मालारानीको मनचिन्ते पानीको इतिहास र महत्व

20

अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्क देखी ३० किलोमिटर कच्ची सडक यात्रामा पुग्न सकिने मालारानी गाउंपालिकाको खनदहमा रहेको मालारानी मन्दिर र दुई सय भन्दा वढी पुरानो मनोचिन्ते पानी दिनप्रतिदिन ओझेलमा पर्दे गएको छ । अपेक्षाकृतरुपमा चर्चामा आउन समेत सकेको छैन् ।

खनदह र हंसपुरको सिमानामा रहेको मालारानी मन्दिर राष्ट्रीय स्तर मैई अपरीचीत नभएपनि देशको शासन व्यवस्था र सरोकारवालाहरुको कारण मन्दिर आफैमा उदाश देख्न सकिन्छ । २२ से २४ से राज्यको पालामा, माला नाम गरेकी रानी, यो स्थानमा वसेकी कारण उनैको नामवाट मालारानी रहेको कुरा किम्वदन्तीमा उल्लेख गरीएको छ ।

स्थानिय वूढापाकाको भनाईअनुसार मन्दिर नजिकै माला नाम गरेकी रानी वसोवास गर्ने समयमा गाउँका गोठालाहरु यहाँको घनाघोर जंगलमा गाई चराउन आउदथे र यही वाटै गाई फर्काउने कारण यो स्थानलाई गाईखर्केनी पनी भन्ने गरीन्छ । यसरी चर्न आएका गाईहरुले यो स्थानमा रहेको एउटा ढुङ्गा माथी दुध चढाउने गरेका कारण, दिन प्रतिदिन यो स्थानको महत्व वढदै गएको जनविस्वास रहेको छ । वि.स. १९६५ सालमा गाईहरुले आफै दुध चढाउने शिलाको सम्मान गदै स्थानीय धामी हरिनन्द को मन्दिर वनाउने प्रस्तावलाई स्थानियहरुले स्वृकार गर्दै मन्दिर निर्माण भएको थियो ।

परापूर्वकाल देखी हालसम्म स्थानियहरुको घरमा पशुले फलिफाप नभएमा यो मन्दिरलाई सम्झने वा पशुका डाम्ला चढाउने गरेमा घरको गोठ भरिभराउ हुने कुरामा स्थानीयहरु विश्वसत वनेका छन् । मलारानी मन्दिर भित्र , कालीका देवी , सिद्ध , गणेश , हनुमान , होमनकुन्ड , शिव लिङ्ग लगायतका मुर्तीहरु देख्न सकिन्छ र प्रत्येक आईतवार अनी मंगलवार पुजा गरीन्छ । वर्खे दशैमा घटस्थापना देखी त्रियोदशी सम्म पुजापाठ गरीने यो मन्दिरमा त्रियोदशीका दिन श्राय निकालीन्छ । चैते दशैमा प्रतिपदा देखी अष्टमी सम्म भव्य पुजा पाठ हुदै आएको छ ।

५ रोपनी जग्गा मन्दिरको भएपनि रतनमारे र खनदह वाट मालारानी सम्म पुग्नको लागी मोटरवाटो पक्की नगरीदिदाँ वरपरका जनताहरुले वर्खामा सास्ती भोग्नु परेको स्थानियको गुनासो रहेको छ । पन्चवली चढने यो मन्दिरमा रातो टाउको अनी चन्द्रमा आकारको शर्प दिउसो वा रातीमा, यो स्थानमा आउने गर्दछ । यसरी आउने उक्त शर्पले कसैलाई पनी नसताउने र मन्दिरमा आएका भक्तजनहरु सगँ केहि समय खेली त्यहावाट हराउने गरेको दैनिक ताजा स्मरण त्यहाका स्थानीय वासिहरुका लागी नौलो कुरा होईन ।

मालारानी मन्दिर देखी ठिक ५ मिनट पैदल यात्रामा पुग्न सकिने मनोचिन्ते पानी यो स्थानको अर्का आकर्षण हो । अत्यन्तै अप्ठयारो गोरेटो वाटोको यात्रामा, मनोचिन्ते पानी भएको स्थानमा पुग्न सकिन्छ । ठुलो गुराँसको रुख तेरसो गएको छ र गुराँसको फेदमा प्रसश्त पानी छ । पानी भएको रुखको तल पटटी सुक्का रहेको छ । अचम्मको कुरा के भने त्यो पानी कहिल्यै पनी सुक्दैन,घटदैन र कहाँवाट आएको छ अनी कहाँ गईरहेको छ भन्ने कुरा हालसम्म खोजीको विषय वनेको छ ।

स्थानिय वुढापाकाका अनुसार हामिहरु केटाकेटी छदाँ पनी यो रुखमा यस्तै पानी भएको र हाम्रा वुवा हजुरवुवाले पनी आफुहरु जन्मदा यो यस्तैनैई देखेको स्मरण गर्दछन । जसवाट पनी मनोचिन्ते पानी परापूर्वकाल देखीनैई हाम्रो माजमा रहेको अनुमान लगाउन सकिन्छ । स्थानिय वूद्धाहरुले जानकारी दिएअनुसार वि.स. १९६५ मा यहि गुराँसको फेदमा रहेको पानी वोकेर मालारानी मन्दिर निर्माण गरेको ताजा अनुभव उनीहरुले वताएका थिए ।

अर्घाखाँची जिल्लाको धार्मीक तथा पर्यटकीय स्थल मध्ये प्रख्यात मानिने मनोचिन्ते पानी समग्र नेपालकैई महत्वपूर्ण र हेर्ने लायक भएपनी हालका दिनहरुमा यो जोखिम वन्दै गएको छ । मनोचिन्ते पानी रहेको गुराँसको रुखभन्दा तल वाट हंसपुरको रतनमारे वजारमा डोजरद्धारा गतसाल मोटरवाटो पुरयाईएको थियो । जुन आफैमा राम्रो भएपनी मोटरवाटोको उपल्लो भागमा वाल उठाईएको छैन । जसको कारण यो एतिहासीक स्थान वर्खामा जोखिम वन्नसक्ने अनुमान लगाउन सकिन्छ ।

चारैतर्फ हरियाली चिसो र स्वच्छ हवाले भरिपूण यो स्थानलाई जोगाउन सक्ने हो र अलिकती राज्यले ध्यान दिने हो भने स्वदेशी र विदेशी पाहुनाहरुको लागी यो एउटा कोछे ढुड.ा वन्ने सुनिश्चीत देखिन्छ । हाम्रा भावि पुस्ताहरुको लागी यो महत्वपूण स्थानलाई जोगाई राख्ने हो भने मालारानी मन्दिर वाट मनोचिन्ते सम्म जानको लागी गोरेटो वाटो निर्माण गरीनु आवस्यक देखिन्छ भने मनोचिन्ते पानी देखि तल खनिएको मोटरवाटोमा परिपक्क वाल उठाउनु सरोकारवालाहरुको लागी प्रमुख दायीत्व भएको कुरा नर्कान मिल्दैन ।

केहिदिन अगाडी प्रजिअ गोविन्धमणि भुर्तेल प्रनाउ हिरावहादुर पाण्डे र अनुसन्धान अधिकूत लिलाधर पौडेलको टिम मालारानी मन्दिरमा पुगेको थियो । यो एतिहासीक र पवित्र स्थानको अवलोकन पश्चात तिनै जनाले यसको प्रंशसा गर्दे यसलाई जोगाउन र प्रचार प्रसारको लागी आफुहरु लालायीत भएको थप जानकारी प्राप्त भएको छ ।

कुराकानीकैई प्रसंगमा आफुहरुले यति राम्रो स्थान देख्न पाएकोमा खुशि प्रकट गर्दे जिल्लामा रहेका राजनैतिक दल र स्थानीय विकास अधिकारी लगायतका सरोकारवालाहरुलाई एक पटक मालारानीमा पुग्न सल्लाह दिने प्रजिअ भुर्तेलले जानकारी गराएका थिए । जसवाट पनी अव यसको सुधार हुन्छ कि भन्ने आशा गर्न सकिने भएको छ ।

चुनावी भाषणमा मैले यसो गर्दछु र उसो गर्दछु भन्दै फलाक्ने अर्घाखाची जिल्लाका नेताहरुले मनोचिन्ते पानी र मालारानी मन्दिरको संरक्षणमा अलिकती ध्यान पुरयाउनु आवस्यक देखिन्छ । अग्ला पहाड अनी धेरै जसो जिल्लाहरु सजिलेरी देख्न सकिने यो सुन्दर स्थानमा पुग्दा एकपटक साह्रा टेन्सन मेटिएको अनुभव हुनुको साथै यो स्थान छाडेर फर्कन मन लाग्दैन ।

SHARE