तरकारी अब हाटबजारमा

5

अर्घाखाँची- मालारानी गाउँपालिकाले किसानहरुको उत्पादनलाई बजारीकरण गर्ने उद्धेश्यले हाट बजार सञ्चालमा ल्याएको छ । मालारानी गाउँपालिका वडा नं ६ मा आज एक कार्यक्रम बिच हाट बजारको उद्धघाटन गरिएको छ । मालारानी गाउँपालिकाका अध्यक्ष बालकृष्ण आचार्यले उद्घाटन गर्दै किसानहरुलाई बजारको समस्या नहोस भनेर पालिकाका बिभिन्न स्थानमा हाटबजार स्थापना गरिने बताउनु भयो । ‘मालारानीलाई सहकारी ,समूह र व्यबसाय मार्फत सम्बृद्ध पालिका बनाउन लागी परेको भन्दै किसानले उत्पादन गरेको बस्तु हाट बजारमा बिक्रि नभए गाउँपालिकाले कोशेली घर स्थापना गरि बेच्ने जिम्मा लिन्छ ।

सदरमुकाममा सहकारी पसल स्थापना गर्ने र सन्धिखर्कमा खपत नभएका बस्तु दाङ्ग बुटवल र नेपालगंजका संकलन केन्द्रमा पठाउने छौ’किसानहरुलाई प्रबिधी हस्तान्तरण संगै किसानका उत्पादीत बस्तुको बजार शुनिश्चि गर्नु गाउँपालिका लागी परेको मालारानी गाउँपालिकाकी उपाध्यक्ष प्रमिला क्षेत्रीले बताउनु भयो । ‘पालिकाले किसानहरुलाई राहत पुग्ने गरि प्रबिधी हस्तान्तरण गर्दै आएको छ । उत्पादनलाई बजारीकरण गर्न हाट बजार स्थापना गरेका छौ । ’कार्यक्रम्ममा नेकपाका प्रदेश सदस्य नरेन्द्रकुमार क्षेत्रीले पछिल्लो समय युबा शक्ति बिदेश पलायन हुने र गाउँका खेतबारी बाझै हुने अबस्था आएको भन्दै बिदेशीयका युवाहरुलाई स्वदेशमा काम गर्ने वातावरण सिर्जना गर्न स्थानीय सरकारल लाग्नु पर्ने बताउनु भयो । मालारानी ६ लाई नमुना वडा बनाउन सबै लाग्नु पर्ने र शनिबार रतन्मारे बजार बन्द गरि हाटबजार सञ्चालन गर्नु पर्ने वडा नं ६ का वडा अध्यक्ष नारायण प्रसाद अर्यालले बताउनु भयो । कार्यक्रम उदय थापाको अध्यक्षता , गंगा बि.कको स्वागत मन्तव्य र कुलप्रसाद पराजुलीको सञ्चालनमा सम्पन्न भएको थियो ।

सानाकिसान सहकारीमा अगाडि बढ्दै पालिका

कृषि क्षेत्रमा फड्को मार्ने गरि मालारानी गाउँपालिकाले काम गरिरहेकोमा भन्दै कृषि तथा पशुपन्छी मन्त्री चक्रपाणि खनालले गाउँपालिकालाई धन्यावाद दिए । किसानहरुको उत्पादनलाई बजारीकरण गर्ने र किसानको खेतबारीमा पुगेर खरिद गर्ने गरि सहकारी मार्फत काम गरिरहेको बताए सरकारले काम अगाडि बढाएको खनालले बताए । ‘गाउँ गाउँमा सहरबाट रित्तै फर्कने गाडिमा किसानका उत्पादनहरु भरेर पठाउनु पर्यो । त्यसको लागी सहकारी मार्पmर्त काम गर्नु पर्दछ । ’ कृषि क्षेत्रमा काम गर्ने व्याक्तिहरुलाई पेन्सनको व्यबस्था गर्ने गरि कार्य योजना बनाएको मन्त्री खनाललले बताए । ‘मेरौ कार्यकालमा किसानलाई पेन्सन दिने गरि काम गरिरहेको छु ।

किसान परिचय पत्र बनाउने र त्यसका किसानको जग्गाको बारेमा जानकारी राख्ने र किसानलाई आव्यसक साम्रागी उपल्बध गराउने । जिबन भरी कृषि गरेर हात खियाउनेहरुलाई थोरै भए पनि पेन्सन दिने छौ । ’ अर्घाखाँचीलाई कृषिको पकेट क्षेत्र बनाउन प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना अन्तर्गन जोन र सुपर जोनको कार्यक्रम सञ्चालन गरिएको मन्त्री खनाललले बताए । जिल्ला भर छरिएर रहेका किसानहरु एउटा छाता संगठन सहकारी मार्फत काम सकारात्मक भएको प्रदेश सभा सदस्य चेतनारायण आचार्यले बताए । ‘सहकारीको मार्फतबाट नै तीन तहका सरकारले काम गरेको छ । स्थापना भएका साना किसान कृषि सहकारीलाई प्रदेश सरकारले सक्दो सहयोग गर्ने छ । सहकारीलाई माग अनुसार गाडि प्रदेश सरकारले उपल्बध गराएको छ । ’ गाउँहरु खलि हुदै गएका अबस्थामा स्वदेशमा युवाहरुलाई रोजगारी सिर्जना गर्नको लागी केन्द्रिय सरकारले प्रभाबकारी भुमिका खेल्न पर्ने छत्रदेब गाउँपालिकाका अध्यक्ष लेखनाथ पोख्रेलले आग्रह गरेका थिए । ‘गाउँहरु बृद्ध आश्रम जस्तै भएका छन ।

खाडि मुलुकको रेमिट्यान्स भित्राएर सहकारी चल्दैन्न । ’ मालारानी गाउँपालिका भित्र रहका सहकारी मार्फतनै किसानकालागी प्रबिधी हस्तान्तरण गरेको मालारानी गाउँपालिकाका अध्यक्ष बालकृष्ण आचार्यले बताए । ‘हामी सहकारी समूह र व्यबसाय मार्फत सम्बृद्ध मालारानी बनाउने अभियानमा छौ । जिल्लामा रहेको ४ वटा स्थानीय तह मालारानी गाउँपालिका ,छत्रदेब गाउँपालिका , सितगंगा नगरपालिका र भुमिकास्थान नगरपालिकामा रहेको आठवटा सानकाकिसान सहकारी संस्थाको हस्तान्तरण गरिएको छ

SHARE