बामरुक अब पर्यटकीय गन्तव्य : वडाध्यक्ष भुसाल

31
वडाध्यक्ष खड्कप्रसाद भुसाल ।

अर्घाखाँची बामरुकमा जन्मिनुभएका खड्कप्रसाद भुसाल लामो समय शिक्षण पेशामा संलग्नसंगै राजनीति र समाजसेवामा क्रियाशिल हुनुहुन्छ । स्थानीय तहको निर्वाचनमा अर्घाखाँची मालारानी गाउँपालिकाका –७ को वडाध्यक्षमा निर्वाचित हुनुभयो । वडाको विकास कसरी सञ्चालन भएको छ भन्ने विषयमा जननी खबरले गरेको संक्षिप्त कुराकानी ।

वडाको नमूना काम छ ?
समग्र विकासका तुलनात्मक रुपमा समावेशी नै छ । आवश्यक्ता अनुसार विकास बजेट पारिएको छ । वामरुकमा ऐतिहासिक नृसिंहस्थान मन्दिर अवस्थित छ । यहां टाढाटाढाबाट दर्शन गर्न भक्तजन आउने गर्छन् । मनोकांक्षा पुरा हुने विश्वासले दैनिक तीर्थालु आइरहन्छन् । वर्षेनी यो संख्या बढदो छ । नृसिंहस्थानलाई व्यवस्थित बनाउन पर्यटन मन्त्रालय, संघ, प्रदेश र स्थानीय सरकारबाट बजेट परेको छ । पर्यटकीय संरचनाहरु ध्माधम निर्माण भएका छन । पैदल यात्रा, आराम गर्ने स्थान, बस्ने ठाउ“ निर्माण भएका छन् । नृसिंहस्थानको बेग्लै महत्व रहेको छ । त्यो ऐतिहासिक स्थानलाई प्रचारप्रसार गरी धेरै पर्यटक भित्राउने लक्ष्य अनुसार काम भएको छ । नृसिंहस्थानमा दर्शनका लागि आउने तीर्थालुलाई बस्ने र भुल्ने स्थान अभाव छ । आउने तीर्थालुलाई बामरुकमै बास बस्ने गरी होमस्टे सञ्चालन भएका छन । बांगीको देउरालीबाट बामरुकमा डबल कटिङ मोटरबाटो छ । वामरुकबाट टिमुरे हुंदै रतनमारे र सिधै गोखुंगा जोड्ने बाटा छन । बामरुककमा अन्य सडकको स्तरोन्नती र अन्य पूर्वाधार विकासका काम भएका छन् ।

बामरुकमा पर्यटकीय गन्तव्य कसरी बन्दैछ ?
नृसिंहस्थान नै प्रमुख पर्यटकीय गन्तव्य हो । पर्यटकीय संरचना निर्मँण गरेर व्यवस्थित गरिंदै छ । जंगल भित्र नृसिंहस्थान भएकाले सुन्दर वातावरण छ । दर्शनका लागि आएका पर्यटक केही समय सित्तल छहारीमै बसेर आनन्द लिन्छन् । घुम्छन् । विभिन्न संरचनामा तस्बिर खिच्छन् । सामाजिक सञ्जालमा राख्छन् । नृसिंहस्थानमा आउने तीर्थालुलाई केही घण्टा र एक दिन बास बसाल्नको लागि बामरुकमा होमस्टे निर्मँण भएका छन । पहिलो चरणमा २ कोठा सहित ५ वटा घर निर्मँण भएका छन । केही दिनभित्रै पर्यटन मन्त्रीबाट उद्घाटन गर्ने कार्यक्रम छ । बास बस्ने पर्यटकलाई स्थानीय उत्पादित वस्तुका खानाका परिकार खुवाउने र कलासंस्कृती सहितको नृत्य देखाउने योजना छ । स्थानीय उत्पादनमा मकैको आटो, रोटी, दूध, दही, खिर, फापरको रोटी, गुन्द्रुक, अचार, तरकारी खुवाइन्छ । बाहिरको उत्पादनलाई पुरै निरुत्साहित पार्ने योजना छ । स्थानीय चालम उत्पादनको लागि द्धारे खोलाका खेतलाई व्यवस्थित गरिंदैछ । त्यहां लोकल धान उत्पादन गरिन्छ । होमस्टेलाई बढाए १० घरसम्म पुराउने लक्ष्य छ । नृसिंहस्थानको व्यापक प्रचारप्रसार गरी धेरै पर्यटक भित्राएर बामरुकलाई नै पर्यटकीय गन्तव्य बनाउने लक्ष्य छ ।

कृषि र पशुपालनमा बामरुकमा कत्तिको संभावना छ ?
असाल्यै प्रबल संभावना भएको बामरुक हो । नृसिंहस्थानमा आउने पर्यटकलाई मध्यनजर गर्दै वामरुकमा होमस्टे निर्मँण भैसकेका छन । केही दिनमा उद्घाटनपछि सञ्चालनमा आउंछन् । त्यहां आउने पर्यटकलाई बामरुकमै बसाल्ने हो । उनीहरुलाई स्थानीय उत्पादन खुवाउन कृषि र पशुपालनमा बामरुकवासीलाई आबद्ध गराएर स्वरोजगार बनाउने लक्ष्य छ । उत्पादनमा उर्बरभूमी छ । वैदेशिक रोजगारमा रहेका केही युवाले कृषि व्यावसाय गर्न शुरु गरेका छन् । ७० लिटर दूध गाडीबाट सन्धिखर्क जान्छ । पुरै गाउंलाई कृषिमय बनाउने हो । बामरुकको उत्पादन खरिद गर्न बाहिरबाट आउने बनाउने हो । प्रदेश सरकारबाट स्मार्ट कृषि योजना परेको छ । ८० कृषक लाभान्वित भएका छन । सबैले बाख्रापालन व्यावसाय गरेका छन । मालारानी र प्रगतिशिल बाख्रापालन समुहमा कृषक आवद्ध भएका छन । द्धारेमा नृसिंह दूग्ध तथा तरकारी फार्म सञ्चालन भएको छ । १६ वटा पशुपालन भएको छ । उत्पादनलाई विषादीमुक्त बनाइन्छ । टनका टन तरकारी उत्पादन गर्ने र गाडीबाट बाहिर पठाउने योजना अनुसार काम भएको छ । बाख्रापालेर खसीबोका उत्पादन गरी बाहिर पठाउने र कृषकलाई स्वरोजगार गाउंमै बनाउने लक्ष्य छ ।

SHARE