जनयुद्धको जगमा गणतन्त्र : खड्का

31

फागुन १ गते तत्कालिन माओवादीले जनयुद्ध शुरु गरेको थियो । माओवादीले हरेक वर्ष फागुन १ गते जनयुद्ध दिवस मनाउंदै आएको छ । दुई पाटी तत्कालिन एमाले र एमाओवादी एकीकरणीपछि बनेको नेपाल कम्युनिष्ट पाटी (नेकपा) पनि आज देशभर जनयुद्ध दिवस बनाए ।

अर्घाखांचीमा पनि सन्धिखर्क अस्पतालका विरामीलाई फलफुल र जुस वितरण गरेर जनयुद्ध दिवस मनाइयो । कार्यक्रममा नेकपा नेता एवं राष्ट्रिसभा सदस्य चन्द्रबहादुर खड्काले जनयुद्धको जगमा गणतन्त्र आएको बताए । मुलुकमा राजनीति क्रान्ति सकिएकाले अब आर्थिक क्रान्तिबाट सम्बृद्ध देश बनाउने बाटोमा सरकार र पाटी हिडेको उनले बताए ।

कार्यक्रममा प्रदेश सांसद एवं नेकपा जिल्ला अध्यक्ष चेतनारायण आचार्य, सांसद रामजीप्रसाद घिमिरे, नेता रामबहादुर चौहान लगायतका नेताहरुको उपस्थिति थियो ।

SHARE