मालारानीमा होमस्टे सञ्चालन गरिने

11

 मालारानी गाउँपालिकाको सहकार्य ए एपेक्स म्यानेजमेन्ट कन्सल्टेन्सीको आयोजनामा मालारानी गाउँपालिकाको वडा नम्बर -७ मा १ महिने व्यावसायिक तथा सिप विकास होमस्टे तालिम सम्पन्न भएको छ ।

कार्यक्रममा बोल्दै प्रमुख अथिती नरसिँह पर्यटन पूर्वाधार विकास उपभोक्ता समितिका उपाध्यक्ष इन्द्र बहादुर खड्काले आफुले सिकेको सिप र क्षमतालाइ पर्दशन गर्ने व्यावसाय होमस्टेरहेको बताउनु भएको छ ।

४० भन्दा सहभागीहरुको प्रतिनिधित्व गर्दै अथिति हरु सृजना खनाल,विजय खनाल ,नविन कुँवर , र घनश्याम गिरीले आ -आफ्नो मन्तव्य राख्नु भएको थियो।

उक्त कार्यक्रमका अध्यक्ष मालारानी गाउँपालिका वडा नम्बर -७ का वडा अध्यक्ष खडक प्रसाद भुसालले होमस्टेमा सुख ,सयल ,योग गर्नु भन्दा स्थानीय एतिहासिक महत्व बोकेका ठाउँ अवलोकन गर्दै स्थानीय पकवानको स्वाद लिन आउँने र होमस्टे बाटै स्वावलम्बी बन्नका लागी स्थानीय उत्पादनमा जोड दिनुपर्न बताउदै कार्यक्रमको समापन गर्नुभएको थियो ।

SHARE