कविता : मेरी आमा

219
 निरु आचार्य “नवरश्मि ”
२०७७ मंसिर १९ गते प्रकाशित
बिहानै झिसमिसेमै उठेर गाइ बस्तुलाई कुडाे पकाएर गोबर सोत्तर गरि खाना बनाउदै सात बज्न खोज्दा चिया पकाएर चिया पिउन उठ भनि बोलाउने ति मेरि आमा हुन् ,
आठ बज्न नपाउदै स्कुल जान ढिला हुन्छ भनेर हतार हतार खाना खान दिइ स्कुल पठाउने र दिउसो ढिलो हुन्छ कि भोकाएर आउदा भनेर बिहानै खाजा बनाएर तयार पारि राखिदिने ति मेरि आमा हुन् ,
वरपर एसो छरछिमेकमा केहि मिठोमसिनो चिज खान दिदा पटुकिमा च्यापेर संगै खाउला भनि सन्तानको लागि साचेर राखिदिने ति मेरि आमा हुन् ,
हामीलाई थपि थपि खाना खान दिइ आफुलाई एक गास नरहदा पनि सन्तानलाई खुसि बनाएर टन्न अघाएर सुताउने र आफु भोको पेटमा पटुकि कसेर कयौं चोटि निदाउने ति मेरि आमा हुन् ,
आफुलाई कयौं पिडा ,दुख, चोट पुग्दा समेत सहेर समाजको अगाडि आशु कतिपनि नदेखाइ छोराछोरीको भबिस्यको लागि ,राम्रो पढाईलेखाइको लागि रातदिन नभनि ,घामपानी नभनि काममा खटिरहने र ठुलो काम पर्दा खेताला लगाउने र हाम्रो खुसीमा आफु खुशी हुने ति मेरि आमा हुन् ,
आफु रातदिन बिरामि परेर हिंडडुल गर्न नसक्दा पनि हामीलाई एसो टाउको दुखो , पेट दुखो भन्दा रातभरि सन्तानकै चिन्तामा बस्ने र के खाएर भर्खरै निको होला भनि एता उता भौतारिरहने ति मेरि आमा हुन् , प
ढेर अब त जागिर गरि बा आमालाई सुख दिउला र ऋणको भारि हल्का बनाउला भनि जागिर गर्न सुरु गरेपछि अब त छोरि पनि आफ्नो खुट्टामा उभिने भइ भनि रिन को भारि बिसाउन नपाइ राम्रो पढेलेखेको केटा खोजेर बिहे गरि पठाउने र सदा उज्ज्वल भविस्यको कामना गर्ने ति मेरि आमा हुन्, आफुबाट टाढा बस्दा , बिहे गरेर राम्रो घरमा पठाए पनि खाना खायौं कि नाइ ,
के खायौं भनि रातदिन सोधिरहने , बिहान उठेपछि फोन नगरे आज त आठ बज्यो नि भनेर सन्चो बिसन्चोको खबर कुरिरहने ति मेरि आमा हुन,
Seen by Birendra Kc at बिहीबार 6:09अपरान्ह
SHARE