नरपानीमा कार दुर्घटना ३ को मृत्यु

16

अर्घाखा“ची– रुपन्देहीबाट सन्धिखर्कतर्फ आउदै गरेको कार सन्धिखर्क नगरपालिका–७ नरपानीको दहखोलामा दुर्घटना हु“दा घटनास्थलमै तीन जनाको ज्यान गएको छ । चालक र एक यात्रु घाइते छन् ।
बा १७ च ६९१७ नम्बरको रातो प्लेटको कार सडकबाट एक सय मिटर तल खस्दा दुई जना पुरुष र एक जना महिलाको मृत्यु भएको र सनाखत हुन बा“की रहेको प्रहरी नायव उपरीक्षक प्रकाश विष्टले बताए । घाइतेलाई बुटवल पठाइएको छ । कार सडकको छेउबाट गुडेको र ब्रेक लगाउ“दा खसेको हुन सक्ने उनले बताए ।

SHARE