द्रुत गतिमा विकासका काम भएका छन : वडाध्यक्ष आचार्य

17
वडाध्यक्ष बालकृष्ण आचार्य ।

सधै जनताको सेवामा अनवरत रुपमा लागि रहनुभएका बालकृष्ण आचार्य स्थानीय तहको निर्वाचनमा अर्घाखाँची मालारानी गाउंपालिका–१ को वडाध्यक्षमा निर्वाचित हुनभयो । वडाको विकास कसरी भैराखेको छ भन्ने विषयमा जननी खबरले गरेको संक्षिप्त कुराकानी ।

वडाको विकास कसरी भैरहेको छ ?
वडावासी सबै जनतासंको समन्यव र मागको आधारमा वडाको योजना बनाउने गरेको छु । कहां के माग छ । आवश्यक्ता पहिचान गरेर योजना बनाइएको छ । जनताको भावना अनुसार विकासको काम भएको छ । वडाको विकासमा भएका समस्या पहिचान गरेर अगाडी बढेका छौं । कृषि, पशुपालन, पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, खानेपानी, सिचाई लगायत विकासका काम छिटो छरितो र परदर्शी रुपमा भैरहेका छन ।

यो आर्थिक वर्ष कस्ता योजना सञ्चालन भए ?
मालारानी– १ नम्बर वडामा सबैभन्दा ठुलो समस्या खानेपानीको रहेको छ । पानी नभएपछि हरेक समस्या हुन्छ । पहिला खानेपानीको समस्या समाधान गर्नेतिर लागेका छौं । मुहानबाट बस्तीसम्म सिधै खानेपानी योजना सञ्चालन गर्न सबै ठाउंमा संभव छैन । त्यसैले खोलाको पानी डांडोमा तान्ने बाहेक अरु विकल्प छैन । यस वर्ष दुई ठुला योजना मध्ये पहिलो खानेपानी योजना सञ्चालन गरिएको छ । ३ वटा टयांकी निर्मँण गरियो । एउटा खानेपानीको लागि पंधेरो निर्माण गरियो ।
दोस्रो भण्डारभुममा ठूलो खेलमैदान निर्माण गरिएको छ । खेलकूद गतिविधि सञ्चालन गर्न खेल मैदान धमाधम निर्माण भैरहेको छ । वडा कार्यालयको भवनमा तला थपियो । कृषि भवनमा रंगरोगन भयो । सुन्दरपोखरा मोटरबाटो, ध्यूपानी मोटरबाटो लगायत सडक मर्मतका काम भए । स्कुल भवन निर्माण, तारबार र शैक्षिक गुणस्तरवृद्धिको लागि स्कुलमा कम्प्युटर वितरण गरियो ।
देउराली–गोखुंगा मोटरबाटो अलपत्र छ । स्थानीय सरकारको बजेटले थेग्दैन । संघ र प्रदेश सरकारमा बजेट माग गरेका छौं । यो बाटोमा बाह्रै महिना गाडी चल्ने भए सिंगो वडालाई धेरै फाइदा हुन्छ । आयआर्जन, सीपमुलक तालिम लगायतका योजना सञ्चालन भए ।

कृषि र पशुपालनमा कत्तिको संभवना छ ?
कृषि र पशुपालनमा प्रचुर संभवना भएको वडा हो । तर, समस्या खानेपानी कै छ । पानी नभएपछि तरकारी खेती र पशुपालन वृद्धि गर्न संभव छैन । त्यसैले लिफ्ट प्रविधिबाट पहिला खानेपानी ल्याउने त्यसपछि कृषि र पशुपालनमा वृद्धि गर्न सकिन्छ भन्ने उद्देश्यले खानेपानीलाई प्राथमिकता दिएर काम गरिएको छ । एक वर्ष भित्र खानेपानीको समस्या हल गर्ने त्यसपछि कृषिमा आधुनिकीकरण गरेर पढेलेखेका युवालाई गाउंमै स्वरोजगार बनाउने लक्ष्य छ ।

प्रदेश सरकारबाट १ करोड १ लाख ५२ हजार रुपैयां र पालिकाबाट ४० लाख रुपैयां बजेटले काम भएको छ । यहांको कृषि उत्पादन सन्धिखर्क, तम्घास र खनदहमा खपत हुन्छ । कृषिलाई आकर्षण गर्न विभिन्न तालिम, टनेल वितरण भए । थोरै जग्गामा धेरै उब्जनी गर्न लागि परेका छौं । पशुतर्फ गाइभैसी पालेर दूध उत्पादन गर्न सकिन्छ । कुखुरापालन पनि टोलैपिच्छे फार्म खुलेका छन । सडकलाई बाह्रै महिना चल्न बनाउन मर्मतसुधार भैरहेको छ । अन्य पूर्वाधार निर्माणका काम पनि भएका छन । कृषि र पशुपालनबाट स्वरोजगार उन्मुख वडा हो ।

SHARE