार्यक्रम अन्तरगत छत्रदेव गाउ“पालिकामा ३६ लाख बजेट परेको छ । कार्यक्रम सञ्चालन गर्न तयारी गरिएको छ । भूमिकास्थान नगरपालिकामा १ सय ९० जना छनोट गरिएको छ । केही दिनमा काम पाउनेछन् । शितगंगा नगरपालिकामा ४५ लाख, पाणिनिमा ३६ लाख रुपैया“ बजेट आएको छ । मंगलवार १ सय २० जनालाई काममा खटाउने तयारी छ । सन्धिखर्क नगरपालिकामा ५२ लाख बजेट छ । कामदार छनोट प्रक्रिया अघि बढेको छ ।

मालारानी गाउपालिका–५ बागीकी विष्णुकुमारी केसीले गाउ“कै डा“डाखर्क जोड्ने सडकमा काम गरेकी छिन । सडकमा खाल्टा पुर्ने, नाली काट्ने, ढुंगा बोक्ने काम गरिरहका छौं, सरकारी ज्यालामा काम पाउ“दा खुसी लागेको छ, उनले भनिन । बेरोजगार हु“दा गफ गरेर समय बित्थ्यो । विहान र बेलुका घरको काम हतारहतार सकेपछि ९ बजेदेखि ४ बजेसम्म रोजगारी पाएपछि खुसी लागेको उनले बताइन । खनकी सावित्रा खनाल पनि घर नजिकैको सडकमा काम पाएपछि दंग परिन । सरकारले हामीलाई सधै रोजगारीको व्यवस्था गरिदियोस, हामी काम गर्न सधै तयार छौं, उनले भनिन ।

SHARE