मालारानी विकासमा नमूना बन्छ : आचार्य

154

अर्घाखाँची खनमा जन्मिनुभएका बालकृष्ण आचार्य समाजसेवीको रुपमा परिचित हुनुहुन्छ । स्थानीय निकाय हुंदा तत्कालिन खन गाविसको अध्यक्ष समेत हुनुभएका आचार्य संघीय संरचना अनुसार स्थानीय तहको निर्वाचनमा मालारानी गाउपालिकाको अध्यक्षमा निर्वाचित हुनुभयो । मालारानीको विकास कसरी भएको छ भन्ने विषयमा जननी खबरले गरेको संक्षिप्त कुराकानी ।

विकास र सम्बृद्धिमा मालारानी कसरी अगाडी बढेको छ ?
मालारानी गाउपालिकालाई विकासमा नमुना बनाउन योजनाबद्ध रुपमा काम भैरहेका छन । जनताको भावना अनुसार काम भएका छन् । कृषि, पशुपालन, पर्यटन विकास, मोटरबाटो, शिक्षा, स्वास्थ्य लगायतका विकासका भैरहेका छन । सबै जनप्रतिनिधिको समन्यव र जनताको सल्लाह सुझाव र आवश्यक्ताका आधारमा बजेट विनियोजन गरी काम भएका छन ।

सडकको काम कसरी भैराखेको छ ?
मालारानी दुई ठूला सडक सञ्जालले जोडिएको छ । सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडक बांगी, हसपुर हुंदै जान्छ । पोखरा सुर्खेत सडक पनि खनदह, हंसपुर र गोखुंगा हुंदै जान्छ । यी सडक पीच भएर नियमित गाडी चलेपछि यस क्षेत्रको रौनक बेग्लै हुन्छ । पहाडी क्षेत्रको संगम स्थल नै मालारानी बन्छ ।
पलिका भित्रका सबै वडाका टोलवस्तीमा सड्क सञ्जाल पुगेको छ । नयां सडक निर्मँण गर्न खासै पर्दैन । हाल भैरहेका सडकको स्तरोन्नती, नाली काट्ने, वाल उठाउने र बाटो बिग्रन नदिने गरी काम भएका छन् । मालारानीका मुख्य बाटामा बाह्रै महिना सरर गाडी चल्छन् । वर्षामा पनि गाडी रोकिदैनन् । टोलैपिच्छेका सडकमा पनि बाह्रै महिना गाडी सञ्चालन हुने गरी स्तरोन्नतीको काम भएको छ ।

कृषि र पशुपालनमा कस्तो संभावना छ ?
सदरमुकामको सन्धिखर्क नगरपालिकासंग सीमा जोडिएकाले मालारानीमा उत्पादन भएको वस्तु सहजै बजार पठाउन समस्या छैन् । बढीमा दुई घण्टाभित्रै सदरमुकाम आइपुगिन्छ । गाउंमा उत्पादन भएको तरकारी, दूध, खसीबोका र अन्य उत्पादित वस्तु गाडीले शहर ल्याइदिन्छ ।
कृषि र पशुपालनको संभावना हिसाबले राम्रो छ । तरकारी खेती, दूध उत्पादन गर्न गाइभैसी, मासु उत्पादन गर्न बाख्रा पालेर खसी बोका तयार गर्ने, कुखुरा फार्म लगायत कृषि जन्य वस्तु उत्पादन गर्ने कृषकलाई पालिकाबाट अनुदान दिने व्यवस्था गरेका छौं । व्यावसायीक कृषक बढेका छन् । कृषि र पशुपालनलाई प्राथमिकतामा राखेर बजेट विनियोजन भएको छ । कृषि, पशुपालन र उत्पादन क्षेत्रबाट मालारानीवासीलाई स्वारोजगार बनाउने लक्ष्य अनुसार काम भएको छ । मालारानीमै गुड, खुदो र भेली उत्पादन गर्न सबै वडामा ऊखु खेती विस्तार भएको छ ।

आर्थिक वर्षको बजेट कस्तो ल्याउनुभयो ?
यस वर्ष पालिकालाई खरको छाना मुक्त बनाउने लक्ष्य छ । सबैका घरमा खानेपानीका धारा खसाल्न खानेपानीका योजना सञ्चालन गर्ने, सबै विद्यालयमा ंअंग्रेजी माध्यमबाट पढनपाठनको व्यवस्था गरी शिक्षा क्षेत्रमा मालारानीका स्कुललाई अब्बल बनाउने, कृषि र पशुपालन विस्तार गर्ने, काठका पोल मुक्त गर्ने, सडक स्तरोन्नती लगायतका योजनालाई प्राथमिकता दिएर बजेट विनियोजन गरिएको छ ।

५ वर्षमा विकासमा मालारानीलाई कस्तो देख्न पाइएला ?
विकासमा नमुना देख्न पाइन्छ । सबै सडकमा बाह्रै महिना गाडी चलेका हुनेछन् । शैक्ष्ँिक गुणस्तर वृद्धि हुनेछ । सबैका घरमा खानेपानीका धारा सञ्चालन हुनेछन् । विभिन्न सीममुलक तालिम गराएर सीपबाट आत्मनिर्भर पालिकावासी हुनेछन् । काठका पोलमुक्त, खरका छाना मुक्त पालिका हुनेछ । कृषि र पशुपालनबाट धेरै स्वरोजगार हुनेछन् । त्यही अनुसार काम भएको छ ।

SHARE