कांग्रेस जनताको पाटी : मुस्कान

23

मनिष अधिकारी

नेपाली काङ्ग्रेस पाणिनी गाउँपालिका अर्घाखाँचीले बडादशै सुभदिपावलि तथा छ्ठ पर्वको अबसरमा सुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ ।

 
पाणिनी गाउँपालिका नेपाली काङ्ग्रेस संयोजक बिष्णु प्रसाद अर्यालको अध्यक्षतामा कार्यक्रम सम्पन्न कार्यक्रममा प्रमुख अतिथिको रूपमा बोल्दै नेपाली काङ्ग्रेस पार्टी सभापति बिष्णु खनाल मुस्कान ले सबै कार्यकर्तालाई सक्रियपुर्बक पार्टीको गतिविधिमा लाग्न आग्रह गर्दै नयाशिराबाट पार्टी सङगठ्न तयार गर्न लागिएको बताउनु भएको थियो । कार्यक्रममा बोल्दै मुस्कानले ने क पा मा बलात्कार भ्रष्टाचार अधिनायकवाद बढेकोले अब नेपाली काङ्ग्रेस नै जनताको पार्टी भएको बताउनुभयो । कार्यक्रममा पार्टी उपसभापति शान्ता भण्डारीले नेपाली महिलाको सम्मान गर्ने एक मात्रै पार्टी काङ्ग्रेसले सदैब महिलाको अधिकार र महिलाको सम्मानका लागी आफू र आफ्नो पार्टी सदैब लागीपर्ने बताउनुभयो ।

पाणिनी गाउँपालिका अध्यक्ष अच्युत गौतमले ने क पा का केही नेताले आफूनै समितिको सदस्य भएपनि काङ्ग्रेस र पालिका अध्यक्षलाई बदनाम गराउन र हरिहर बिधालयलाई तहसनहस पार्न हरिहर को जग्गा ब्यवस्थापनबारे भ्रमपुर्ण टिप्पणी र प्रचार गरेकोले यशमा कुनै सत्यता नभएको कुरामा जोड दिदै भ्रस्टाचार बिना कुनैपनि कार्य सम्पन्न हुन नदिने केही दलाली घुस्याहा ब्यक्तिले पालिका अध्यक्ष र सिङ्गो काङ्ग्रेस माथी नै दुसप्रचार गरेकोले उनीहरु आफैपतन भएर जाने बताउनु भयो । हजारौं कार्यकर्ता माझ सम्पन्न कार्यक्रममा काङ्ग्रेस नेता यादव घिमिरे,ट्रेड युनियन काङ्ग्रेस पाणिनी अध्यक्ष हरिप्रसाद घिमिरे जिल्ला उपाध्यक्ष अचुत पन्थी लगायत ले सुभकामना दिनु भएको थियो ।

SHARE