अर्घाखाँचीका कैदीलाई किताब

30

अर्घाखाँची जिल्ला कारागारका कैदीले अब विभिन्न पुस्तक पढन पाउने भएका छन । किताबमा भएको ज्ञान हासिल गरेर सकारात्मक सोचको विकास हुनेछ

 सन्धिखर्क स्थित आटिकापाटामा रहेको जिल्ला कारागार अर्घाखाँचीका कैदी बन्दीहरूलाई पुस्तक हस्तान्तरण गरिएको छ । प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेकाे अध्यक्षतामा टिम नेपाेका अध्यक्ष निगम पाैडेलले पुस्तक हस्तान्तरण गर्नु भएकाे हाे । अब कैदीले पनि धार्मिक, सांस्कृतिक, राजनीतिक लगायतका किताब पढेर ज्ञान प्राप्त गर्नका लागि किताब उपलब्ध गराइएको सहायक प्रमुख जिल्ला अधिकारी विष्णुराज बेल्वासेले बताउनुभयो ।
विभिन्न बिधाका ४४० पुस्तकहरू अब पुस्तकालयकाे रूपमा कारागारमा रहने छन् । साथै अरू महत्त्वपूर्ण पुस्तकहरू थपिदै जाने प्रजिअ लामिछानेले बताउनु भएकाे थियो ।
SHARE