पूर्वाधार विकास र समृद्धिमा अब्बल बन्दै शीतगंगा

47
शीतगंगा नगरपालिका नगर कार्यसमितिको बैठक ।

जननी संवाददाता
ठाडा- ‘शीतगंगा सम्बृद्धिको आधार, कृषि, पर्यटन र उद्योगमा पूर्वाधार’ भन्ने नारा लिएर विकासको काम द्रुत गतिमा अघि बढेको छ । अर्घाखाचीको दक्षिणी भूभागमा रहेको क्षेत्रफलका हिसाबले देशकै ठूलो शीतगंगा नगरपालिका हो । ६१० वर्ग किमी क्षेत्रफलमा फैलिएको नगरको जनसंख्या ४३ हजार ३ सय ७३ रहेको छ । साविक सितापुर, सुवर्णखाल, ठाडा, सिमलपानी, जलुके, जुकेना र सिद्धारा गाविस समेटिएको बनेको नगर १४ वडामा विभाजन छ । ठाडादहमा नगरको कार्यालय रहेका समग्र वडाको विकासका काम भैरहेका छन् । शीतगंगा सन्धिखर्क, भूमिकास्थान नगर, पाणिनि गापा, दाङ, प्युठान र कपिलवस्तुस“ग सीमाना जोडिएको छ ।

शीतगंगा नगरपालिका नगर कार्यसमितिको बैठकमा सहभागी जनप्रतिनिधि ।

तराइका जिल्लास“ग जोडिएको शीतगंगाको अरु पालिकाको भन्दा भूगोल अलि भिन्नै छ । जिल्लाकै दुर्गम मानिएका साविकका गाविस समेटिएर नगरपालिका बनेको छ । भूगोलका हिसाबले देशकै ठूलो नगरपालिका भएपछि विकासका योजना सञ्चालन गर्न उस्तै चुनौती छ । निर्माणका सामान ढुवानी गर्न उस्तै सकस छ । तर, हामी यही चुनौतीका बीच नगरको विकास र सम्बृद्धिको काम तीव्र रुपमा अघि बढाएका छौं ।
विकासको क्रमस“गै सड्क मार्गमा भएको स्तरोन्नती तथा सड्क विस्तार हु“दै जा“दा विकासमा तीव्रता आउन थालेको छ । रमणीय वनजंगल, ताल, खोलानाला, पर्वतीय श्रंखलाला तथा पौराणिक मठमन्दिरका कारणले पर्यटकीय आकर्षकको रुपमा विकास हु“दैछ । ऐतिहासिक डमरु दह, गोही पाइने बराह दह वाणगंगा नदीको शिर छन् । धार्मिक पर्यटकीय स्थल सुपादेउराली मन्दिर सन्धिखर्क नगरपालिकास“ग सीमा जोडिएको छ । जिल्लाकै बहुमुल्य साल, सिसौ खयर लगायतका काठको जंगल छ । गिटी, ढुंगाको खानी छ । जल, जंगल, जडिबुडी र जमिनले धनि मानिन्छ । पतञ्जलीको जन्मथलो पनि यही“ पर्छ । दुई सयभन्दा बढी सामुदायिक वन र वैज्ञानिक वनबाट उपभोक्ता स्वरोजगार उन्मुख भएकाले पनि विकासमा टेवा पुगेको छ ।
वडा १४ को धिरीखोला सामुदायिक वन अघिल्लो वर्ष देशमा दोस्रो स्थान हुन सफल भयो । नगरको १४ वटै वडामा विकास तीव्र गतिमा अघि बढेको छ । अधिकांश भूभाग कृषि उब्जनी हुने क्षेत्र भएकाले मकै, गहु“, कोदो, धान लगायत अन्नबाली उत्पादन राम्रो छ । तराइस“ग जोडिएकाले सिमलपानी, ठाडा लगायतका गाउ“मा तरकारी उत्पादन वृद्धि हु“दै गएको छ । अदुवा खेतीलाई विस्तार गर्ने लक्ष्य छ । पशुपालनमा सिद्धारा, सिमलपानी, जलुुके लगायतका गाउ“मा ठूला कृषि फार्म खुलेका छन् । व्यावसायीक बाख्रापालन गर्न बाहिरबाट लगानीकर्ता भित्रिएका छन् । चरन क्षेत्र र हरियाली डाले घा“स प्रशस्त छ । यहा“ उत्पादन भएका खसीबोका तराई सहित शहरमा गाडीले लैजान्छ । माग अत्यधिक धेरै छ । व्यावसायीक बाख्रापालन विकास गर्न उन्नत जात र बोयर बोका एवं बाख्रा समुहमा वितरण गरिएको छ ।
घरहरु छरिएर रहेको, एउटा गाउ“मा पुग्न घण्टौं पैदल हि“डनुपर्ने बाध्यता छ । अप्ठेरो भूगोलका कारण सबै ठाउ“ मोटरबाटो निर्मँण भएका छैनन् । यातायातको पहु“च दुर्गम भएका छैन । गरिबीको कारण चेतनास्तर पनि माथि उठ्न सकेको छैन । स्वास्थ्य सेवा सहज ढंगले सेवा प्रदान गर्न औषधि स्वास्थ्य संस्थामा उपलब्ध गराएपनि भौगोलिक जटिलताले सबै नगरवासीले सहज ढंगले स्वास्थ्य उपचार पाउन सकेको छैनन् । आकश्मक घटना घट्दा छिटोछरितो उपचार गर्न कठिन पर्छ ।
मुख्य समस्याको रुपमा सड्क, पूर्वाधार विकास, यातायातमा अत्यन्तै समस्या छ । अशिक्षा, पिछडिएको कारण समस्या छ । शैक्षिक गुणस्तरवृद्धि गर्न नगरको शैक्षिक गतिविधि अगाडी बढाएको छ । यही नै गुणस्तरीय शिक्षा दिएर छोराछोरी पढाउन शहर झर्ने अभिभावकलाई रोक्ने गरी शैक्षिक गतिविधि अगाडी बढाएका छौं । सबैलाई सर्वशुलभ खानेपानी उपलब्ध गराउन विभिन्न योजना सञ्चालन भएका छन् । अबको दुई वर्ष भित्र सबैले खानेपानी सुविधा सहज रुपमा नै पाउने गरी काम तीव्र रुपमा अघि बढेको छ । जंगल क्षेत्र धेरै, मानवबस्ती कम भएकाले भौगोलिक जटिलता नै विकासका पूर्वाधारको लागि चुनौती बनेको छ । नगरले चुनौतीका बाबजुद पनि छिटो विकास हुने तरिकाले काम अगाडी बढाएको छ ।

SHARE