अर्घाखाँचीमा १ सय ५८ कोरोना संक्रमित

97

२०७७ असार ४ गते विहीवार १२ः२१ मा प्रकाशित
जननी संवाददाता
अर्घाखाँची जिल्लामा कोरोना संक्रमितको संख्या १ सय ५८ पुगेको छ । बुधबार थप एक सय जनामा पिसिआर पोजिटिभ देखिएपछि जिल्लामा कोरोना संक्रमतिको संख्या एक सय ५८ पुगेको जनस्वास्थ्य निरीक्षक गणेशराज पौडेलले बताए । संक्रमित भएर होम आइसोलेसनमा बसेका सन्धिखर्क नगरपालिका उपप्रमुख बाहेक अरु सबै भारतबाट आएर स्थानीय तहले निर्माण गरेको क्वारेन्टाइनमा बसेकाको पिसिआर रिपोर्ट पोजिभिट देखिएको उनले बताए ।

बुधवार देखिएका एक सय मध्ये ५२ जना भूमिकास्थान नगरपालिकाका, छत्रदेव गापाका ७ जना, मालारानी गापाका १४ जना शीतगंगा नगरपालिकाका २२ जना र ठेगाना नखुलेका ५ जना रहेको स्वास्थ्य प्रमुख पुष्पाा थापाले बताइन । एक सय ५८ जना संक्रमित मध्ये हालसम्म मालारानी गापाका १८, भूमिकास्थान नगरमा ५९, पाणिनि गापामा ५, छत्रदेवमा १० जना, सन्धिखर्क नगरपालिकामा २९ जना, शीतगंगा नगरपालिकामा ३२ र ठेगाना नखुलेका ५ जना रहेको उनले बताइन ।

SHARE