लोकदोहोरी गीत “ अभाव” को निकै चर्चा

106

कमला घिमिरे
सन्धिखर्क – योग्सना डिजिटल म्युजिक प्रा.लि बाट प्रस्तुतीमा बजारमा आएको लोकदोहोरी गीत “ अभाव” ले निकै चर्चा बटुल्न सफल भएको छ । नेपाली लोक सांगितीक बजारमा दिन प्रतिदिन नयाँ लोकगितहरु बजारमा आउने गर्छन त्यसै गीतहरु मध्ये कतिले राम्रै चर्चा पाउछन् त कति भने यसैै हराएर जाने गर्छन ।

त्यस्तै अहिले पछिल्लो समय लोक दोहोरी गित अभावले पनि निकै चर्चा कमाएको छ अभाव गितले ५० लाख (आधा करोड) भन्दा बढी दर्शक कमाइसकेको छ । नेपाली लोक तथा दोहोरी क्षेत्रमा सर्वोकृष्ट मौलिक लोक गित सङगितलाई बजारमा ल्याइरहेको योग्सना डिजिटल म्युजिक प्रा.लि. ले आफ्नै अफिसियल युटुब च्यानलबाट “ अभाव” बोलको लोकगित सार्वजनिक गरेको थियो । अविरल बोहरा र मोहन विकको प्रस्तुतिमा रहेको उक्त गितमा चर्चित गायिका विष्णु माझी र गणेश अधिकारीको आवाज रहेको छ । स्वरका धनी गणेश अधिकारी गायक मात्र हैनन् एक होनाहार सर्जक पनि हुन् । उनका बजारमा आउने हरेक गीतहरुले सफलताको शिखर चुम्दै गएका छन ।

उक्त अभाव बोलको गितमा गणेश अधिकारीको शब्द तथा लय सिर्जना रहेको छ भने विनोद बाजुरालीको एरेन्ज र खड्ग बाजुरालीको मिक्सिङ रहेको छ । सुरेश श्रेष्ठको छायाँकन , सुजन शाहीको सम्पादन अनि स्मिृती तिमिल्सिना (गुरुआमा) को निर्देशनमा रहेको भिडियोमा सारिका केसी , आशिर प्रताप जंग र अविरल बोहराको अभिनय देख्न सकिन्छ । छोटो समयमा नै ५० लाख (आधा करोड) भन्दा बढी दर्शक बनाउन सफल भएकोमा “ अभाव” गितको टिमले शुक्रबार केक काटेर खुशी साटासाट गरेको योग्सना डिजिटल म्युजिक प्रा.लि.को प्रबन्ध निर्देशक अविरल बोहराले जानकारी दिनुभयो ।

SHARE