राजनीतिबाट जनताको सेवा गर्छु : शुसीला बञ्जाडे

414
शुसीला बञ्जाडे ।

 कल्याणी सेवा नेपालको नेतृत्व गरिरहनुभएकी सन्धिखर्ककी शुसीला बञ्जाडे सरल, सहयोगी र मिलनसार हुनुहुन्छ । उहांले कल्याणी मार्फत गरिब, विपन्न, विपतमा परेकालाई सहयोग गरिरहनुभएको छ । राजनीतिप्रति चासो राख्ने विकासवादी सोच र योजना भएकी नेपाल कम्युनिष्ट पाटी (नेकपा) की नेतृ  बञ्जाडेसंग समसामयिक विषयमा जननी खबरले गरेको संक्षिप्त कुराकानी ।

कल्याणी किन जन्मियो ?

कल्याणी सेवा नेपाल महिला तथा बालबालिकाको चेतना सीप तथा क्षमता अभिवृद्धि गर्नको लागि महिला तथा बालबालिकाहरू को मौलिक हकको संरक्षण गर्नको लागि बालविवाह न्यूनीकरण गर्नको लागि गरिबी बेरोजगारी विपन्नता लैङ्गिक असमानता घरेलु हिंसा छुवछूत प्रथा मानव बेचबिखन र आत्महत्या न्यूनीकरणको लागि जन्मिएको हो ।

कल्याणीले के काम गर्छ ?

कल्याणी सेवा नेपालले महिला बालबालिका जेष्ठ नागरिक दलित जनजाति आदिवासी र अन्यायमा परेका अपाङ्ग असक्त बिरामी सबै वर्गका मानु भाब हरुलाई सधैंभरि कल्याण गर्दछ ।

तपाइले सामाजिक काम गर्छु भनेर कल्याणीको नेतृत्व गर्नुभएको छ, कस्तो सामाजिक काम हो ?

मैले सामाजिक काम गर्छु भनेर कल्याणी सेवा नेपालको नेतृत्य गरेको छु मैले राजनीतिबाट अलग रहेर समाजमा भएका विकृतिहरु हटाई असल र सरल समाजको विकास गर्नेछु र समाजमा सबैजनालाई समान रुपमा मबाट के कस्ता सहयोगको आवश्यकतापर्छ सहयोगको लागि मा निरन्तर लागिरहने छु ।

 कल्याणीबाट अहिलेसम्म के के काम भए ?

कल्याणी सेवा नेपालबाट अहिले सम्म आगालागी पीडितलाई रासन तरकारी तेल र बच्चालाई बिस्कुट भुजा वितरण गरियो । वादी समुदायलाई न्यानो कपडा वितरण गरियो बिरामीलाई उपचारको लागि नगद रकम हस्तान्तरण गरियो । महिलालाई शीपमुलक अचार बनाउने तालिम गराइयो महिला हरुलाई सशक्तिकरणको तालिम गराइयो र महिलालाई सफल उद्योमी बनाइयो ।

 समाज बदल्न के गर्नुपर्ला ?

समाज बदल्न पहिला आफू बदलिनु पर्छ अनि परिवार बदल्नु पर्छ र समाज लाई बदल्न सकिन्छ ।

महिला किन पछि परेका होलान ?

महिलालाई पछि पारिएको हो । जस्तोसुकै काम गर्न पनि महिला पछि हटदैनन् । महिला माथि हुने विभेद अन्त्य गर्नुपर्छ । महिला सक्षम छन । नीति निर्माण तहमा पुग्ने अवसर दिनुपर्छ । देश र समाज बदल्न नेतृत्वदायी भुमिका खेल्न महिला कटिबद्ध छन ।

कल्याणीका भावी योजना के छन ?

कल्याणी सेवा नेपालका भावी योजना महिला तथा बालबालिका चेतना सीप क्षमाता अभिवृद्धि गर्न तालिम गोष्ठी तथा सेमिनार सञ्चालन गरिने छ रोजगारीका अवसर  खोज्ने पहिल्याउने तथा त्यस्ता संस्थासँग समन्याय गरी बेरोजगार हटाउन पहल गरिने छ देशमा दैवी प्रकोप तथा अन्य समस्या आइपरेमा सक्दो सहयोग गरिने छ ग्रामीण विकास  निर्माण तथा खानेपानी सरसफाइ फोहोर मैलाको उचित व्यवस्थापन गरिने छ र संस्थालाई आवश्यक पार्न भवन निर्माण गर्ने छ ।

तपाई राजनीतिमा आएर जनताको सेवा गर्ने इच्छा छ ? राजनीतिलाई कसरी लिनुहुन्छ ?

म राजनीति प्रति चासो राख्छु । राजनीतिमै सक्रिय रहेर जनताको सेवा गर्ने इच्छा छ । राजनीतिले नै हो मुलुक बनाउने । देशको परिवर्तन र जनतालाई अधिकार राजनीति आन्दोलनबाटै भएको छ । जनताको सेवा गर्न राजनीति नै आवश्यक छ ।

 कल्याणीको नेतृत्व गरेपछि तपाइलाई भावी नेता (जनताको प्रतिनिधि) को रुपमा चर्चा गर्न थालिएको छ नी मेयर, उपमेयर, सांसद, मन्त्री बनेर जनताको सेवा गर्न खोज्नुभएको हो ?

म अहिले कल्याणीको नेतृत्व गरेर समाज सेवामा सक्रिय भएर काम गरेकी छु । नीति निर्माण तहमा पुगेर आम जनताको सेवक भएर काम गर्न तयार छु । स्थानीय तहमा मेयर, उपमेयर, सांसद र मन्त्री पदमा पुगेर जनताको सेवा गर्न खोजेकी छु ।

 

 

SHARE