विकासका लागि सबै एकजुट हुनुपर्छ : खड्का

48

२०७७ असोज १३ गते प्रकाशित

सुर्य भुसाल

अर्घाखाँची- राष्ट्रियसभा सदस्य चन्द्रबहादुर खड्काले विकास निर्माणका कामहरुमा कसैले पनि अवरोध गर्न नहुने बताउनुभएको छ । सन्धिखर्क नगरपालिका वार्ड नम्बर ९ को नवनर्मित भवनको शिलन्यास गर्दै  खड्काले विकास निर्माणका कामहरुलाई अगाडि बढाउन सबै जिल्लाबासीहरु एक हुनुको विकल्प नभएको बताउनुभयो । जिल्लामा हुने विकास निर्माणका कामहरुको सकरात्मक भन्दा नकारात्मक प्रचारप्रसार गर्ने प्रवृतिको विकास भएको बताउदै जिल्लाको विकासमा आफुहरु लागि परेको बताउनुभयो ।

कार्यक्रममा सन्धिखर्क नगरपालिकाका नगरप्रमुख कमल प्रसाद भुसालले वार्ड नम्बर नौ को वार्ड कार्यलय निर्माणका लागि शिव भुसालको स्मृतिमा जग्गा उपलब्ध गराउने सन्धिखर्क वार्ड नम्बर नौ निवासी टिकादेवी भुसाल र उहाका छ‍ोराहरु विष्णु प्रसाद भुसाल, माधब भुसाल परिवारलाई धन्यवाद दिदै वार्ड कार्यलय गुणस्तरीय बनाउन आग्रह गर्नुभयो । भुसालले बिकास निर्माणका काममा नगरपालिका अग्रपंक्तिमा रहेको बताउदै नगरभित्र का १२ वटा कार्यलयहरु अब निर्माण हुने गरि प्रकिया अगाडि बढेको बताउनुभयो ।

कार्यक्रममा उपप्रमुख ठाकुर कुमार विकले विकासका हिसाबले अर्घा वार्ड नम्बर ९ को बजेट अन्य वार्डमा भन्दा बढि परेको बताउदै गुणस्तरीयतामा कुनै कम्परमाईज गर्न नदिने र अनुगमन पनि दुर्त गतिमा अगाडि बढाएको बताउनुभयो । कार्यक्रममा प्रमुख प्रसासकिय अधिकृत कृष्णप्रसाद सापकोटाले भवन निर्माण गर्दा निकै बलियो भरपर्दो बनाउन र गुणस्तरीय सामानहरु प्रयोग गर्न निर्माण व्यावसायीलाई आग्रह गर्नु भयो । उहाले गुणस्तरीयतामा कमी भएमा आफुले भुक्तानी दिन नसक्ने बताउदै प्राबिधिकहरुलाई राम्रोसँग अनुगमन निरिक्षण गर्न निर्देसन दिनुभयो  । सापकोटाले प्राबिधिकहरुका समेत गुनासा आउने गरेकाले सरकारी भवन गुणस्तरीय बनाउन विकास निर्माणलाई पारदर्शी बनाउन प्राबिधिक जनप्रतिनिधि नागरिक समाज सबै लाग्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा वार्ड अध्यक्ष देव बहादुर रायमाझी, ईन्जिनियर प्रमोद केसी, प्राबिधिक हरिबहादुर बोहरा, नारायण पोख्रेल, जग्गा दाता टीका देवि भुसाल, समाजसेवी सरोज भुसाल,  रामबहादुर रायमाझी, सालिकराम भुसाल वार्ड सदस्यहरु निर्माण व्यावसायी कृष्ण बस्याल तथा जनप्रतिनिधिहरुको उपस्थिति रहेको थियोे । कार्यक्रममा जग्गादाता टिकादेवी भुसालले हिन्दुपरम्परा अनुसार विधिवत पुजा गरेपछि भवनको शिल्यान्यास गरिएको थियोे भवनका लागि टिकादेवी भुसाल विष्णु भुसाल माधव भुसाल परिवारले दुई रोपनी आठ,आठ आना जग्गा सन्धिखर्क नगरपालिका मार्फत वार्ड नम्बर नौ लाई उपलब्ध गराउनु भएको थियोे । कार्यक्रम बल बहादुर रायमाझीको सन्चालनमा सम्पन्न भएको हो ।

SHARE