पथ्थरको शिला हेर्न पर्यटकको घुइँचो

80

अर्घाखाँची- शक्तिपीठ, ऐतिहासिक प्राकृतिक संरचना र अग्ला डाडामा जान रुचाउने धेरै हुन्छन् । घुम्न जानेलाई जिल्लाका सबै पालिकामा नौला खालका पर्यटकीय संरचना छन ।
मालारानी गाउपालिका– ७ वामरुकमा रहेको नरसिंहथानको महत्व बेग्लै छ । ढुगैढुंगाको प्राकृतिक संरचना छ । यहा“ आइपुगेपछि ढुंगाको पथ्थर शिलामा धेरैले दर्शन गर्ने, तस्बिर खिचेर सामाजिक सञ्जालमा पोष्ट गर्ने र आनन्द लिएर बस्छन । चारैतिर जंगलले घेरेको छ । प्राकृतिक सुन्दरताले सबै मोहित हुन्छन । इतिहास चासो राख्नेले कथा खोज्छन् । नरसिंहस्थानबारे जानकार भएको व्यक्तिबाट पौराणिक कथा ध्यान दिएर सुन्छन ।

सत्ययुगमा भगवान विष्णुले राक्षस राजा हिरण्यकश्यपलाई बध गरी आफनो चौथो अवतारको रुपमा नरसिंहको जन्म दिएको पौराणिक कथा छ । हिरण्यकश्यवलाई काखमा राखेर मारेको शीला रहेको छ । ढुंगा भित्र दरबारको चारकोठे प्राकृतिक गुफा, नरसिंह उत्पत्ती हुदा फुटेको फटिकको मौलो प्रकट हुदाका बखतको भयानक रुप स्वरुप ५२ हात अल्गो र ५२ हात फेरो भएको नरिसंहको पथ्थरशीला रहेको छ । १९९० सालमा वामरुकमा जन्मेका मणिराम बस्नेतले २००१ सालमा सपनामा नरसिंहको दर्शन पाएको र ००३ सालदेखी ०५६ सालसम्म ढुंगाको गुफामा बाघसगै तपस्या, ध्यान, नित्यपुजा गरेर स्वर्गे हुनुभएको नरसिंहथान संरक्षण समितिका अध्यक्ष दलबहादुर भटराईले बताए । बस्नेतले शान्तिको कामना गर्दै जीवनभर तपस्या गरेका थिए । त्यति बेला देशमा सशत्र द्धन्द्ध चलेको थियो । इतिहास बुझदा यहा“ आएका जो कोहीलाई पनि आनन्द लाग्छ । नरिसिंहस्थानको मन्दिर दर्शन गरेपछि मनको इच्छा पुरा हुने धार्मिक विश्वासले आन्तरिक पर्यटकको रोजाइमा परेको छ । दैनिकजसो पर्यटक नरसिंहथान दर्शन गर्न आउने गर्छन ।

ढुंगैढुंगाको वरीपरीबाट नरसिंहको विशाल शीला घुम्न आधा घण्टा लाग्ने गर्छ । ढुंगैढुंगा बीचको पथ्थरभित्र बस्नेत र बाघ बस्ने गुफा र शीलाको बीचमा नरसिंहको मन्दिर निर्माण गरिएको छ । पथ्थर ढुंगाको बीचमा विभिन्न प्राकृतिका संरचना हेर्न र नरसिंहथान मन्दिरमा जे माग्यो त्यही पुरा पुने धार्मिक विश्वासले भत्तजन र पर्यटकको भीड लाग्ने उनले बताए । हरेक पञ्चमी र नवमीको दिन र वैशाख शुक्ल चर्तुदर्शीमा नरसिंह जन्मदिनमा पुजा सहित भेला लाग्छ ।
नरसिंहथानको संरचना हेर्न विदेशी पर्यटक पनि पछिल्लो समय बाक्लो उपस्थित हुने गर्छन । आन्तरिक तथा लुम्बिनी घुमेर आएका बाह्य पर्यटकले शीला घुमेपछि झाडी जंगलभित्र रहेको नरसिंहथानको मन्दिर अगाडी ध्यान बसेर आनन्द लिन्छन । मन्दिरको संरचना, घुम्ने बाटो, ध्यान बस्ने स्थान निर्माण गरिएको उनले बताए । नरसिंहथान पर्यटकको रोजाई भएकाले संरचना र बस्ने व्यवस्था मिलाउने लागिरहेको भटराईले बताए । यहा दैनिकजसो आन्तरिक र सातामा एक दुई दिन विदेशी पर्यटक आउनेक्रम बढदै गएको उनले बताए । जंगलको बीचमा पथ्थरै पथ्थरको गुफा, शीलालेक शान्त र रमणीय नरसिंहथानमा आउने पर्यटकलाई बस्ने, खाने व्यवस्था गर्न पर्यटकको माग छ । आन्तरिक र बाह्य पर्यटकलाई बसालेर गाउकै उत्पादन आटो, गुन्द्रुक, ढिडो, साग, सिस्ने, मही, दुध लगायतका परिकार खुवाएर आम्दानी लिन सुझाव धेरैको सुझाव छ । हरेक आईबार, मंगलवार पुजा र दर्शन गर्न आउने भत्तजनको भीड हुन्छ ।

पर्यटन मन्त्रालयको आर्थिक सहयोगमा पैदल मार्ग निर्माण भैरहेको छ । ऐतिहासिक महत्वलाई संरक्षण गर्न मालारानी गाउ“पालिकाले आएका पाहुनालाई बासको लागि होमस्टे बनाइरहेको छ । केही महिना अघि लमजुङको घले गाउ“मा पालिका अध्यक्ष बालकृष्ण आचार्य सहित वडाध्यक्ष र केही गाउ“लेलाई होमस्टे हेर्न गएका थिए । त्यहा“ बस्ता संरचना होमस्टे बनाएका रहेछन, बस्ने, सुत्ने ठाउ“ कस्तो रहेछ र खानाका परिकार के बन्दा रहेछन भनेर विस्तृप्त बुझन घले गाउ“ गएको उनले बताए । त्यही मोडलका चार वटा होमस्टे निर्मँण भैरहेको उनले बताए । नरसिंहस्थानको संरक्षण र पर्यटकीय विकास गर्ने लक्ष्य हो, आएका पर्यटकलाई बसालेर पर्यटनबाटै गाउलाई सम्बृद्ध बनाउने योजना छ, उनले भने । छिटै होमस्टे सञ्चालन गरी वामरुकलाई पर्यटकीय गाउ“ घोषणा गर्ने उनले बताए ।
मनको ईच्छा पुरा हुने विश्वासले घर छाडेर जा“दा नरसिंहथानलाई ढोग गर्न नजिकैका मात्रै नभएर बाहिरी जिल्लाबाट समेत आउने स्थानीय लक्ष्मण मरासीनिले बताए ।

 

SHARE