मालारानी–३ मा तीन खनालको उम्मेदवारी

524

मंसिर ४ गते हुने उपनिर्वाचनमा मालारानी गाउंपालिका वाड नं. ३ मा तीन जनाको उम्मेदवारी दर्ता भएको छ । नेपाल कम्युनिष्ट पाटी (नेकपा) बाट यमलाल खनाल, कांग्रेसबाट शोभाखर खनाल र राप्रपाबाट रणबहादुर खनालले मनोनयन दर्ता गरेका छन् । मनोनयन दर्ता गर्न गाउ“बाट झण्डा र चुनाव चिन्ह सहित जुलुस गर्दै मुख्य निर्वाचनको कार्यालय खनदहमा पुगेका थिए ।

 
कांग्रेस र नेकपाको जुलुसमा ठुलो संख्यामा नेता तथा कार्यकर्ताको बाक्लो उपस्थिति थियो । आफना उम्मेदवारलाई मुख्य निर्वाचन अधिकृतको कार्यालय खनदहमा पाटीका शीर्ष नेताहरु सहभागी थिए । नेकपाको तर्फबाट स्थायी कमिटी सदस्य टोपबहादुर रायमाझी, जिल्ला इन्चार्ज नजिर मिया, अध्यक्ष एवं प्रदेश सांसद चेतनारायण आचार्य, प्रदेश सांसद रामजीप्रसाद घिमिरे लगायतका नेता उपस्थित थिए ।

 

कांग्रेसबाट प्रतिनिधिसभा सदस्य एवं कांग्रेस केन्द्रिय सदस्य मानबहादुर विश्वकर्मा, कांग्रेस ससदीय दल सचेतक एवं पुष्पा भुसाल, जिल्ला सभापति विष्णु प्रसाद खनाल (मुस्कान) लगायतका नेता सहभागी भए ।


कांग्रेसले चुनाव जित्न मालारानी गाउंपालिकामा भएको भ्रष्टाचारको मुख्य नारा बनाएको छ भने नेकपाले विकासको गरेको नारा अघि सारेका छन् ।
स्थानीय तहको चुनावमा निर्वाचित वडाध्यक्ष जीवन चौहानको दुर्घटनामा परि निधन भएपछि अध्यक्ष पद खाली थियो ।

SHARE