झिर्रा गाउँ जोगाउन युवा जाग्राम

415

२०७६ चैत १९ गते  प्रकाशित

सचिन बोहोरा
अर्घाखाँची– २ सय ८० घरदुरी रहेको झिर्रा गाउ हरियाली र सुन्दर छ । त्यहा“ छिर्ने तीन वटा नाका छन् । अरुबेला आवतजावत बाक्लै हुन्छ । तर, कोरोना संक्रमणका कारण अहिले कोही आउजाउ गर्न पाउ“दैनन् । शीतगंगा नगरपालिका–२ झिर्रा गाउ“ छिर्ने मान्छेलाई रोक्न तीन वटै नाकामा रातभर गाउ“का युवा जाग्राम बसेर चौकीदारी गर्छन् ।
कोरोना भाइरस गाउ“मा नछिरोस भनेर २० जना युवा पालैपालो ५ दिनदेखि नाकामा चौकीदारी गरेका छौं, छिर्राका युवा राजु अधिकारीले भने । गाउ“ जाने मोटरबोटोमा ठूला रुख ढालेर अवरोध गरेका छन् । त्यो रुख पार गरेर जान मुस्किल छ । ‘अरु गाउ“का पनि झिर्रामा आउने जाने गरे, लकडाउनको पालना भएन, त्यसैले बाटोमै चौकीदारी बस्नुपरेको हो,’ उनले भने, ‘चौकीदारी गर्दा पनि धेरै मान्छे गाउ“ जान आए, हामीले फिर्ता पठाइदिएका छौं । गाउ“का पनि कोही बाहिर जान पाउ“दैनन् ।’ कोही कोरोना संक्रमति मान्छे गाउ“मा आयो भने त सिंगो गाउ“ बर्बाद हुन्छ, त्यसैले पहिल्यै सतर्कता अपनाउन यस्तो गरिएको उनले बताए । बाटोमा हामी बसेपछि कोही जंगलबाट छिर्छ कि भनेर निगरानी पनि राखेको उनले बताए ।
सिकिस्त विरामी बाहेक भेटघाटको लागि सबैलाई बाहिर जान प्रतिबन्ध नै छ । टीम बनाएरै बसेका छौं, गाउ“का सबै युवा परिचालन भएर गाउ“मा रोग भित्रिन नदिन झिर्राबाट स्वदेश तथा विदेशमा रोजगारी, विभिन्न पेशा, व्यावसाय गर्ने सिधै घर जान दि“दैनौं, अर्काे युवा विष्णु क्षत्रीले भने । गाउ“बाट बाहिर बस्ने, भारत र तेस्रो मुलकबाट घरमा आउने जो कोहीलाई पनि पहिला १४ दिन क्वारेन्टाइनमा बसेपछि बल्ल गाउ“मा पस्न दिने उनले बताए । भिर्रा गाउ“मा आउनेलाई कोरोना बारेमा भनेर सम्झाएर फिर्ता पठाएको उनले बताए । रातीमा बाटोमा आगो बोल्ने, गित गाउने, बजाउने, सुन्ने गरेर चौकीदारी पुरा गर्ने उनले बताए । चौकीदारी गर्ने युवा दुरी कायम गरेर टाढै बस्छन् । बाटो नै छेकेपछि आउजाउ गर्न कोही पाएका छैनन् ।
युवाको समुहले गाउ“मा एक घरबाट अर्काे घरमा गएर भेटघाट गर्ने, बस्ने, गफ गर्न पनि पूर्ण रुपमा प्रतिबन्ध लगाएको अर्कँे युवा अनिल अधिकारीले बताए । सरकारले सचेतना मुलक सुचना प्रवाह गरेको छ । शीतगंगा नगरपालिकाले पनि घरमै बस्न भनेको उनले बताए । गाउ“मा इन्टरनेट सुविधा छ । सबैलाई रेडियो सुन्न भनेका छौं । कोरोना सम्बन्धी ज्ञानमुलक कुरा, कुन देशमा कहा“ के भैरहेको छ भन्ने कुरा युवाले गाउ“मा सन्देश प्रवाह गरेका छन् । पढेलेखेका युवाले कोरोनाबाट जोगिने तरिका, खानपिन र सतर्कतामा ध्यान दिन सुझाउ“छन् । सबैका घरमा साबुनपानीले हात धुन अनिवार्य गरिएको छ, उनले भने ।

 

SHARE