नेताको होम क्वारेन्टाइन

44

२०७६ चैत २२ गते  प्रकाशित
अर्घाखाची– उद्घाटन, शिलन्यास लगायत विभिन्न कार्यक्रममा व्यस्त रहने सांसद तथा दलका नेता घरमै पुस्तक पढ्ने, श्रीमतीलाई खाना पकाउन, भा“डा माझ्न सघाउने देखि गाउ“मा सर्वसाधारणलाई फोन, फेसबुक म्यारेज र स्टाट्सबाट कोरोना विरुद्धको सचेतना फैलाउने काममा छन् । सर्वसाधारण हि“डडुल, भेटघाट गरेपनि नेताहरु घरको गेटबाट बाहिर निस्केका छैनन् । पूर्वउपप्रधानमन्त्री एवं प्रतिनिधिसभा सदस्य टोपबहादुर रायमाझी धेरै जिल्ला दौड्ने नेता हुन । साना देखि ठूलो हरेक कार्यक्रममा उनी प्रमुख अतिथि नै हुन्छन् । तर, उनी अहिले घरको सरसफाई, किताब पढ्ने र काजगपत्र मिलाउनेमा समय बिताएका छन् ।
घर पुरै सरसफाई गरें, चाहिने किताब र कागज राख्ने नचाहिने फ्या“केर व्यवस्थित गरेर राख्ने काम गरे, अहिले कान्तिपुर दैनिकका प्रधानसम्पादक सुधीर शर्माको ‘प्रयोगशाला’ किताब आधा पढिसकें, यो सकेर अब डा. बाबुराम भट्टराइको थेसिसको किताब पढने तयारीमा छु, रायमाझीले भने । केही उपन्यास पनि पढने तयारीमा उनी छन् ।
काठमाडौबाट अर्घाखा“चीको कोरोना सम्बन्धीको गतिनिधि बुझ्ने, परामर्श र सहयोग गर्ने काममा रहेको उनले बताए । आउ““दो बजेटमा जिल्लाका विकास योजना मन्त्रालयमा माग्न कागजपत्र तयार गर्दैछु, उनले भने ।

 
प्रदेश सांसद एवं नेपका जिल्ला अध्यक्ष चेतनारायण आचार्यलाई घरमै लगातार बसाई पट्यार लाग्दो नै भएको छ । गाउ“मा गएको छैन, जिल्ला प्रशासनले बोलाएको बैठकमा जाने, विहान र बेलुका सबै ठाउ“का मान्छेलाई फोन गरेर कोरोना विरुद्धको अभियानका बारेमा बुझ्ने, सल्लाह, सुझाव दिने काम गरेको छु, उनले भने । हि“डिरहेको बानी घरमै बस्दा पट्यार लाग्दो त भएको छ । तर, दिनभर घरपरिवारस“ग बस्ने र राजनीति सम्बन्धी किताब अध्ययन गरिरहेको उनले बताए । सर्वसाधारणलाई फोनबाट निरन्तर सतर्क रहन, घरबाहिर ननिस्कन, सुरक्षित भएर बस्न भनिरहेको छु, उनले भने

 
प्रदेश सांसद एवं नेकपा नेता रामजीप्रसाद घिमिरेले श्रीमतीलाई खाना, नास्ता बनाउने काममा दैनिक सघाएका छन् । घर सरसफाई देखि, लुगा धुने काम पनि गरेका छन् । दिउ“सो इन्दिरा गान्धीको जीवनी, जवाहरलाल नेहरु किताब पढिंसके, अब जगदीशचन्द्र घिमिरेको किताब पढ्ने तयारीमा छु, उनले भने । गाउ“मै कस्तो मनोविज्ञान बनेको छ, अवस्था बुझ्ने, सचेत बनाउने, गाउ“मा फोन सम्पर्क गरेर परामर्श गरिरहेको उनले बताए ।
कांग्रेस सभापति विष्णुप्रसाद खनाल ‘मुस्कान’ दैनिक सन्धिखर्क पाटी कार्यालयमा आउथे । लकडानपछि उनी खन गाउ“मै बसेर फोनबाट सम्पर्क गर्ने, रिपोटिङ गर्ने र सतर्क रहन कार्यकर्ता र सर्वसाधारणलाई भनिरहेको छु, उनले भने । कतै बाहिर निस्केको छैन, घरमै बसेर किताब पढ्ने गरेको उनले बताए ।

 
प्रदेश–५ कँंग्रेस संसदीय दल सचेतक निर्मला क्षेत्रीले निवासमै बसेर कांग्रेसको दस्तावेज र विभिन्न विद्येयक पढिरहेकी छिन् । साथीभाइस“ग फोन, सामाजिक सञ्जालमा कोरोनाको परामर्श गरिरहेकी छु, उनले भने ।
कांग्रेस जिल्ला उपसभापति शान्ता भण्डारीले फेसबुक म्यासेन्जर र फोनबाट कोरोनाबाट आफु पनि बच्न र अरुलाई पनि बचाउनु अनुरोग गर्दै समेत रहन भनिरहेको बताइन ।

 

SHARE