रैथाने प्रजाति संरक्षणमा सहयोगी बिसी

24

 

लगानी र श्रम खन्याएपछि सबैलाई छिटो हात पार्न उत्साहित पार्नुपर्ने जवाना छ । कृषिका जुनसुकै उद्यम गर्न खोज्नुस्, सुझाव पाइन्छ– विकासे र उन्नत जात रोज्नुस । छोटो अवधिमै लगानी उठोस । तरकारी, अन्नबाली, मसलाबाली होस् वा पशुपंछीपालन ।


तर, सन्धिखर्कका चार जनाको परिवारको विचार अलि फरक छ । रैथाने प्रजाति लोप भएको चिन्ताले उनीहरु लोकल कुखुरा जोगाउन लागेका छन् । कुखुरा मासु, अण्डा खान र धार्मिक संस्कारको प्रयोजनको लागि माग हुन्छ । सन्धिखर्कका सहयोगी बिसी उनकी श्रीमती मिना, छोरा हेनरी र ८२ वर्षीय उनका पिता डुकबहादुरका रैथाने प्रजातिका कुखुरा संरक्षणमा लागेका छन् ।
विकासे होइन, लोकल नै रोज्नुपर्छ, फरक तरिकाले पालेपछि रैथाने नै काफी छ, सहयोगीले भने । सन्धिखर्क आ“टिकापाटमा ३० रोपनी मध्ये १५ रोपनीमा कुखुराको आहारको लागि खेतमा मकै, गहु“ लगायत खेती गर्छन् । बा“कीमा कागती भुइकटर र तरकारी खेती गर्छन । १० रोपनी जग्गा भाडामा लिएका छन् । डुकबहादुरले बोइलर कुखुरा वृद्ध भएपछि देखे । छोरा, बुहारी र नातीले लोकल कुखुरा संरक्षण गर्न लागेकोमा खुसी लागेको उनले बताए । लोकल जस्तो स्वादमा अरु हु“दैन, उनले भने । युवा रोजगारी खोज्दै विदेश जान भन्दा स्वदेशमै व्यावसाय गर्नुपर्छ भनेरै परिवार सल्लाह गरेर यता लागेको हेनरीले बताए । भूमी बहुउद्देश्यीय कृषि तथा पशु फार्म खोलेका छन् ।


सहयोगी र मिना एकै दिन शिक्षण पेशामा लागे । २० वर्ष अवधि पुगेपछि दम्पतीले एकै दिन अवकास लिए । वावुले फार्म रेखदेख, छोरा र श्रीमतीले व्यवस्थापना सघाउ“छन्, सहयोगीले भने । व्यावसायका लागि मात्रै नभएर लोप हु“दै गएको रैथाने पंछी संरक्षण गरेको उनले बताए । ३ जनाले रोजगारी पाएका छन् ।
‘बोइलर टोलैपिच्छे पाइन्छन्,’ उनले भने, ‘लोकल कुखुरा विस्थापित भैसके । गाउ“भरी माउ र चल्ला बटुलेर ल्याई पालेको हु“ ।’ लोकलबाट फाइदा हुन्न भनेर कसैले व्यावसायीक रुपमा पालेको देखि“न । राम्ररी पालेपनि घाटा हुने कुरै छैन, उनले भने । लोकल स्वाद जिब्रोमा बसेकाले यही खोज्छन् । आधा किलोको मासु भए चार÷पा“च जना परिवार पुग्ने, स्वादिलो र मिठो हुन्छ । सुत्केरी महिलालाई यस्को झोल खुवाउन गाउ“ चाहर्दा पनि भेट्टाउन मुस्किल थियो । झोल रसिलो हुन्छ, धेरैले मन मराउ“छन्, उनी भन्छन् । कुखुराका भालेपथी छन् । पोथीले अण्डा पारेपछि चल्ला कोरलेर सन्तानवृद्धि गर्छन् । हाडतानाको सम्बन्ध हुन दिदैनन् ।


अहिलेसम्म फार्म खोलेर व्यावसायीक रुपमा कसैले लोकल कुखुरा पालेका छैनन् । लोकलमा कुनै औषधि नखुवाएको, स्वास्थ्यलाई फाइदै फाइदा, जाडोमा चिसोबाट बच्ने भएकाले माग धेरै छ । यो तिजमा एक लाख रुपैया“को कुखुरा बेचेको उनले बताए । ‘गाडीमा दाङ पठाइदिए“,्,’ उनले भने ‘माग थेगिसक्नु छैन । अब बाहिर जिल्लामा समेत पठाउ“छु ।’ छिटो नाफाको कुरा मात्रै होइन । प्रत्येक व्यक्ति एउटा उद्यमीमा जोडिनुपर्छ भन्ने उद्देश्यले पालिएको हो । दाना स्थानीय हुन्छ । रोग लाग्दैन । बोइलर ४५ दिनमै तयार हुन्छ । लोकल एक सय असी दिनको समय लागेपनि आखिर मुल्य त्यही अनुसारको पाइन्छ, उनले भने ।
जवानी उमेर उनले शिक्षण र पत्रकारितामै बिताए । केही वर्ष सामाजिक काममा समय खर्चे । सञ्चारकर्ममा काम गर्दा गाउ“ डुले । टोलैपिच्छे बोइलर कुखुराका फार्म देखे । तर, लोकल घरमा दुई÷चार वटा मात्रै पाल्ने चलन छ । बोइलरबाट छिटो फाइदा हुने भएपनि खा“दा स्वास्थ्यलाई राम्रो नगर्ने सुनिन्छ । जताततै बोइलर मात्रै छन् । सन्तुलित आहार र लाग्न सक्ने रोगव्याधीमा ध्यान दिएर पालेपछि हाम्रा रैथाने कुखुरा पनि बोइलर भन्दा कमका छैनन, उनले भने । लोप हु“दै गएको रैथाने लोकल कुखुरास“ग दिनभर आहारा खुवाउ“दा दिन बितेको थाहै हु“दैन, उनले भने ।

परीक्षणकालमै सफलता हात परेपछि उनी उत्साहित छन् । बोइलर कुखुरा पाल्नेको ठुलै जमात छ । छिटफुट रुपमा गाउ“घरतिर पालेपनि फार्म नै खोलेर पाल्ने उनी एक्लै हुन । विकासे जात मात्रै फाइदा हुन्छ भन्ने होइन । विस्थापित हु“दै गएको रैथाने जात संरक्षण गर्नु र यिनैबाट पनि मनग्य आम्दानी गर्न सकिन्छ भन्ने सुझाव फार्म हेर्न आएकालाई उनी दिन्छन् । बोइलर जस्तै ४५ दिनमै बेच्नुपर्छ भन्ने हु“दैन । धेरै समय रहेपनि नाफै हुने उनले बताए । हिजोआज रैथाने बाली पशुपंछी संरक्षण गर्नुपर्छ भन्ने कोही छैन । विकासे र उन्नत जाततिरै आकर्षित गरेर रैथाने विस्तापित भैसकेका छन् । धान, मकै, गहु“ लगायत अन्न बाली र सीमि, बोडी लगायत तरकारी सबै उन्नत जातका खेती हुन्छन् । रैथाने खानाको जस्तो स्वादिलो र मिठो उन्नतको छैन । कुखुरा पनि बोइलर, गिरीराज लगायत विकासे जाततिर सबै लागेकाले रैथाने लोकल कुखुराको संरक्षण गर्न लागेको उनी बताउ“छन् । स्वाद र धार्मिक संस्कार प्रयोजनको लागि पनि लोकल कुखुराको माग धेरै छ । विकासेको सबै खरर नाम भन्छन् । रैथाने कुखुराको जात धेरै छन्, यो अध्ययनको विषय बन्न सक्छ, उनले भने ।

२०७६ कार्तिक ३ गते  प्रकाशित

SHARE