मालारानीमा अब हिउँद/वर्षा सरर गाडी चल्छन : अध्यक्ष आचार्य

64
अध्यक्ष बालकृष्ण आचार्य ।

दुई ठूला सालझण्डी–सन्धिखर्क–ढोरपाटन र पोखरा–सुर्खेत सडकले जोडिएको अर्घाखाँची मालारानी गाउंपालिकामा साना ठूला गरी एक सय भन्दा बढी सड्क छन् । टोलस्तरसम्म मोटर पुग्छन् । वडा र गाउंको मुख्य बाटोमा बस, जिप। टयांक्टर र ट्रक जान्छन् । टोलस्तरका साना बाटोमा ट्याक्सी पुग्छन् ।

मालारानी गाउंपालिका अध्यक्ष बालकृष्ण आचार्यले मालारानीका सबै मुख्य र सहायक सडकमा हिउंद वर्षा बाह्रै महिना सरर गाडी चल्ने बताए । वर्षाको बाढी पहिरोले कतै बाटो अवरुद्ध भएमा तत्काल पहिरो हटाएर नियमित गाडी सुचारु गरिने उनले बताए । सबै वडामा पुगेका सडक र मुख्य सडकको स्तरोन्नती गर्ने, नाली काट्ने, कजवे बनाउने काम भैरहेको उनले बताए । वर्षामा पानी परेकाले कच्ची सडक चिप्लो त हुन्छ । तर, बाटो बिग्रेका कारण गाडी रोकिने हुंदैन ।
सरकारी बजेट, चन्दा र अन्य आम्दानीबाट वडाको टोलैपिच्छे सडक निर्मँण भएका छन । केही विरामी भए एम्बुलेन्स र ट्याक्सी पुग्छन् ।

मुख्य सडक अहिले पनि नियमित गाडी चल्छन, टोलस्तरका सडकमा वर्षाको बाढी पहिरो र भेलले बिग्रने खाल्डाखुल्डी पर्ने भएकाले अलि समस्या देखिएपनि तत्काल डोजर लगाएर बाटो सुचारु गरिने आचार्यको भनाई छ । ग्रेड नमिलेका सडकलाई ग्रेड मिलाउने, सडक तलबाट वाल उठाउने र पहिरो रोकथामको लागि विरुवा रोप्ने, सडक माथिबाट पहिरो सस्न नदिने पनि बोट विरुवा लगाइनेछ । मालारानीका सडकमा हिलो र धुलो मुक्त बनाउने प्रयास रहेको छ । नयां सडक निर्मँण गर्न खासै आवश्यक छैन । सबै टोलमा बाटा पुगेका छन । केही नपुगेका गाउंमा नयां बाटो खोलिनेछ । भैरहेका सडकको स्तरोन्नती गर्ने, नाली काट्ने, वाल उठाउने, होमपाइप राख्ने लगायतका काममा मालारानी गाउंपालिकाको बजेट खर्च भैरहेको पालिका उपाध्यक्ष प्रमिला क्षत्रीले बताइन ।

यो आर्थिक वर्ष सडक मर्मत सुधार गर्न ९ वटा वडामा ५÷५ लाख रुपैयांका दरले बजेट दिएको छ । आगामी वर्षपनि सडकको स्तरोन्नती गर्नकै लागि बजेट विनियोजन हुने उनले बताइन । सन्धिखर्कबाट मालारानीका ९ वटै वडामा बाह्रै महिना गाडी चल्ने बनाउने पालिकाको योजना छ । दुई ठूला मुख्य सडक ढोरपाटनले मालारानीको बांगी हंसपुरको रतनमारो लौरी, मेहेलपानी हुंदै गुल्मीको फुर्केटदह जान्छ भने पोखरा–सुर्खेत सडकले खनदह, हंसपुरको रतनमारे, ठाढुंगा, गोखुंगा हुंदै प्युठान जान्छ ।

रतनमारो दुई ठुलो सडकको जोडिन्छन् । रतनमारे चारैतिरको चोक भएकाले यहांबाट दुई ठूला सडक सुखेत पोखरा र अर्काे सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडक छन । यी बाटा पिच भएर सुचारु भएपछि यस क्षेत्रमा विकासले कायापलट नै हुनेछ । पर्यटन र आर्थिक सम्बृद्धिमा ठूलो टेवा दिन्छ । धेरै पर्यटक भित्रिनेछन् । यहां हावापानी राम्रो छ । डांडाकांडा घुम्न लायक नै हुने मालारानी–६ का वडाध्यक्ष नारायणप्रसाद अर्यालले बताए । नियमित गाडी चलेपछि गाउंका् उत्पादन सहजै सदरमुकाममा आउने गरेको छ ।

SHARE