जोडियो प्यूठान–अर्घाखाँची

11

प्यूठान बांगेमरोठ सौतामारे–विड्डाँडा हुँदै अर्घाखाँचीको गोखुंगा जोड्ने साढे आठ किलोमिटर सडक निर्माण कार्य पुरा भएको छ । सडक निर्माणको काम पुरा भएपछि विहिवार औपचारिक कार्यक्रम गरी उद्घाटन गरिएको छ ।

सडकले मालारानीको गोखुगां हुंदै सन्धिखर्क आवत जावत गर्न सजिलो भएको छ । ९ का वडाध्यक्ष फनबहादुर पुनले आवतजावतलाई सजिलो हुने बताए । प्युठाबाट स्थानीय बजार गर्न गोखुंगाको देउरालीमा आउने गर्छन । यो सडकले प्रत्यक्ष रुपमा गोखुंगालाई फाइदा पुगेको छ । गोखुंगा, हसपुर, बांगी हुंदै सदरमुकाम जाने सडक फराकिलो छ ।
नेकपा एमालेका केन्द्रिय सदस्य एवं पर्यटन प्रवद्र्धन विभाग प्रमुख सूर्य थापा र प्यूठान क्षेत्र नम्वर २ का सांसद् हिरा बहादुर के।सी।ले संयूक्त रुपमा उद्घाटन गरेका हुन् । दुवै जिल्लाको संगमस्थल अर्घाखाँची गोखुंगाको कालुकादिपमा आयोजित उद्घाटन कार्यक्रममा प्रमुख अतिथी थापाले बाटोको थप स्तरोन्नतीका लागि आफूले सक्दो पहल गर्ने बताए ।

‘दुवै जिल्ला जोड्ने सडकलाई मितेरी सम्बन्धको रुपमा विकास गर्नुपछ’,उनले भने,‘सडक पुगेर मात्र गाउँको विकास हुँदैन । गाउँमा स्थानीय बस्तुहरुको उत्पादन गरि निकासी गर्नतर्फ समेत जोड गर्नुस् ।’ विकासको मुुद्दामा सवै राजनीतिक दलले साझा धारणा बनाएर अघि बढ्नुपर्नेमा समेत उनले जोड दिए । ऋणमै भएपनि दुवै जिल्लाका उपभोक्ताहरुले यसवर्ष सडक निर्माणको काम पुरा गरेको उपभोक्ता समितिका अध्यक्ष इमानसिंह के।सी।ले बताए । आर्थिक वर्ष २०६८÷०६९ देखि सडक निर्माणको काम थालिएको बताउँदै उनले ऋण तिर्नका लागि सम्वन्धित निकायबाट सहयोग हुनुपर्नेमा आग्रह गरे ।

‘वर्षौदेखिको गाउँमा गाडी गुडाउने सपना पुरा भएको छ’,उनले भने,‘ऋणै ऋणमा भएपनि बाटो पुरा गरेका छौँ ।’ सडक निर्माणको काम थाल्दादेखि हालसम्म ३२ लाख १२ हजार ६ सय ५० रुपैयाँ खर्च भएको उनले जानकारी गराए । ६ लाख ७२ हजार ५ सय रुपैयाँ ऋण रहेको उनले बताए । सडक निर्माणका लागि गाउँलेले ६ लाख १९ हजार ५ सय ३० रुपैयाँ बरावरको जनश्रमदान गरेका छन् ।

गाविस, जिविस, प्यूठान क्षेत्र नम्वर २ का सांसद् हिरा वहादुर के।सी।र सांसद् दुर्गा पौडेलको सांसद् विकास कोष मार्फत सडक निर्माणमा सहयोग भएको उपभोक्ता समितिका सचिव श्रवण के।सी।ले बताए । सौतामारे फेदी–रागामारे हुँदै अर्घाखाँचीको गोखुंगा पुग्नका लागि २५ किलोमिटरको घुमाउरो सडक साढे ८ किलोमिटरमै सिमित भएको उनको भनाई छ ।

 

SHARE