परम्परा जोगाउंदै युवा

5
नाच्दै युवा ।

मालारानी गाउंपालिका-९ गोखुंगामा संस्कृत जोगाउन युवा लागि परेका छन । यो पैसा उठाउने देउसी भैलो होइन । संस्कृतीको संरक्षण र परम्परा जोगाउने कार्तिके पूर्णिमाको देउसी मेला हो । पुरुसिंगे १, मारुले १, मादले ३ जना र एक जना सहायक पुरुसिंगे भएर भैलो खेलिन्छ । देउसी भैलो पुरानो सोरठी भाकाको गित गाएर नाचगान गरिन्छ । स्थानीयमा ‘सिमेदेउराली देउसी मेला’ भनिन्छ ।

मादल र बासुरीको तालमा पाका उमेरका बीचमा युवा र महिला पनि छमछमी नाचे । कार्तिक पूर्णिमाको दिन सिमेदेउरालीमा दर्जनौ देउसी भैलो नाचेर परम्परालाई निरन्तरता दिए । २०३६ सालदेखि भैलो सञ्चालित छ । पुर्णिमाको देउसी मेला हेर्न अर्घाखा“ची सहित छिमेकी प्युठान र गुल्मीका सर्वसाधारको भीडभाड नै रहयो । शुरुमा गोखुंगामा बस्ने खनाल बन्धुले यो परम्परा शुरुवात गरेका थिए । अहिलेसम्म देउसी भैलोको परम्परा धान्न खनालहरु सक्रिय छन । मनोरञ्जन र रमाइलोको र सस्कृती बचाई राख्न मेलालाई निरन्तरता दिएको स्थानीय नरेन्द्र प्रसाद खनालले बताए । यहा“ डान्स नाच र डेग बजाएर भैलो खेल्न पाइदैन । पुरानो सोरठी नाच, पुरुसिंगे र मारुले ड्रेस लगाएर मात्रै खेल्न पाइन्छ । यहा“ देउसीरे भन्दै भैलो भट्टाइदैन् । पुरानो सोरठी नाचमा छमछमी कलाकार नाच्छन् । पाका उमेरकास“गै स्कुल स्कुल पढने विद्यार्थी पनि नाच्ने गरेको देखियो ।
पछिल्लो समयमा हराउदै गएको संस्कृती जोगाउनु पर्ने भएको बोमराम खनालले बताए । यस क्षेत्रका बासिन्दा अघिल्लो दिनै घासपात र घरको काम सकेर मेलामा आउछन । घरका सबै परिवार देउसी हेर्न आउनेको तछाडमछाड नै हुन्छ । घर बाहिर रहेकाहरु काम विशेषले तिहारमा आउन नसकेका पनि यो मेलालाई महत्व ठान्दै आउने गरेको गोखुंगाका श्याम घिमिरेले बताए ।

परम्परा धान्नुुपर्छ, संस्कृती जोगाउन नसकेमा चाडपर्वमा विकृती हुने भएकाले आगामी वर्षमा मेलालाई व्यवस्थित गरिने मालारानी गापा– ९ का वडा सदस्य जुना घिमिरेले बताए । संस्कृतीको संरक्षण गरी कार्तिक पूर्णिमाको दिनलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउने लक्ष्य रहेको उनले बताइन । एकातिर रमाइलो, मनोरञ्जन र अर्काे तिर हाम्रा पुस्ताले चलाएको रीतिरिवाज र संस्कृतीको संरक्षण गर्नु हो, उनले भनिन् । यस क्षेत्रका पाका उमेरकाले आफना छोराछोरीलाई सिकाउने गर्छन ।

हाम्रा यस्ता संस्कृतीलाई जोगाइएन भने पश्चिमी संस्कृती बढदै जाने र यहा“को पहिचान गुम्ने खतरा रहेकोले सबै मिलेर लोक कला, संस्कृतीको जगेर्ना गर्नु अहिलेको टडकारो आवश्यक्ता रहेको सन्धिखर्कबाट मेला हेर्न आएका राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठानका जिल्ला अध्यक्ष सहयोगी बिसीले बताए । सिमेदेउरालीमा एक दर्जन समुहमा भैला थिए । मेलामा सबैको रोजाइमा यहा“को जेरी (जुलपी) पर्छ । खुला चौरमा जेरी पसल थुप्रै हुन्छन् । मेला हेरेपछि मुख मिठो बनाउन जेरी खानैपर्ने यहा“को चलन छ । त्यो परम्परा अहिलेका पुस्ताले पनि धानेका छन । जेरी बेचेर वर्ष दिनलाई घरमा नून तेल खर्च पुग्ने गर्छ ।

 

SHARE