खिदिमलाई नमुना गाउँ बनाउँछु : वडाध्यक्ष खत्री

32

अर्घाखाँची  खिदिमको विकासमा सक्रिय देवीबहादुर खत्री स्थानीय तहको निर्वाचनमा पाणिनि गाउँपालिका –3 को वडाध्यक्ष निर्वाचित हुनुभयो । विकासप्रति चासो राख्ने अध्यक्ष खत्रीसंग वडाको विकास र समस्याबारे जननी खबरले गरेको कुराकानी ।

वडाको काम कसरी भई राखेको छ ?
म वडाध्यक्षमा निर्वाचित भएपछि जनताको भावनालाई कदर गर्दै काम गरेको छु । रोकिएका विकास योजनालाई पुरा गर्ने र नयां योजना सञ्चालन गरेर वडालाई विकासमा नमुना बनाउने योजना अनुसार काम भई रहेको छ । शिक्षा, स्वास्थ्य, कृषि, पशुपालन, पर्यटन, खानेपानी सिचाई लगायतका पूर्वाधार विकासका काम भएका छन् । जनतासंग छलफल गरेर बजेट विनियोजन गरी हरेक योजनाका काम तीव्र गतिमा अगाडी बढेका छन ।

विकासमा वडाको मुख्य समस्या के छ ?
भौगोलिक जटिलता नै छ । वडाको समग्र वस्तीमा खानेपानीको हाहाकार नै छ । पिउने पानीका लागि घण्टौ समय खर्चेर कुवा र पंधेरोमा धाउनुपर्छ । खेतीयोग्य जमिनमा सिचाई अभाव छ ।

समाधान गर्ने योजना के छ ?
यसै आर्थिक वर्षबाट सबैका घरमा खानेपानीका धारा जडान गर्न पहिलो प्राथमिकतामा राखेका बजेट विनियोजन गरिएको छ । खानेपानीमा वडाको ७५ लाख बजेट छुटाएर काम भैरहेको छ । मुहानबाट सिधै खानेपानी धेरै बस्तीमा ल्याउन संभव छैन । खोलाको पानी लिफ्ट गरेर डांडोमा तानेर संकलन गर्ने र टयांकीबाट वितरण गर्ने योजना छ । आउंदो वर्ष पुरा गर्ने लक्ष्य छ । आउदो बजेट पनि प्राथमिकता खानेपानीमै हुन्छ । ९ सय ३५ घरदुरीमा एक घर एक खानेपानीका धारा जडान गरी पानीको हाहाकारबाट मुक्त वडा बनाउने हो ।
वडाभित्र ४ वटा सिचाई योजना सञ्चालन भएका छन । दुर्गाफा“टमा दुई, फर्सवामा एक र रिपाहामा १ योजनाको काम भई रहेको छ । सिचाई योजना सम्पन्न भएपछि खेतीयोग्य जमिनमा अन्न उत्पादन वृद्धि गर्ने लक्ष्य छ ।

कषि उत्पादनमा कसरी वृद्धि गरिदैछ ?
दुर्गाफांटमा दूध उत्पादन भैरहेको छ । गाई फर्म छन । दूध पटौटीको छु्रर्पी उद्योगमा जान्छ । युवाहरुले गाई र भैसीपालेका छन । मोटरबाटो नजिक भएकाले दुर्गाफांटका खेतलाई पुरै तरकारी उत्पादन गराउने योजना अनुसार काम भई रखेको छ । दुर्गामा भन्दा उत्पादन राम्रो हुने फर्सवामा खेतबारी छन । त्यहां सिचाई सुविधा ल्याएर अन्नबाली उत्पादनमा वृद्धि गर्न काम भएको छ । सिचाई भएपछि खेतीपाती उब्जनी हुने, तरकारी उत्पादन र पशुपालनमा वृद्धि हुन्छ र बसाइसराइमा कमी हुन्छ । कृषकको माग अनुसार कृषि र पशुपालनमा बजेट विनियोजन गरेर काम गरिएको छ । कहां के खेती उत्पादन हुन्छ, अनुसन्धान गरेर खेती विस्तार गर्ने योजना छ । परम्परागत खेतीप्रणालीलाई सुधार गरेर आधुनिक खेतीप्रणाली अपनाएर अन्नबाली उत्पादन बढाउने गरी काम भैरहेको छ ।

५ वर्ष भित्र कस्तो वडा बनेको देख्न पाइन्छ ?
सबै टोलमा बाह्रै महिना सरर गाडी चल्ने सडक, सबैका घरमा खानेपानीका धारा, खेतीयोग्य जमिनमा सिचाई सुविधा, युवाहरु व्यावसायिक कृषिमा लागेको हुनेछ । शिक्षामा स्कुलको शैक्षिण गुणस्तर वृद्धि गरी अब्बल बन्नेछन् । स्वास्थ्य सुविधा हुनेछ । विकासमा नमुना वडा बनाउने सपना मेरो छ ।

पर्यटनका के छ योजना ?
खिदिमको गुफा पर्यटकीय दृष्टिले संभावना बोकेको क्षेत्र हो । ७ तले गुफालाई व्यवस्थित गरी आवश्यक पर्यटकीय पुर्वाधार तयारी गरी धेरै पर्यटक भित्राउने लक्ष्य छ ।

SHARE