मालारानीको चुनाव शान्तिपुर्ण हुन्छ : प्रजिअ पौडेल

42

यही मंसिर १४ गते हुने अर्घाखाँची मालारानी गाउँपालिका–३ को वडाध्यक्षको निर्वाचन हुंदैन । ढुक्कसंग आफुले मन पराएको उम्मेदवारलाई भोट हाल्न पाउने व्यवस्थाको लागि शान्ति सुरक्षा मजबुद पारिएको प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलले बताए ।

 
रिपोर्टस क्वलले सन्धिखर्कमा गरेको साक्षात्कार कार्यक्रममा बोल्दै उनले विगतमा जस्तो लामो मतपत्र नहुने भएकाले मतपत्र सजिलो भएको र सबै मतदाताले निर्धक्कका साथ मतदान गर्ने व्यवस्था मिलाइएको बताए ।

शान्ति सुरक्षा मजबुद छ, विगतमा जस्तो मतदातालाई त्रसित पार्ने, भोट हाल्न मतदान केन्द्रमा जाने बेलामा गौडा ढुकेर रोक्ने र नियम विपरितका कार्य यो चुनावमा हुंदैन, उनले भने ।


सबै गौडा, चोकमा सुरक्षाकर्मी राखिएको छ । कसैले पनि मतदातालाई त्रसाउन पाउंदैन । १४ गतेको वडाध्यक्षको चुनाव शान्तिपूर्ण रुपमा सम्पन्न हुने पौडेलले बताए ।
निर्वाचन अधिकारी लालप्रसाद भुसालले सबै मतदातालाई मतदाता शिक्षा दिइएको बताए । आफुुले मन पराएको उम्मेदवारको चुनाव चिन्हमा कसरी मतदान गर्ने भन्नेबारे मतदातालाई प्रशिक्षण गरिएको उनले बताए । ४ मतदान अधिकृत र ४ सहायक मतदान अधिकृतलाई तालिम र प्रशिक्षण दिइएको उनले बताए । मतपत्र, मतदाता परिचयपत्र आइसकेको छ ।


स्थानीय तहको चुनावमा तत्कालिन एमालेबाट जितेका वडाध्यक्ष जीवन चौहानको निधन भएपछि खनदहमा उपनिर्वाचन हुन लागेको हो ।

कार्यक्रम रामकुमार क्षेत्रीको अध्यक्षता, वीरेन्द्र केसीको विषयवस्तु प्रवेश र नविन केसीको सञ्चालनमा सम्पन्न भएको थियो ।

SHARE