पूर्वाधार विकासका काम द्रुत गतिमा भएका छन् : वडाध्यक्ष बिसी

53
वडाध्यक्ष दुर्गा बिसी

सिमलपानीमा जन्मनुभएको दुर्गाबहादुर बिसी लोकप्रिय युवा नेता हुनुहुन्छ । विकासका काममा सधै लाग्ने बिसी स्थानीय तहको चुनावमा तत्कालिन नेकपा एमालेको तर्फबाट शीतगंगा नगरपालिका–१३ को वडाध्यक्ष पदमा निर्वाचित हुनुभयो । अहिले वडाको काम कसरी भैराखेको छ भन्ने विषयमा जननी खबरले गरेको संक्षिप्त कुराकानी ः

वडामा विकासका काम के कसरी भएका छन् ?
संघीय संरचना भएपछि दुई वडामा विभाजन भएको तत्कालिन सिमलपानी गाविसमा विकासका काम गर्न भौगोलिक जटिलताका बावजुद धेरै काम भएका छन् । नगरपालिका र वडाको विनियोजित बजेटबाट वडाई ससमृद्ध पार्ने योजना साथ काम द्रुत गतिमा अघि बढेका छन् ।

भैगोलिक जटिलताले अप्ठेरो परेकै हो त ?
मिलेको भूगोलमा थोरै बजेट र एउटै योजनाले काम देखिन्छ । छिटो काम सम्पन्न हुन्छ । तर, छरिएर रहेको बस्ती पाखोपखेरोमा काम सम्पन्न गर्न समय लाग्ने, धेरै बजेट खर्च हुने गर्छ । छरिएर रहेको बस्तीमा सबै नागरिकलाई सरकारी सेवा दिनुपर्छ । त्यहां विद्युत लाइन जडान, यातायातको सुविधा, सञ्चार सुविधा, स्वास्थ्य सुविधा, आयआर्जनका कार्यक्रम पुराउनुपर्ने हुन्छ । त्यसले गर्दा थोरै बजेटले पुग्दैन । समय पनि धेरै चाहिन्छ । तरपनि वडाको विकासको योजनालाई समयमै सम्पन्न गर्ने लक्ष्यका साथ अघि बढेका छौं ।

कस्ता योजना सञ्चालनमा छन् ?
विशेष गरी भेडामारे–सीमलपानी मोटरबाटो नगरपालिका र अन्य तहबाट सहयोगले डबल कटिङको काम भएको छ । यो वडामा आउने मुख्य सड्क यही हो । सिमलपानीबाट पावरा हुंदै कपिलवस्तुमा रहेका पूर्व–पश्चिम राजमार्गमा जोडिने सड्क भएकाले हामीले यस्लाई प्राथमिकतामा राखेर काम गरेका छौं । वडाभित्र रहेका सबै सडकको स्तरोन्नती गर्ने काम भएको छ । कच्ची सड्क भएकाले वर्षामा धेरै बिग्रन्छन् । लामो दुरी भएकाले मर्मत गर्न धेरै पैसा खर्च हुन्छ । यातायात नपुगेको बस्तीमा नयां सड्क निर्माण भैरहेका छन् । खानेपानीको समस्या छ । खानेपानी योजना सञ्चालन भएका छन् । विद्युत विस्तार गर्ने, कृषि, पशु, शिक्षा स्वास्थ्य लगायत आयआर्जनका काम गर्ने हो ।

SHARE