चम्किदै मालारानीको हंसपुर रतनमारे

34

अर्घाखाँची —मालारानी गाउंपालिका–६ हंसपुर रतनमारे कुनै बेला हंसपुर रतनमारे दुर्गममा पथ्र्याे । रतनमारेबाट सन्धिखर्क पैदल आउ÷जाउ गर्न पुरै एक दिन लाग्थ्यो । दुई दशकपछि विकासमा धेरै परिवर्तन भयो । गाडी चलेपछि अहिले एक घण्टामै सदरमुकामबाट रतनमारे पुगिन्छ । मोटर चलेपछि यात्राको दुरी छोट्टियो । दुर्गम मानिएको रतनमारे अहिले सुगमको रुपमा परिणत हुन थालेको छ । पहिला सडक पुगेपछि स्थानीय सहरसंग सजिलै जोडिन पुगे ।

रतनमारेमा सिद्धार्थ उमावि, स्वास्थ्य चौकी, प्रहरी चौकी लगायत सरकारी कार्यालय छन । वडा कार्यालय पनि रतनमारेमै छ । चारैतिरको आकर्षणको केन्द्र बन्दै गएको छ । व्यावसायी बढदैछन् । रतनमारेलाई दुई ठुला सडक सालझण्डी–सन्धिखर्क–ढोरपाटन र सुर्खेत पोखरा सडकले रतनमारेलाई छोएको छ । दुई ठुला सडक रतनमारे हुंदै निर्माण भएपछि जग्गाको मुल्य पनि आकाशिएको छ । सन्धिखर्कबाट रतनमारे हुंदै गोखुंगा, प्युठान र अर्काे रुट हंसपुरको लौरी, मेहलपानी हुंदै गुल्मीको पुर्काेटदहसम्म पहिल्यै गाडी चल्थे ।

 

ढोरपाटन सडक पनि त्यही बाटो गुल्मीको पुर्काेट हुंदै बाग्लुङ पुग्छ । पोखरा सुर्खेत सडक पनि रतनमारे हुंदै गोखुंगा, प्युठान हुंदै सुर्खेत पुग्छ । अहिले उक्त सडकको काम धमाधम भैरेहेको छ । ढोरपाटन सदरमुकाम सन्धिखर्क हुंदै जान्छ । पोखरा सुर्खेत सडक मालारानी गाउंपालिकाको कार्यालय खनदह हुंदै रतनमारे जोडिन्छ । दुई ठूला सडक निर्माण सम्पन्न भएर नियमित गाडी चलेपछि रतनमारेको भविष्य चम्किन्छ, वडा–६ का वडाध्यक्ष नारायण प्रसाद अर्यालले बताए । भविष्य उज्ज्वल छ । हंसपुरको विकास तीव्र रुपमा अघि बढेको उनले बताए ।

पर्यटकीय दृष्टिले पनि हंसपुर रतनमारेबाट जताततै देख्न सकिन्छ । अग्लो ठाउं भएकाले सित्तत छ । हंसपुरको विकास र सम्बृद्धिको लागि पालिकाले योजनाबद्ध रुपमा काम गरिरहेको मालारानी गाउंपालिका अध्यक्ष बालकृष्ण आचार्यले बताए । हंसपुरमा सडक, पूर्वाधार विकास र कृषि, पशुपालन, आयआर्जन लगायतका काममा बजेट विनियोजन गरेर विकास भैरहेको आचार्यले बताए ।

गाउंमा उत्पादन भएको तरकारी, खसीबोका लगायतका वस्तु गाडीले नै बजारमा ल्याइदिएपछि व्यावसायीक कृषि र पशुपालनमा वृद्धि हुंदै गएको छ ।

SHARE