संस्कृत भाषाको तपोभूमि पणेना

34

के.बि.मसाल

पाणिनी गाउँपालिकाको उच्च पहाडी भू–भागमा पर्ने पाणिनी तपोभूमि । जगंलको बीच ताल, हजारौ प्रकारका जडिबुटी र जंगली पशुपंक्षीहरु पाइन्छन् । पाणिनी तपोभूमिको उत्तरतर्फको पानी कालिगण्डकी र दक्षिणतर्फको पानी बाँणगंङ्गामा मिसिन आउँछ । तपोभूमिमा मन्दिर यज्ञशाला, पाठशाला, भ्युटावर, बगैँचा, पाणिनी ऋषिको मूर्ति रहेका छन । पाणिनी तपोभूमीबाट हिमालय, पहाडका बस्तीहरु, तराईका समथर मैदान र भारतको गोरखपुरसम्म आँखाले देख्न सकिन्छ । पणेना तपोभूमी पुग्नेले साँच्चिकै स्वर्गीय आनन्द प्राप्त गर्दछ ।index

अर्घाखाँचीको पोखराथोक र पाल्पा जिल्लाको तीनधारेबाट केही मिनेट उकालो हिँडेपछि यस क्षेत्रमा पुग्न सकिन्छ । पाणिनि ऋषिले पणेनामा तपस्या गरेर निस्किएको १४ सूत्रलाई महेश्वर सूत्राणी भनिएको र तिनैका आधारमा लघु सिद्धान्त, मध्य सिद्धान्त र सिद्धान्त कौमुदीको निर्माण गरिएको भन्ने संस्कृतका विज्ञको भनाइ रहेको छ । पाणिनीका १४ सूत्रलाई प्रचारप्रसार र संस्कृतको व्याकरण रचना गर्ने क्रियाकलापमा पाणिनिपछि कात्यायनी र पतञ्जलिसमेत लागिपरेका हुन् । संस्कृत भाषाको व्याकरणको उत्पत्ति र रचना भएको अर्घाखाँचीको पाणिनि तपोभूमि महाभारत श्रृखंलामा पर्दछ । हजारौं वर्षअघि पाकिस्तानको लाहोरबाट तपस्या गर्दै अर्घाखाँचीको खिदिममा आएका पाणिनि ऋषिले पणेनाको लेकमा तपस्या गरेका थिए । पाणिनि तपोभूमि क्षेत्र विश्व भाषा सम्पदाको प्रमुख स्थल पनि हो ।

पणेना लेकमा आएर पाणिनी ऋषिले तपस्या गरेपछि भगवान् शिव प्रसन्न भएर डमरु बजाउँदै अइउण्, ऋलृक् आदि चौध सूत्रको स्वर निकालेको र तिनै सूत्रबाट संस्कृत व्याकरणको रचना गरिएको मान्यता छ । पणेना तपोभूमिबाट उत्तरतर्फ हिमशृंखला, दक्षिणतर्फ तराईका फाँट र भारतीय भूमि देख्न सकिन्छ । नेपाली संस्कृत अंगे्रजी आदि भाषा वाङ्मयमा पाणिनी ऋषिको जति महत्व छ, त्यति नै महत्व बोकेको छ पाणिनी तपोभूमि अर्घाखाँचीले । करिब ५० रोपनी क्षेत्रफलमा फैलिएको, पश्चिम पाल्पा र पूर्वी अर्घाखाँची जिल्लाको सीमानामा पर्दछ ।66965_508407652573846_58738654_n

सबै भन्दा प्राचीन भाषा सस्कृत मानिन्छ । संस्कृतमा लेख्नको लागि मुख्यतया देवनागरी लिपीको प्रयोग भएको हो । विश्वकै प्राचिन ग्रन्थ ऋग्वेद संस्कृत भाषामा नै रचिएको छ । त्यसैगरी अन्य वेदहरु यजुर्वेद, सामवेद र अथर्ववेद पनि संस्कृत भाषामै लेखिएका छन् । सबैभन्दा पुरानो जीवित संस्कृत व्याकरण पाणिनिको हो, जुन करिव ई.पू. ५०० मा रचिएको थियो । अहिले मुख्यतया धार्मिक प्रयोजनको लागि मात्र प्रयोग गरिए पनि भारतवर्षमा संस्कृत हजारौँ वर्षदेखि बोलचालको भाषा रहँदै आएको थियो । यस भाषामा रचना गरिएको अमरकोष प्राचीनतम शब्दकोश हो । बुद्ध धर्मका ग्रन्थहरु पाली भाषामा रचना गरिएका हुन । पछि हिन्दुधर्मका बिद्वानहरुले पाली भाषाबाट सस्कृतमा अनुवाद गरेका थिए । प्रायजसो सबै ग्रन्थहरु संस्कृतमै लेखिएका छन् । सस्कृत भाषालाई देववाणी अथवा सुरभारती पनि भनिन्छ । दक्षिण एशियाली भाषाहरु जस्तै नेपाली, उर्दू, कश्मीरी, उडिया, बांग्ला, मराठी, सिन्धी, पंजाबी, आदि सस्कृतबाट उत्पन्न भएका हुन् । हिन्दू धर्मसँग सम्बन्धित सबै धर्मग्रन्थ संस्कृतमा लेखिएका छन् । तर आधुनिक युगमा देवनागरी लिपि पनि सस्कृत भाषासंग जोडिएको छ । देवनागरी लिपि वास्तवमा संस्कृतका लागि नैं बनेको हो ।panini pokhari

केही समय पणेनालेकमा बिताउने हो भने मानसिक रोगीहरुले मुक्ति पाउन सक्छन् र मानसिक तनाव पनि हँुदैन । साँच्चै नै प्रकृतिमय बनेको पाणिनी तपोभूमि प्रकृतिप्रेमिहरुका लागि त यो गन्तव्य बनेको छ । दुर्लभ हुदै गईरहेको महत्वपुर्ण जडिबुटि सुनाखरी जंगलभरि नै फैलिरहेको छ । प्रकितिको धन हरियाली बन कसलाई पो मन नपर्ला ? त्यसैले आजभोली पाणिनी तपोभूमि जाने ग्रामीण पर्यटनको सख्या बढन थालेको छ । पाणिनी तपोभूमीलाई विश्वसामु चिनाउन पणेना र यस आसपासका स्थानीयहरुले १०८ फिटको ज्वर्तिलिङ्ग निर्माण गर्न लागेका छन । प्रत्येक जेठ महिनामा तपोभूमीमा श्रीमद्भागवत् महापुराणबाट आर्थिक सहकार्य हुदै आइरहेको छ । तालको बीच भागमा १०८ फिटको ज्वर्तिलिङ्ग स्थापना गर्ने कार्य शुरु भइसकेको छ । पाणिनिको नामबाट पाणिनि क्याम्पस, युवा क्लब, विभिन्न व्यावसाय, समितिहरु निमार्ण भएका छन् ।

पणिनी गाउँपालिका २ मा पोखराथोक नेपालकै पुराना विद्यालयहरु मध्येको हरिहर संस्कृत विद्यालय पोखराथोकमा पर्दछ । यो विद्यालय वि.सं.१९९४ मा स्थापना भएको हो । स्थापना समयमा हरिहर पाठशाला रहेको यस शैक्षिक संस्थाको हालको नाम श्री हरीहर संस्कृत तथा साधारण उच्च माध्यमिक विद्यालय रहेको छ । यस पाठशालाको स्थापना गर्न शिक्षा प्रेमी श्री हरिहर गौतमको ठूलो योगदान रहेको छ । राणा शासन कालमा विद्यालय स्थापना गर्ने काम ठूलो थियो । त्यस समयमा नेपालको पश्चिमक्षेत्रमा शिक्षाको किरण फैलाउन उनको ठूलो योगदान रहेको छ । हरिहरको अनुरोधमा महापण्डित श्री दधिराम मरासिनीले पठन पाठन तथा शिक्षा विकासमा योगदान पु¥याउनु भयो । पछि नारायण गौतम, भानुभक्त गौतम, हुमनाथ गौतम र दुर्गा प्रसाद गौतमले पनि ठूलो योगदान गरे । हाल यहा श्री हरीहर संस्कृत तथा साधारण उच्च माध्यमिक विद्यालय, हरिहर बहुमुखी क्याम्पस, हरिहर संस्कृत विद्यापीठ संन्चालन भएका छन ।16508776_1424496090896191_6692566430585951155_n

आजभोली फुर्सदको बेला भ्रमणमा निस्कने मानिसहरु शहरी क्षेत्रमा भन्दा ग्रामीण क्षेत्र रुचाउन थालेका छन । धुवाँ, धुलो, फोहोरजस्ता प्रतिकूल वातावरणका कारण घुमफिर गर्नेहरुले ग्रामीण वातावरण रुचाउन थालेका छन । ग्रामीण क्षेत्रमा लुकेर रहेका धार्मीक र प्राकृतिक सम्पदाहरु को पहिचानको लागी यो राम्रो पक्ष हो । खासगरी नेपालको संस्कृति, प्रकृति र परम्पराको अध्ययनमा रुचि हुने ग्रामीण पर्यटकहरुलाई यस किसिमका सम्पदा महत्वपूर्ण मानिन्छ । पाणिनी तपोभूमी जैबिक बिबिधताले भरिपूर्ण छ । यो ठाँउ प्रकृति प्रेमि, अनुसन्धानकर्ताका लागि महत्वपूर्ण छ । अर्को तर्फ ग्रामीण पर्यटनको विकासका लागी संस्कृति, धार्मिक र प्रकृति उत्तिकै महत्वका विषय हुन्छन ।

पाणिनी तपोभुमी पुग्नको लागी हिजोआज धेरै मार्ग निर्माण भएका छन । आफ्नो अनकुल र रुचि अनुसार त्यहा जाने मानिस पूर्व पश्चिम राजमार्गको गोरुसिङगे अथवा सालझुण्डिबाट र पाल्पा तानसेन हुदै पनि पाणिनी तपोभूमी पुग्न सकिन्छ । गोरुसिङगे–सन्धिखर्क हुदै पाणिनी तपोभूमी पुग्न चाहनेहरुको लागी संन्धिखर्कबाट करिव ३८ कि.मी रमणिय ग्रामिण सडकको यात्रा गर्नु पर्दछ । चाहे जुनसुकै मार्गबाट पाणिनी तपोभूमी पुग्ने मानिसको यात्रा मुल द्वार पोखराथोक डाडाकटेरीबाट सुरु हुन्छ । डाडाकटेरीमा आधुनिक पार्क निर्माण पनि गरीएको छ । उच्च स्थानमा रहेको हुदा यात्रामा गुल्मी, पाल्पा र अर्घाखाँची जिल्लाका धेरै भूगोल अवलोकन गर्न सकिन्छ । पोखराथोक डाडाकटेरीबाट दुर्गाफाँट, नेटाका पोखरा र पाल्पा प्रवेश गर्न सकिने तीन मुख्य मार्ग रहेका छन ।70d0b12e799b04ca23b58893d7c758b6

अर्घाखाची जिल्ला धार्मिक, सांस्कृतिक, प्राकृतिक एवम् ऐतिहासिक रुपले धनि छ । ग्रामीण पर्यटनको लागी धेरै महत्वपूर्ण धार्मिक, सांस्कृतिक र ऐतिहासिक प्रकृतिक सम्पदाहरु छन । पाणिनी तपोभूमी जान जो कोहि पनि गोरुसिंगे हुदै जिल्ला सदरमुकाम सन्धिखर्क भएर यात्रा गर्दछ भने बाटोमा पर्ने डमरु दह ठाडा, रावण संख सुतापुर, नर्तान्नचल पर्वत नरपानी, सुपा देउराली मन्दिर खाँचीकोट, खाँचीदरवार समेतको अवलोकन गर्न सकिन्छ । ऐतिहासिक महत्वको तवरले पनी यो जिल्ला महत्वपुर्ण मानिन्छ । तात्कालिक समयमा चौविसे राज्य अन्तर्गत अर्घा दरवार पर्दछ । अर्धाको उचाई २२३६ मिटर छ । यो दरवार वि.स.१६८० मा निर्माण भएको हो । यो दरवारका राजा विर साहले निर्माण गरेका हुन । यस दरवारमा चैते दशैँ, विजया दशामीमा दुर्गा भवानीको पुजा गरिने परम्परा छ । यहा विजया दशामी पछीको पुर्णिमाको दिन सराय नाँच हुने गर्दछ । यस दरवारका अन्तिम राजा दुर्गाभजन शाह हुन । दरवारका भग्नावशेष, ईँटा लगायतका प्रमाण अहिले सम्म पनी देख्न सकिन्छ । त्यो समयमा राज परीवारले प्रयोग गर्ने पानीको ईनार अहिले पनि छ ।cms-image-000020395

पाणिनी तपोभूमी पुगेपछि समय र चाहना भए अर्घाखाँची जिल्लामा पुग्न पर्ने ग्रामीण पर्यटकहरुको लागी धेरै स्थलहरु छन । आफ्नो इच्छा अनुसार ऐतिहासिक, धार्मिक, सांस्कृतिक तथा सुन्दर रमणीय पर्यटक स्थलहरु मा पुग्न सकिन्छ । खाँचीकोट दरबार खाँचीकोट, छत्र महाराजको मन्दिर छत्रगञ्ज, जालकाँडा लेक खन, बल्कोटको पौवा र शिवालय, नृत्यञ्चलपर्वत र रामवाण तपोभूमि नरपानी, मसीना र तीनपाने लेक धातिवाङ, सेङलेङ, दहधनचौंर, सुपा देउराली खाँचीकोट, मनचिन्तेपानी, सितखोलाको झरना, रावणको शंखसितापुर, भालेओढार धारापानी, पकले बगैचा र पौवा किमडाँडा, भुमिका स्थान ढाकावाङ, सिमे देउराली गोखुङगा घेराको लेक खनदह, नृसिंह मन्दिर हंसपुर, राँगामारे मन्दिर हंसपुर, कोदारे झरना अर्घातोष, गौचौरको दह ढिकुरा, तिलखुवा झरना, जिखोदी गुफा वाङला, हटियादेबी मन्दिर पुग्न सकिन्छ । यसको लागी कम्तीमा एकहप्ताको समय निकाल्नु पर्दछ ।

अर्घाखाची जिल्लामा अधिकाशं गाउँहरुका सडक सञ्जाल पुगेको छ । तर पनि धेरै सडक कच्चीनै छन । सालझण्डी–सन्धीखर्क–ढोरपाटन सडक आयोजनाले पूर्वीभेगका अर्घाखाची जिल्लाका पोखराथोक, पटौटी, पणेना, धातिवाङ, मैदान, पालीका बासिन्दालाई सुबिधा भएको छ । सालझुण्डि देखि बाग्लुङ ढोरपाटन जोडने यो सडको दुरी १ सय ९५ किलो मिटर रहेको छ । आजभोली आफुलाई छोटो दुरी पर्ने हुदा पश्चिम पाल्पा, अर्घाखाँची, गुल्मी जिल्लाका यहि मार्गबाट यात्रा गर्ने गरेका छन । पाणिनी तपोभूमीमा पुग्न पनि यो मार्गबाट जान सकिन्छ । पाल्पा तानसेन हुदै पाणिनी तपोभूमी जाने हो भने तानसेनबाट भैरवस्थान, हार्थोक, कुसुमखोला, बतासे, धजाबाधने, छहरा, तिगिरे सुगुरेटापु हुदै अर्घाखाचीको डाडाकटेरी पुगिन्छ । तानसेनबाट डाडाकटेरी पुग्न ३८ कि.मी.को यात्रा गर्नु पर्दछ ।panena arghakhanchi

पाणिनी तपाभूमीमा बर्षैभरी घुम्न सकिन्छ । जेठ, असार पणेनालेकमा शितल हवापानी हुन्छ । असोज, कार्तिक, मंसिर, पुष, माघ, फागुन सम्म चिसोको अनुभुती भएपनि छुट्टै आनन्द पाउन सकिन्छ । फागुन चैत, बैशाखमा पणेनालेकमा लाली गुरासले सबैलाई आनन्दको अनुभूती दिलाउछ । फुर्सदको समयमा एक पटक पाणिनी तपोभूमी पुग्ने योजना बनाउन सके राम्रो हुन्छ ।

SHARE