गर्भवतीका लागि कोरोनाविरुद्धको खोप कति सुरक्षित ?

65

२०७८ जेठ ४ गते

काठमाडौं । कोरोनाको गम्भीर खतराले घेरिएको समूहमा गर्भवती महिलाहरू पनि पर्छन् । अन्य देशको तुलनामा जर्मनीमा गर्भवतीलाई दिइने खोपका विषयमा निकै सुस्तता अपनाइएको छ ।

२५ सौँ साताकी गर्भिणी ३५ वर्षीया आन्या डब्लुले थप स्पष्ट सल्लाह पाएकी भए कोरोनाविरुद्धको खोप लगाइसकेकी हुन्थिन् । आन्या स्वयं एक चिकित्सक भएकीले यसबारे राम्रो जानकारी उनीसँग छ । उनी भन्छिन्, ‘जर्मन समाज स्त्री रोग तथा प्रसूतिशास्त्री र खोपसम्बन्धी मापदण्ड समितिले गर्भवती महिलालाई खोप दिन स्पष्ट सिफारिस गरेमा र कोरोनाविरुद्धको खोप भाइरसको संक्रमणभन्दा कम जोखिमको रूपमा लिइएमा म पनि खोप लगाउँछु ।’ यस सम्बन्धमा अन्य देशहरूमा दिइने सल्लाहबारे पनि उनले दृष्टि दिएकी छन् । अमेरिकामा गर्भवती महिलाहरूलाई महिनौंसम्म खोप दिइएका समाचारबारे उनी जानकार छिन् ।

अमेरिकाबाहेक बेलायत र बेल्जियमजस्ता देशहरूले पनि गर्भवतीहरूलाई खोप लिन सिफारिस गरेका छन् । उनीहरूले प्राथमिकताका आधारमा खोपहरू प्राप्त गर्दै छन् । जर्मनीको खोपसम्बन्धी स्थायी समितिले (स्टाइको) ले अझैसम्म यस्तो सिफारिस गरिसकेको छैन । त्यहाँ नवजात शिशुलाई स्तनपान गराउने महिलालाई पनि खोपबारे केही निर्णय गरिएको छैन ।

यस वर्ष अप्रिलमा स्टाइकोले गर्भावस्थामा खोप नलिन सिफारिस गरेको थियो । उसले कोरोनाका गम्भीर पीडित बिरामीहरूका लागि खोप लिन सिफारिस गरेको छ । खोपको पुरै जोखिका बारेमा अनुसन्धान गरेपछि लगाउन सकिन्छ। यसको अर्थ त्यहाँ असाधारण अवस्थामा व्यक्तिले आफ्नै जोखिममा खोप लिन सक्छ ।

स्टाइकोका अनुसार धेरै कम गर्भवती महिलाले मात्रै गर्भ परीक्षण गराएका हुनाले सामान्य तरिकाले खोप सिफारिस गर्न उससँग पर्याप्त तथ्यांक छैन । स्टाइकोले आमाहरू बन्ने महिलालाई खोप दिन अस्वीकार गरेको छैन, उसले गर्भवती सबैलाई सिफारिस गर्न सकिँदैन मात्र भनेको छ ।

त्यहाँका सघन हेरचाहसँग सम्बन्धित पेसेबर एवं स्त्री रोग विशेषज्ञ दबाबमा छन् । जर्मनीका ११ विशेषज्ञ संगठनहरूको समूहले गर्भवतीको जोखिमबारे स्पष्ट गर्दै एक टिप्पणी प्रकाशन गरेर गर्भवती महिला कोरोनाको बढी जोखिममा रहेको र एमआरएनए खोपको सुरक्षाकाबारे पर्याप्त विश्वसनीय तथ्यांक प्राप्त भइसकेको बताएको छ । ह्याम्बर्ग-एपेन्डोर्फको विश्वविद्यालय मेडिकल कलेज अस्पताल (युकेई) का प्रमुख स्टिफन क्लुगे पनि त्यस्तै विश्वास गर्छन् ।

क्लुगे गर्भवती महिलाहरूमा कोरोना संक्रमणको तीव्र वृद्धि देखिएको बताउँछन् । उनले पछिल्लो दुई सातामा पाँच वटा त्यस्ता घटनाहरू रिपोर्ट गरिएको डिपिए समाचार एजेन्सीलाई बताएका छन् । यी घटना विशेष चिन्ताजनक रहेको बताउँदै क्लुगेले जर्मनीमा गर्भवती महिलालाई खोप दिन सुरु गर्नुपर्नेमा जोड दिएका छन् ।

सेप्टेम्बर २०२० देखि नै गर्भवती महिला उच्च जोखिम वर्गमा छन् । बेलायती मेडिकल जर्नलमा प्रकाशित एक अध्ययनले ६८ हजार महिलाको सहभागितामा बनाइएका १९० वटा अध्ययनहरूको तथ्यांक समीक्षा गरेको छ । नतिजा अस्पष्ट थियो : गर्भवती महिलाहरूमा पाँच गुणा संक्रमण लक्षणविहीन अवस्थामा थियो । कुनै लक्षण नभएको संक्रमणमा सघन उपचार वा कृत्रिम श्वासप्रश्वासको आवश्यक पर्ने खालको दोब्बर जोखिम थियो ।

कोरोना संक्रमित १० हजारमध्ये दुई जना मृत्युको उच्च जोखिममा थिए । मधुमेह वा मोटोपना जस्ता रोग र ४५ वर्षभन्दा माथिमा यसले जोखिम बढाउन सक्छ । औसतमा ७० देखि ८४ वर्षका जस्तै गर्भवती महिलाहरू पनि उच्च जोखिममा छन्।

यदि गर्भवती महिलालाई जोखिममा पर्ने बिरामी मानिन्छ भने उनीहरूलाई बचाउन उच्च प्राथमिकता हुनुपर्ने आन्या बताउँछिन् । उनी गर्भवती एवं कायर्रत चिकित्सकका रूपमा रहेकी उनले आफैँलाई असहाय अनुभव गर्छिन् । उनी भन्छिन्, ‘यस पटक म मेरो पहिलो गर्भावस्थामा भन्दा बढी चिन्तित छु । अझै अस्पतालमा कार्यरत रहेकीले कोरोना संक्रमणबाट आफूलाई जोगाउन हर सम्भव प्रयास गर्दै छु ।’

‘मलाई काम गर्ने ठाउँमा गर्भवती महिलाहरूले जर्मन समाज स्त्रीरोग र रोबर्ट कोच इन्स्टिच्युट (जर्मन सरकारको रोग नियन्त्रण र रोकथामका लागि) बाट राम्रो सल्लाहको अपेक्षा थियो,’ अन्याले भनिन् । अमेरिकी रोग नियन्त्रण एवं रोकथाम केन्द्र (सिडिसी) बाट आएको विज्ञ समूहले गर्भवती र स्तनपान गराउने आमाहरूलाई खोप माग गर्ने स्त्रीरोगको जर्मन विशेषज्ञ संगठन ‘भी सेफ’ लाई गर्भवतीलाई कोरोना खोप सुनिश्चित गर्न सुझाव दिएको छ ।

कोरोनिवरुद्धको खोपले गर्भवती महिलालाई जोखिममा पार्ने कुनै संकेत नपाइएको सिडिसीले जनाएको छ । प्रतिरोधक क्षमताको विकास या खोपको प्रतिक्रिया बारे कुनै चिन्ता लिनु नपर्ने उसले बताएको छ ।

सामान्यतया गर्भवती महिलाहरूलाई बायोनटेक/फाइजर र मोडर्नाका एमआरएनए खोप लगाउने सल्लाह दिइएको छ । गर्भवती चिकित्सक आन्या पनि एमआरएनए खोपबारे सकारात्मक छिन् । उनी गर्भवती महिलाका लागि थ्रम्बोसिसको बढी जोखिम रहन्छ । त्यसैले आफू साइनस थ्रम्बोसिसको जोखिमबाट बच्न चाहेको उनी बताउँछिन् ।

धेरै गर्भवती महिलाले खोप लगाउन तयार भए पनि अझै उनीहरूले खोप लिन पाएका छैनन् । चिकित्सकहरूले कुनै किसिमको जोखिम उठाउन नचाहेको बताइएको छ । कुरा घुमिफिरी गर्भवती महिलामा आएर रोकिएको छ । महिला स्वयंले कोरोना संक्रमणको जोखिम र खोपको असरबारे तुलना गर्नुपर्ने भएको छ ।

आन्या जर्मनीमा शीघ्र गर्भवती महिलाहरूका विषयमा स्पष्ट दृष्टिकोण आउनेमा आशावादी छिन् । उनी भन्छिन्, ‘यो दृष्टिकोण सार्वजनिक हुँदासम्म मेरो दोस्रो सन्तान धर्तीमा आइसक्ने छ ।’

वेबदुनियाबाट साभार

 

SHARE