चिनको मंगल मिसन : पहिलो रोभर सतहमा उत्र्यो

89

काठमाडौँ । चिनियाँ अन्तरिक्ष यान टियानभेन-१ ले आफ्नो जुरोङ रोभर शनिबार मंगल ग्रहको सतहमा सफलतापूर्वक अवतरण गरेको चिनियाँ नेसनल स्पेस एडमिनिस्ट्रेसन (सिएनएसए) ले शनिबार बिहान पुष्टि गरेको छ । रोभरले मंगलबार त्यहाँको वातावरणको सतहबारे परीक्षण गर्ने जनाइएको छ । रोभरमा एक अर्बिटर, एक ल्यान्डर र एक रोभर समावेश गरिएका छन् । २३  जुलाई २०२० मा लन्च गरिएको यो रोभरले फेब्रुवरीमा मंगलको कक्षामा सफलतापूर्वक प्रवेश गरेको थियो ।

तियानभेन-१ मंगल ग्रहका लागि चिनको पहिलो स्वतन्त्र मिसन हो । सरकारी समाचार एजेन्सी सिन्ह्वाका अनुसार सौर प्रणालीका ग्रहहरूको खोजीबारे यो चीनको पहिलो कदम हो । यो अभियानमा मंगल ग्रहमा अवतरण गरी त्यसको परिक्रमा गर्ने उद्देश्यले गरिएको हो । यो विश्वकै सन् १९६० पछिको ३६ औं मिसन हो ।

यो अन्तरिक्ष यान प्रक्षेपणको सात महिना अन्तरिक्षमा यात्रा गर्दै फेब्रुवरीमा मंगलको कक्षमा प्रवेश गरी दुई महिनाभन्दा बढी समय सम्भावित अवतरण स्थलहरूको सर्वेक्षणमा बिताएको थियो । यस रोभरको तौल लगभग २ सय ३० किलोग्राम छ । यसमा छ वटा पांग्रा र चार सौर्य प्यानल जडान गरिएका छन् ।  यो रोभर दुई सय मिटर प्रतिघण्टाको गतिमा हिँड्न सक्छ । यसमा बहु-स्पेक्ट्रल क्यामेरा, सतहसम्बन्धी जानकारी दिने राडार र मौसम विज्ञान उकरणसहित छ वटा वैज्ञानिक उपकरणहरू जडान गरिएका छन् । यसले त्यस ग्रहमा करिब तीन महिना काम गर्ने अपेक्षा गरिएको छ ।

SHARE