गंगामा सरसफाई सम्मेलन

30
सम्मेलनलाई सम्बोधन गर्दै सन्धिखर्क नगर उपप्रमुख ठाकुर कुमार विक

घर, टोल बस्ती र विद्यालय सरसफाई सफा राखेपछि मान्छे स्वस्थ्य बन्छ । सरसफाइमा ध्यान दिएपछि रोग लाग्नबाट बचिन्छ । दैनिक खानेकुरा फोहोरबाट जोगाउने, ताजा र सफा खाना खानुपर्नेमा ध्यान दिनुपर्ने सरसफाई अभियान्ताले जोड दिएका छन् । मेरो विद्यालय सहयोग कार्यक्रम अन्तरगत सन्धिखर्क नगरपालिका–२ चुत्रावेशी स्थित गंगा आधारभूत विद्यालयको सेवा क्षेत्र भित्रको सरसफाई सम्मेलनमा सन्धिखर्क नगर उपप्रमुख ठाकुर कुमार विकले विद्यार्थीलाई सरसफाई सम्बन्धी शिक्षा सिकाउनुपर्ने बताए ।

प्रकाश सचेतन समुहका कार्यकारी निर्देशक प्रेमनारायण गैरे

विद्यार्थीले सिकेको शिक्षा घरमा अभिभावक र समाजमा लागु गर्छन, भन्छन्, यसले सकारात्म सन्देश दिन सक्ने बताए । विद्यार्थी भविष्यका कर्णधार हुन, कक्षाकोठामै सिकाइयो भने भोली देशको उच्च तहमा पुग्दा विद्यार्थीमा सिकेका कुरा देश र समाज निर्माणको लागि महत्वपूर्ण योगदान हुने बताए ।
विद्यालय व्यवस्थापन समिति, अभिभावक, शिक्षक÷शिक्षिका र विद्यार्थीले स्कुल क्षेत्रमा सरसफाई नमूना बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको थियो । सबैले आफ्नो ठाउ“मा भूमिका निर्वाह गरेमा कतै पनि दुर्गन्धित नहुने उनको तर्क छ । विद्यालय नजिकै जंगफुट बिक्री गर्न प्रतिबन्ध लगाइने उनले बताए ।


सरसफाई सम्बन्धी कार्यक्रम सञ्चालन गरिरहेको प्रकाश सचेतन समुहका निर्देशक प्रेमनारायण गैरेले सरसफाई गुरु योजना अन्तरगत कार्यक्रम सञ्चालिन भैरहेको र मुलुकभर अर्घाखा“ची सरसफाइमा नमूना जिल्ला बन्दै गरेको बताए । विद्यालयमा चर्पी हुनुपर्छ । त्यो सफा चाहिन्छ । स्कुल प्राङगण भित्र सफा सुग्गर, कतै कागज, प्लाष्टिक हुनु हु“दैन । विद्यार्थीले लगाउने ड्रेस सफा हुनुपर्छ । हातको नंग काटेको हुनुपर्छ । खानेपानीको धारा चाहिन्छ । शौचालय बालमैत्री हुनुपर्ने उनले बताए । दुषित पानी मुक्त विद्यालय घोषण गर्न सरकारले ध्यान दिनुपर्छ । विद्यालय र विद्यार्थीले गरेको काम अभिभावककहा“ पुग्नुपर्ने र समाज सुन्दर बन्ने उनले बताए ।

गंगाआधारभूत विद्यालय सरसफाइमा नमूना छ । सम्मेलनमा सन्धिखर्क नगरपालिका– २ का वडाध्यक्ष मोतीजंग रायमाझी, सञ्चारकर्मी सहयोगी बिसी, रामचन्द्र पोखरेल, हुमप्रसाद बञ्जाडे, सुष्मा श्रेष्ठ, मिना साउद, बाल क्लवकी अध्यक्ष सरिता खनाल लगायतले सरसफाइमा नमूना बनेकोमा विद्यालयलाई धन्यावाद दिए । सम्मेलनमा विद्यार्थी, सरसफाई अभियान्ता, अभिभावक र सरोकार उपस्थित थिए । भक्तिप्रसाद श्रेष्ठको अध्यक्षता, शिक्षिका राधा आचार्यको सञ्चालन र विद्यालयका प्रध्यानाध्यापक प्रदिप भण्डारीको स्वागतमा कार्यक्रम सम्पन्न भएको हो । विद्यालयलाई आगमी दिनमा पनि सरसफाइमा नमूना नै बनाइराख्ने प्रअ भण्डारीले बताए ।

 

SHARE