अर्घाखाँचीमा भारतको विरोध

113

अर्घाखाँची– नेपालको भूमीलाई भारतले आफनो नक्सामा समावेश गरेकोप्रति चौतर्फी विरोध भएको छ । सन्धिखर्कमा सत्तापक्ष र प्रतिपक्ष विद्यार्थी संगठनले एउटै व्यानरमा भारतको विरोध गरेका छन् । पाणिनि बहुमुखी क्याम्पसबाट निस्केको विरोध जुलुस सन्धिखर्क परिक्रमा गरि शान्ति बगैचामा आएर कोणसभामा परिणत भएको थियो ।

नेपाल कम्युनिष्ट पाटी (नेकपा) निकट अनेरास्ववियूका कांग्रेस निकट नेपाल विद्यार्थी संघ र राष्ट्रिय जनमोर्चाको अनेरास्ववियू (छैठांंै) ले विरोध प्रदशन गरे । ‘गो ब्याक इन्डिया’ , कालापानी–लिपुलेक–लिम्पुयाधुरा हाम्रो भूमी हो । हाम्रो भूमी माथिको हस्तक्षेप हामीलाई स्वीकार्य छैन, भारतीय विस्तारवाद मुर्दावाद भन्दै चर्काे नारा लगाएका थिए । क्याम्पस, स्कुलमा पढने विद्यार्थीको जुलुसमा पूर्वविद्यार्थी, नागरिक समाज र बजारबासी सहभागी भएका थिए ।

अनेरास्ववियूका अध्यक्ष प्रदिप नेपाली, नेविसंघका सभापति भरतमणि भट्टराई, पाणिनि बहुमुखी क्याम्पस सभापति लक्ष्मण खडका लगायतका विद्यार्थी नेताको नेतृत्वमा भारतले आफनो नक्सामा कालापानी र लिपुलेक क्षेत्रलाई पुनः समावेश गरेकोमा सन्धिखर्कमा विरोध प्रदशन गरेका छन् ।


भारतले नेपाली भूमि फिर्ता गर्नुपर्ने र नेपाल सरकारले कुटनीतिक पहलमा भारतले बनाएको नक्सालाई रद्द गर्न विद्यार्थी नेताले जोडदार माग गरेका छन् ।

 

SHARE