संविधानले सबैलाई समेटेको छ : घिमिरे

24

मनिष अधिकारी

खिदिम असोज ३,

प्रदेशसभा सदस्य रामजि प्रसाद घिमिरे प्रतिगामी शक्तिमाथी भ्रममा नपर्न जनता लाई आग्रह गर्नु भएको छ,ग्यानेन्द्र साही तथा रबि लामिछाने लागायत का केही ब्यक्ति हरुले जनतामा भ्रम को खेती गरेको ले यस्तो नगर्न आग्रह गर्नुभएको छ। लोकतान्त्रिक संविधान जारी भएको दिनमा आयोजित पाणिनी गाउँपालिका को वडास्तरीय भलिबल प्रतियोगिता को प्रमुख अतितीको रूपमा बोल्दै घिमिरे ले केही संविधान बिरोध शक्तिहरु जुरमुराउन खोजेको भन्दै ७० बर्ष पुरानो सासन ब्यबस्था हटिसकेको ले जनताको को संविधान उत्कृष्ट भएको कुरामा जोड दिनु भएको थियो ।

पाणिनी गाउँपालिका अध्यक्ष अच्युत गौतम को अध्यक्षता मा संचालित भलिबल प्रतियोगिता को औपचारिक कार्यक्रम मा प्रमुक जिल्ला अधिकारी बिजयराज पौडेल,पाणिनी गाउँपालिका उपाध्यक्ष लक्ष्मी गौतम,गाउँपालिका प्रमुख प्रसासकिय अधिकृत जनकराज पन्थी लगायतले बोल्नु भएको थियो भने प्रमुख अतिती प्रदेशसभा सदस्य रामजि प्रसाद घिमिरे रिबन काटेर कार्यक्रम को उद्घघाटन गर्नु भएको थियोे।

SHARE