अर्घाखाँचीको बामरुकमा ५ वटा होमस्टे

11

अर्घाखाँची मालारानी गाउँपालिकाका  –७ बामरुकमा २ कोठा सहितको ५ वटा होमस्टे निर्माण भएका छन । नृसिंहस्थानमा आउने तीर्थालुलाई बास बसाल्न, स्थानीय खाना खुवाउनको लागि होमस्टे निर्मँण भएका हुन । धार्मिक विश्वासले भक्तजनको नृसिंहस्थानमा भत्तजन दैनिक आउंछन् ।

पर्यटकीय स्थलको बरुपमा विकास गरी बामरुकका स्थानीलाई स्वरोजगारी बनाउने लक्ष्य अनुसार होमस्टे निर्माण गरिएको मालारानी गाउंपालिका अध्यक्ष बालकृष्ण आचार्यले बताए । नृसिंहस्थानमा दर्शन गर्न आउने भत्तजनल बामरुकमा एक दिन बसुन, आनन्दले घुमुन, गाउंको गुन्द्रीमा बसेर स्थानीय उत्पादनका खानाका परिकार खाउन र मनोरञ्जन गरुन भनेरै होमस्टेको शुरुवात गरिएको उनले बताए ।

नृसिंहस्थान नै प्रमुख पर्यटकीय गन्तव्य हो । पर्यटकीय संरचना निर्मँण गरेर व्यवस्थित गरिंदै छ । जंगल भित्र नृसिंहस्थान भएकाले सुन्दर वातावरण छ । दर्शनका लागि आएका पर्यटक केही समय सित्तल छहारीमै बसेर आनन्द लिन्छन् । घुम्छन् । विभिन्न संरचनामा तस्बिर खिच्छन् । सामाजिक सञ्जालमा राख्छन् । नृसिंहस्थानमा आउने तीर्थालुलाई केही घण्टा र एक दिन बास बसाल्नको लागि बामरुकमा होमस्टे निर्मँण भएका छन । पहिलो चरणमा २ कोठा सहित ५ वटा घर निर्मँण भएका छन । केही दिनभित्रै पर्यटन मन्त्रीबाट उद्घाटन गर्ने कार्यक्रम रहेको वडाध्यक्ष खड्कप्रसाद भुसालले बताए ।

बास बस्ने पर्यटकलाई स्थानीय उत्पादित वस्तुका खानाका परिकार खुवाउने र कलासंस्कृती सहितको नृत्य देखाउने योजना छ । स्थानीय उत्पादनमा मकैको आटो, रोटी, दूध, दही, खिर, फापरको रोटी, गुन्द्रुक, अचार, तरकारी खुवाइन्छ । बाहिरको उत्पादनलाई पुरै निरुत्साहित पार्ने योजना छ । स्थानीय चालम उत्पादनको लागि द्धारे खोलाका खेतलाई व्यवस्थित गरिंदैछ । त्यहां लोकल धान उत्पादन गरिन्छ । होमस्टेलाई बढाए १० घरसम्म पुराउने लक्ष्य छ । नृसिंहस्थानको व्यापक प्रचारप्रसार गरी धेरै पर्यटक भित्राएर बामरुकलाई नै पर्यटकीय गन्तव्य बनाउने लक्ष्य छ ।

स्थानीय उत्पादन खुवाउन कृषि र पशुपालनमा बामरुकवासीलाई आबद्ध गराएर स्वरोजगार बनाउने लक्ष्य छ । उत्पादनमा उर्बरभूमी छ । वैदेशिक रोजगारमा रहेका केही युवाले कृषि व्यावसाय गर्न शुरु गरेका छन् । ७० लिटर दूध गाडीबाट सन्धिखर्क जान्छ । पुरै गाउंलाई कृषिमय बनाउने हो । बामरुकको उत्पादन खरिद गर्न बाहिरबाट आउने बनाउने हो । प्रदेश सरकारबाट स्मार्ट कृषि योजना परेको छ । ८० कृषक लाभान्वित भएका छन । सबैले बाख्रापालन व्यावसाय गरेका छन । मालारानी र प्रगतिशिल बाख्रापालन समुहमा कृषक आवद्ध भएका छन । द्धारेमा नृसिंह दूग्ध तथा तरकारी फार्म सञ्चालन भएको छ । १६ वटा पशुपालन भएको छ । उत्पादनलाई विषादीमुक्त बनाइन्छ । टनका टन तरकारी उत्पादन गर्ने र गाडीबाट बाहिर पठाउने योजना अनुसार काम भएको छ । बाख्रापालेर खसीबोका उत्पादन गरी बाहिर पठाउने र कृषकलाई स्वरोजगार गाउंमै बनाउने लक्ष्य रहेको भुसालले बताए ।

SHARE