मालारानीमा पारदर्शी काम भएको छ : प्रमुख प्रकाशकीय अधिकृत मरासीनि

29
खगेन्द्रराज मरासीनि ।

अर्घाखाँची मालारानी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खगेन्द्रराज मरासीनि अनवतरत रुपमा लागि रहनुभएको छ । शनिवारको दिन पनि जनताकै काममा खटिनुभएको छ । अफिस समय बाहेक अरु बेला पनि मरासीनि काममै व्यस्त हुनुहुन्छ । पालिकाको गाउंसभाबाट विनियोजित बजेट योजनाको काम पारदर्शी, अभियमितता हुन नदिन र कामलाई ढिलासुस्ती नहोस भनेर योजनाको अनुगमन भैरहेको छ ।

गाउमा पुगेर सेवा दिंदै प्रमुख प्रशासकीय अधिकृत खगेन्द्रराज मरासीनि ।

जनताको अपेक्षा अनुसार हरेक योजना छिटो छरितो रुपमा सम्पन्न गर्न मरासीनिको अग्रसरता हुने गरेको छ । पालिकाबाट डेढ सयभन्दा बढी योजना सञ्चालित छन । उपभोक्ता समिति र टेण्डरद्धारा काम भएका छन । आर्थिक वर्षभित्रै सबै योजना सफलतापूर्वक सम्पन्न गर्न मरासीनिको दौढधुप निरन्तर भैरहेको छ । गाउंमा विभिन्न सीपमुलक तालिम, आयआर्जन लगायतका कार्यक्रममा पारदर्शी रुपमा भएका छन ।

जनताको सेवालाई छिटो छरितो बनाउन सबै कर्मचारीको कुशलतापूर्वक नेतृत्व मरासीनिले गरिरहनुभएको छ । कतै एक पैसा अनियमितता नहोस भनेरै योजनाको अनुगमन गरिरहेको मरासीनिको भनाई छ । नयां संरचना अनुसार स्थानीय सरकारका कामलाई राम्रो बनाएर जनताको मन जितेर अगाडी बढनुको विकल्प नभएको उहांले बताउनुभयो ।
विनियोजित बजेट योजनाबाट गाउंमा मोटरबाटो धमाधम निर्माण र मर्मत सुधार भैरहेको छन । मालारानीका मुख्य र सहायक सडकमा बाह्रै महिना मोटर चल्ने बनाउने लक्ष्य अनुसार सडकको काम भैरहेको उहांको दावी छ । भौतिक पूर्वाधार निर्मँणका काम पनि द्रुत गतिमा अघि बढेका छन । स्कुलका भवन निर्माण, शैक्षिक गुणस्तरवृद्धि गर्न अंग्रेजी माध्यममा पठनपाठन भैरहेका छन ।

सुशासन र पारदर्शी ढंगबाट काम भएको मरासीनिको भनाई छ । कृषितर्फ थोरै जग्गामा धेरै उत्पादन बढाउने किसिमले काम भएको छ । कृषकलाई आधुनिक तरिकाबाट खेती गर्न विभिन्न तालिम, प्राविधिक ज्ञानमुलक प्रशिक्षण सञ्चालन गरिएको उहांले बताउनुभयो । पर्यटन सम्बन्धी मालारानी मन्दिरमा होमस्टे निर्माण गरिएको छ । मन्दिरमा दर्शन गर्न आउने भत्तजनलाई एक दिन बास बसाल्ने उद्देश्यले भवनको निर्मँण गरिएको हो । बामरुकको नृसिंहमा दर्शन गर्न आउनेलाई पनि एक दिन बामरुकमै बास बसाल्नको लागि होमस्टे निर्माण भैरहेका छन ।

खेलकूद फिल्ड निर्माण भएका छन । विकास र सम्बृद्धिमा मालारानी अब्बल बन्दै गएको मरासीनिको भनाई छ । गाउंमै कृषि उत्पादन, पशुपालन र उत्पादनमुखी कार्यक्रमबाट स्थानीय स्वरोजगारी हुने संभावना बोकेको मालारानीमा योजनाबद्ध ढंगले काम भएको प्रमुख प्रशासकीय अधिकृत मरासीनिले बताउनुभयो । विकास र सम्बृद्धिमा नमूना मालारानी बनाउने लक्ष्य अनुसार काम भएको उहांको भनाई छ ।

SHARE