पाणिनिलाई लुम्बिनीसँग जोड्ने लक्ष्य

138

अर्घाखाँची- पहाडको अग्लो चुचुरोमा समथर रमणीय जंगल । रुखको छहारीमा सरर चिसो हावा । ढकमक्क फुलेका लाली गुरास । आहा † यस्तो आनन्दको ठाउमा एकैछिन बसेरै आनन्द लिनुपर्छ, भैरहवाको चर्काे गर्मीबाट सित्तत खोज्दै आएका रामबहादुर ढंगानाको परिवार एक घण्टा चौरमै रमाए ।
दुई छोरीले आमावावुसँग, दिदी बहिनी र छुट्टाछुट्टै सेल्फी खिचे । गुरासको बोटमा चढेर, रुखको आड लागेर विभिन्न पोजमा तस्बिर खिचे । केही बेर रुखमै बसेर आनन्द लिए । ढुंगानाले भने, जति बसेपनि पट्यार नलाग्ने कस्तो सुन्दर ठाउ । चौरमा एकछिन सुते पनि । भैरहवामा पंखा नचलाई बस्नै सकिदैन । साह्रै गर्मी छ ।

पाणिनि तपोभूमीको यो सुन्दर जंगलमा बस्दा बेग्लै आनन्द आयो, उनले भने । उनले विश्व शान्तिको कामना गर्दै ४ सय वर्ष पहिले पाणिनि ऋषिमुनिले तपस्या गरेको ठाउ“ अवलोनक गरे । मुर्तीसँग तस्बिर खिचे । विश्वको संस्कृत व्याकरणको उद्गम थलो भएकाले जानकारीस“ग भलाकुसारी गरे । यस्तो रमणीय र महत्व बोकेको पाणिनिमा एक÷दुई दिन बासै बसेर आनन्द लिने ठाउ“मा बस्ने व्यवस्था (होमस्टे वा घर) ठाउ भएको भए म त यही बास बस्ने थिए“, उनले स्थानीयस“ग जिज्ञासा राखे । स्थानीयले बस्ने बासको लागि व्यवस्था र पर्यटकीय संरचना बन्न लागेको सुनाए ।
यो अवसरमा पाणिनि आएका आन्तरिक पर्यटकले जंगलमै बास बस्ने इच्छा जनाए ।

लुम्बिनी जस्तै महत्व पाणिनिको पनि भएकाले लुम्बिनी आएका पर्यटकलाई यहा ल्याउने गुरुयोजना अनुसार काम भैरहेको प्रदेस सांसद एवं स्थानीय रामजीप्रसाद घिमिरेले बताए । ऋषिले तपस्या गरेको भएकाले अध्ययन स्थल र संस्कृत व्याकरणको रचना गरेकाले पाणिनिको महत्व रहेको उनले बताए । मुलुकका धेरै पर्यटक मध्ये पाणिनि पनि एक हो । पाणिनिलाई विश्व सम्पदा सुचीमा सुचीकृत गर्न सरकारबाट पहल भएको उनले बताए । लुम्बिनीबाट पाणिनि तीन÷चार घण्टाको गाडी यात्राबाट आइपुगिन्छ । गौतमबुद्धको जन्मस्थल लुम्बिनीको भ्रमण, अध्ययन र अवलोकन गर्न पर्यटकलाई पाणिनि पनि जानुपर्छ भन्ने सन्देश प्रवाह गरी ल्याउनुपर्छ, उनले भने ।

लम्बिनी आएका पर्यटकलाई पाल्पाको श्रीनगर हुदै अर्घाखाचीको पाणिनि ल्याउने यही बास बसाल्ने स्थानीय उत्पादित वस्तुका खानाका परिकार खुवाउने र अर्काे दिन जिल्लाका अन्य स्थान घुमाएर प्युठानको स्वार्गद्धारी, बाग्लुङको ढोरपाटन हुदै पोखरासम्म जान सकिन्छ । अर्काे बाटो लम्बिनीबाट कपिलवस्तुको तिलौराकोट हुदै सुपादेउरालीबाट र रुपन्देहीको सालझण्डीबाट नियाली देउरालीको रुट पनि पर्यटक भित्राउन सकिन्छ । यस क्षेत्रलाई अध्ययन केन्द्रको रुपमा विकास गर्न पूर्वाधार निर्माणको कामलाई तिव्रता दिएको प्रतिनिधिसभा सदस्य एवं पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीले बताए ।
अहिले पोखरी निर्माण, ऋषिले तपस्या गरेको स्थानको मर्मत लगायतका काम गर्न संघबाट १० लाख, प्रदेशबाट २० लाख र पाणिनि गाउ“पालिकाले १० लाख रुपैया विनियोजन गरेर संरचना निर्माण भैरहेका छन । पाणिनिको यती धेरै महत्व छ, जुन विश्वका हरेक नागरिकले अध्ययन गर्ने खालको छ, उनले भने ।

अर्घाखाची तराइसँग जोडिएको र मध्य पहाडी जिल्ला भएकाले पाणिनि सहित अन्य ठाउ“मा पर्यटन विकासको लागि गुरुयोजना अनुसार काम भैरहेकाले पर्यटकीय क्षेत्रको केन्द्रको रुपमा विकास गरिने उनले दावी गरे । लुम्बिनीका पर्यटकलाई पाणिनि ल्याउन पहिला सडक, पूर्वाधार विकास र बस्ने खाने ठाउका संरचना बनाउन आवश्यक रहेको छ, सबै काम गुरुयोजना अनुसार योजनाबद्ध रुपमा अघि बढेको उनको भनाई छ ।

तपोभूमीका खानेपानी अभाव छ । खोलाको पानी लिफ्ट गरेर तान्नुपर्छ । मोटरबाटो पीच गर्नुपर्छ । पाणिनि घुम्न आए पछि जो कोहीलाई पनि बसेर आनन्द लिन मन पर्छ । यहा बस्ने, खाने र सुत्ने कच्ची घर निर्माण गरिनेछ, निर्माण समितिका अध्यक्ष एवं स्थानीय चन्द्रकान्त पौडेलले बताए । गर्मीको बेला सित्तल छहारी, चिसो मौसम र वर्षाको बेला हरियाली हुने उनले बताए । पहिला जंगल घुम्न पैदल मार्ग, पाणिनि ऋषिले तपस्या गरको ठाउ“लाई निर्मँण गरिनेछ ।
दोस्रो चरणमा पाहुनालाई बस्ने घर, खानाका परिकारको व्यवस्था गरिने उनले बताए । विश्व शान्तिको कामना गर्दै ४ सय वर्ष पहिले ३० वर्ष तपस्या गरेको स्थल, उनैले संस्कृत व्याकरणको रचना गरेको ग्रन्थहरु र स्थानलाई अध्ययन केन्द्र बनाएर पाणिनि आउने लम्बिनी र लुम्बिनी आएका पर्यटकलाई पाणिनिमा तान्ने लक्ष्य अनुसार काम भैरहेको उनले बताए ।

पाणिनि गाउपालिका अध्यक्ष अच्युत गौतमले लुम्बिनी सहित अन्य ठाउका पर्यटक पाणिनिमा ल्याउन र बास बसाल्ने योजना सफल भएपछि यस क्षेत्रका स्थानीयलाई पर्यटन क्षेत्र विकासबाट स्वरोजगार बनाउन लक्ष्य रहेको बताए । यस क्षेत्रका बस्ती कृषि क्षेत्रको रुपमा विकास हु“दैछन् । एग्रिकल्चर टुरिजमको पनि राम्रो संभावना रहेको छ ।

SHARE