नेपालको मौसममा ताउ-तेको प्रभाव

10

२०७८ जेठ ५ गते

काठमाडौँ । बुधबार नेपालमा पश्चिमी न्यून चापीय प्रणाली तथा भारतको गुजरातको आसपासमा रहेको चक्रवात ‘ताउ-ते’ को प्रभाव रहेको छ । अहिले प्रदेश २ र प्रदेश १ मा आंशिक बदली रहेको छ भने बाँकी भू-भागमा सामान्यदेखि पू बदली रहेको छ । कर्णाली प्रदेश र सुदूर पश्चिम प्रदेशका केही स्थान र बाँकी प्रदेशका भू-भागको  एक-दुई स्थानमा हल्का वर्षा हुँदै छ ।

बुधबार दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । कर्णाली,  सुदूरपश्चिम, गण्डकी र लुम्बिनी प्रदेश  र बाँकी प्रदेशका पहाडी भू-भागका केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कर्णाली,  सुदूरपश्चिम, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको बताइएको छ । उच्च हिमाली भू-भागका केही स्थानहरूमा हल्कादेखि मध्यम हिमपात एवं वर्षाको सम्भावना रहेको विभागको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

यसैगरी राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रही पश्चिमी पहाडी भू-भागका केही स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको उल्लेख छ ।

SHARE