पोखराथोकमा टमाटर क्रान्ति

56

अर्घाखाँची- प्लाष्टिक टनेलभित्र व्यावसायीक टमाटर (गोलभेडा) खेतीबाट किसानले मनग्य आम्दानी लिएका छन । थोरै जग्गामा राम्रो आम्दानी भएपछि अर्घाखाँची पाणिनि गाउँपालिका पोखराथोका करिब एक सय घरले खेती गरेका छन । घरैपिच्छे टमाटर खेतीले गाउ“मा क्रान्ति नै ल्याएको छ ।
अन्नखेती नै छाडेर बारीमा प्यालिष्टक टनेलमा गोलभेडा फलाएका छन । उत्पादित टमाटर गाउमै संकलन गरेर गाडीमा पाल्पा र बुटबल पठाउन सहज भएपछि किसानको संख्या वर्षेनी थपिदै गएको छ । पहाडको टमाटर खानलाई मिठो र स्वादिष्ठ भन्दै व्यापारीले फोन गरेरै पठाइदिन अडर गर्छन । यहा“बाट बुटवल, पाल्पा दैनिक बस, जिप र ट्रक दैनिक आवतजावत गर्छन । गाडीको छतमा पाकेको टमाटर व्यापारीको पसलमै पुग्छ । धेरै पढेलेखेका युवा नै सक्रिय भएपछि गाउ“मा प्लाष्टिक टनेल भित्र खेती गर्नेको तछा“डमछाड नै छ ।

सात वर्ष देखि टमाटर खेती गरेका स्नातक उतीर्ण पोखराथोकका चन्द्रकान्त पौडेलले अन्नखेती गर्ने बारी प्लाष्टिक टनेलले भरिएपछि गोलभेडा खेतीले गाउ“मा परिवर्तन नै ल्याएको बताए । ‘जति उत्पादन गरेपछि बिक्री हुनु र थोरै जग्गामा राम्रो आम्दानी भएको छ,’ उनले भने, ‘बारीमा मकै, कोदो, गहु“ खेतीले परिवार पाल्नै गाह्रो हुन्थ्यो । गोलभेडाबाट हाल वर्षमा चार लाख रुपैया“ आम्दानी भएको छ ।’ सरकारी जागिर र विदेश जना छाडेर यतै लाग्नेको लहर नै भएको उनले बताए । छिटफुट तरकारी खेती गरेपनि टमाटर गोलभेडाका दाना ठुला बनाउन सजिलो भएकाले उनले बताए ।

घरखर्चको लागि दुई चार हजार रुपैया“ सापटी माग्नेले पनि गोलभेडा खेतीको कमाइले खाल्तीमा आठ÷दस हजार रुपैया“ टुटदैन । पौडेलका दौतरी जागिर र व्यावसायको प्रलोभनमा घर छाडेर गए । तर, उनी कतै गएनन् । टमाटर खेतीबाट नै उनलाई पैसाको अभाव भएन । दुई÷तीन वर्षयता गोलभेडा खेती नगर्ने कोही छैनन । सबैका घरमा गोलभेडाको आम्दानीको प्रमुख स्रोत भएपछि गाउ“ गोलभेडामय नै भएको पौडेलले बताए ।

१२ वर्ष भारतमा नोकरी गर्दा टीकाराम विकलाई परिवारलाई खर्च पु¥याउन कठिन परेको थियो । तीन वर्ष भयो । सात रोपनी जग्गा भाडामा सहित १२ रोपनी बारी प्लष्टिक टनेलले ढोकेको छ । ‘खुलामा भन्दा टनेलभित्र रोग किरा लाग्दैन,’ उनले भने, ‘हिउदमा भन्दा वर्षामा उत्पादन गरेको गोलभेडा तेब्बर मुल्यमा बिक्री हुन्छ । वर्षाका तराइमा उत्पादन हुदैन । हाम्रो टमाटर खोसाखोस नै हुन्छ ।’ यतिबेला विरुवा लगाउने समय हो । अहिलेसम्म करिब सात सय गोलभेडाका विरुवा रोपिसकेको उनले बताए । अघिल्लो वर्षाको बेला दुई सय क्युन्टल गोलभेडा बिक्री भयो । जसबाट तीन लाख रुपैया“ बचत भएको उनले बताए ।

भारतबाट घर आएर गोलभेडाको आम्दानीले विदेश जाने मन बदलिएको उनले बताए । सिचाइको लागि पानी छैन । पोखरी निर्माण गरेर संकलन गरेको पनि जतन गरेर गोलभेडाको बोटमा राख्ने उनले बताए । चार वर्षसम्म दुवइमा रोजगारी गरेर फर्किएका हरि पाण्डेले गोलभेडाको कमाइले राम्रो भएपछि भिसा रद्द गरेको बताए । चार रोपनी बारीमा गोलभेडा खेतीबाट वर्षमा दुई लाख रुपैया“ बचत गर्नु सन्तोषजनका भएको उनले बताए । दुवइमा त यति पैसा बच्ने थिएन ।
‘पाकेका रात गोलभेडा बेचेर हातमा पैसा समात्दा त मन खुसी हुन्छ,’ उनले भने, ‘रोगकिराबाट बचाएर राम्रो र ठूलो दाना फलाउन त्यति सुख छैन । ब्याडमा विरुवा उत्पादन र त्यसपछि बारीमा रोपेपछि हावापानी, तत्व, मलजल, सिचाई र रेखदेख दैनिकजसो गर्छु ।’ ठूलो र पोटिलो दाना बनाउन सके मात्रै राम्रो आम्दानी हुने उनले बताए ।

 

 

SHARE