खन पूर्ण सरसफाइ उन्मुख घोषणा

24

अर्घाखाँची जिल्लालाई पुर्ण सरसफाई उन्मुख जिल्ला बनाउँनका लागी सबै लाग्नुपर्ने प्रदेश सभा सदस्य चेतनारायण आचार्यले बताएका छन् ।
मालारानी गाउँपालिकाको वडा नम्बर ४ खनमा आयोजित पूर्ण सरसफाई उन्मुख घोषणा कार्यक्रममा आचार्यले सरसफाई सभ्यताको प्रतीक भएको भन्दै घोषणा गर्दा जस्तो जोस र जागर आगामी दिनमा पनि निरन्तर दिनुपर्ने बताए ।
मानिसको जिवनसँग जोडिएको सबैभन्दा महत्वपुर्ण कुरा सरसफाई र स्वास्थ्य भएकाले सरसफाई र खानेपानिको व्यवस्थापनका लागी प्रदेश सभाबाट सक्दो पहल गर्ने बताएका छन् ।
प्रदेश सरकारले ल्याउँन लागेको बजेटमा अर्घाखाँची जिल्ला र प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर १ को विकासका लागी सक्दो बजेट ल्याउँन पहल गर्ने र सरसफाईलाई जोड दिने बताए ।
मालारानीको खन लुम्बिनी सामाजिक विकास केन्द्र अर्घाखाँचीको सहजिकरण र सुआहारा कार्यक्रमको प्राविधिक सहयोगमा पूर्ण सरसफाइ उन्मुख घोषणा गरिएको हो ।
मालारानी गाउँपालिकाका अध्यक्ष बालकृष्ण आचार्यले छिट्टै मालारानीका ९ वटै वडा पुर्ण सरसफाई उन्मुख घोषणा गर्नका लागी पालिकाले सहयोग गर्ने बताए । उनले गाउँपालिकाले सरसफाई र स्वास्थ्यको क्षेत्रमा काम गर्ने बताए ।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष प्रमिला क्षेत्री, प्रशासकिय अधिकृत खगेन्द्रराज मरासिनि, वडा नं. ३ का कार्यबाहक वडा अध्यक्ष अध्यक्ष दिपा पोख्रल, नेपाली कांग्रेसका हुमप्रसाद खनाल, राजमोका कृष्ण सुनार, सुआहारा क्षेत्रिय कार्यालयका मङ्गलदास दुवाड, लुम्बिनी सामाजिक विकास केन्द्रका फील्ड संयोजक हरिप्रसाद पौडेल, नेपाल पत्रकार महासंघका अध्यक्ष हिम लेकाली लगायतले सरसफाई सबैभन्दा महत्वपुर्ण रहेको बताए ।
कार्यक्रममा स्वास्थ्य चौकी प्रबन्धक भविश्वर खनालले स्वास्थ्य स्थितिको बारेमा प्रकाश पारेका थिए । वडामा भए गरेका पूर्ण सरसफाईको बिषयमा भुवन खनालले प्रतिवेदन प्रस्तुत गरे ।
कार्यक्रममा वडा अध्यक्ष बिष्णु पोख्रेलले पुर्ण सरसफाई अभियानको निरन्तरताको लागि सदा साथ सहयोग जुटाई आफुहरू लागि रहने प्रतिबद्धता व्यक्त गरे ।
वडास्तरीय खानेपानी सरसफाइ तथा स्वच्छता समन्वय समिति वडा नं. ४ को आयोजनामा सम्पन्न कार्यक्रम वडा अध्यक्ष पोख्रेलको अध्यक्षता, भोजराज रिजालको स्वागत र सञ्चालन सुआहाराकी रमा खनालको सञ्चालनमा सम्पन्न भएको हो ।
कार्यक्रममा पूर्ण सरसफाइको क्षेत्रमा अतुलनिय सहयोग पुर्याउनेलाई प्रशंसा पत्रले सम्मान गरिएको कार्यक्रममा हास्यकलाकार बिष्णुजि पाण्डे (माईलाबा)को बेजोड सांस्कृतिक प्रस्तुति रहेको थियो ।

SHARE