किशोरकिशोरी मैत्री अभिमुखिकरण

48

मनिष अधिकारी सन्धिखर्क /मंसिर ६

अर्घाखाँचीको सन्धिखर्कमा जिल्लाभरका किशोरीमैत्रीपुर्ण सस्थाका स्वास्थ्यकर्मी तथा जनप्रतिनिधि लाई २दिने अभिमुखिकरण शुक्रबार देखि सुरु भएको छ। स्वास्थ्यकार्यलय अर्घाखाँची कि प्रमुख पुस्पा थापा को अध्यक्षता मा सुरु भएको कार्यक्रममा आड्रा नेपालका बिनोद खनाल र राजिप यादव ले गरिरहनु भएको छ। जिल्लाका स्वास्थ्यसस्था मा किशोरीको पहुच बाढाई उनीहरुको समस्या सहजै समाधान गर्न र सस्था सूचीकरण गर्न सहज होस् भन्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको जिल्ला सम्योजक तृप्ती ढकालले बताउनु भयो।

हाल जिल्लाभर का १८ सस्था मा किशोर किशोरी मैत्रीपुर्ण कार्यक्रम लागू भएकोमा ४ वटा स्वस्थ्य सस्था मात्रै सुचिकृत भएका छ्न। स्वास्थ्य कार्यालय अर्घाखाँचीकाब बिजय बि क ले संचालन गर्नु भएको कार्यक्रम २ दिन सम्म सन्चालन हुनेछ कार्यक्रम मा ४० जना स्वस्थ्यकर्मी तथा जनप्रतिनिधि हरुको सह भागिता रहेकोे छ।

SHARE