हंसपुरमा धेरै पर्यटक भित्रिन्छन् : वडाध्यक्ष अर्याल

22
वडाध्यक्ष नारायणप्रसाद अर्याल ।

अर्घाखाँची  हंसपुर रतनमारेमा व्यावसाय गर्दै आउनुभएका नारायणप्रसाद अर्याल यस क्षेत्रमा लोकप्रिय हुनुहुन्छ । स्थानीय तहको निर्वाचनमा अर्घाखाँची मालारानी गाउँपालिका वडा–६ को वडाध्यक्षमा निर्वाचित हुनुभयो । वडाध्यक्ष भएपछि वडाको विकास कसरी भैराखेको छ भन्ने विषयमा जननी खबरले गरेको संक्षिप्त कुराकानी ।

विकासको गति कसरी अगाडी बढेको छ ?
वडाको विकास द्रुत गतिमै अगाडी बढेको छ । छिटो छरितो पारदर्शी ढंगबाट काम गरिएको छ । योजनाको काम समयमै सम्पन्न गरिएको छ । सबै क्षेत्रलाई समान ढंगले आवश्यक्ता अनुसार बजेट पारेर विकासको काम भएका छन ।

यो आर्थिक वर्षमा के कस्ता काम भए ?
कृषि, पशुपालन, शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास, खानेपानी, मोटरबाटो लगायतका विकासका काम भएका छन । किसानको खेतबारीमा उब्जनी भएको उत्पादित वस्तुलाई बजारमा ल्याई बिक्री गर्न रतनमारेमा हाटबजार सञ्चालन गरियो । तरकारी सागसब्जी फलाएर बिक्री गरेर आम्दानी भित्राउन सकुन भन्ने उद्देश्यले हाटबजार शुरु गरेका छौं । हाटबजारमा कृषकले आफनो खेतबारीमा उब्जनी गरेको वस्तु ल्याएर बिक्री गरेका छन ।

यसबाट कृषकले उत्पादन वृद्धि गर्न थालेका छन । तरकारी खेतीलाई विस्तार हुंदै गएको छ । खेलकूद गतिविधिलाई सञ्चालन गर्न रतनमारेमा खेलमैदान निर्माण गरियो । सिंदुरेमा १ घर एक खानेपानीका धारा सञ्चालन भए । खानेपानीको समस्या भएका सर्वसाधारणलाई घरमै खानेपानी ल्याइदिएपछि खानेपानीको समस्या समाधान भएको छ । यसबाट कृषि उत्पादन र पशुपालनमा वृद्धि हुने अपेक्षा गरिएको छ ।

वडाका बस्तीमा ११ वटा पोखरी निर्मँण भए । वर्षाको पानी संकलन गर्न पोखरी निर्मँण भएका हुन । ३ वटा बोयर बोका वितरण गरियो । बाख्रा वितरण भए । बाख्रापालनबाट मनग्य आम्दानी गर्न बोयर बोका भित्राइएको हो । स्कुलको शैक्षिक गुणस्तरवृद्धि गर्न अंग्रेजी माध्यममा पढाई भएको छ । लगायत समग्र रुपमा धेरै योजनामा काम सम्पन्न भए ।

५ वर्षभित्र विकास र सम्बृद्धिमा कस्तो वडा बनेको देख्न पाइन्छ ?
विकास र सम्बृद्धिमा नमूना वडा नै बनाउन मेरो लक्ष्य रहेको छ । २ वर्ष भित्रैमा काठका पोल मुक्त भैसकेको छ । एउटा एम्बुलेन्स सेवा सञ्चालन भैसकेको छ । ३ वडा सडक पीच हुन्छन् । सबै क्षेत्रमा समान ढंगले विकास योजना सञ्चालन भएका छन । कृषि उत्पादन बढाउन विभिन्न तालिम, प्राविधिक ज्ञान र थोरै जग्गामा धेरै उत्पादन गर्ने उद्देश्यले कृषिमा आधुनिकीकरण गर्न तरिकाबाट काम अघि बढेको छ ।

पशुपालनमा बोयर जातको बोका भित्रिएका छन । बाख्रा पालेर खसीबोका बिक्रीबाट स्थानीय स्वरोजगार उन्मुख हुनेछन् । शैक्षिक गुणस्तरवृद्धि हुनेछ । खानेपानी सुविधा उपलब्ध हुनेछ ।

रतनमारे चारैतिरको चोक भएकाले यहांबाट दुई ठूला सडक सुखेत पोखरा र अर्काे सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडक छन । यी बाटा पिच भएर सुचारु भएपछि यस क्षेत्रमा विकासले कायापलट नै हुनेछ । पर्यटन र आर्थिक सम्बृद्धिमा ठूलो टेवा दिन्छ । धेरै पर्यटक भित्रिनेछन् । यहां हावापानी राम्रो छ । डांडाकांडा घुम्न लायक नै छन ।

SHARE