२०७८ जेठ ८ गते
लन्डन । कोरोना खोपको अभावबाट पीडित धेरै देशहरूमा दुई भ्याक्सिन बिचको अन्तरलाई केही समय बढाइएको छ । विशेषज्ञहरूले यसलाई सही रणनीति भनेर समर्थन गरेका छन् । नयाँ अनुसन्धानले दोस्रो खोप ढिलो लिँदा शरीरले एन्टिबडी अझ वृद्धि गर्ने अध्ययनमा बताइएको छ । भारतमा पनि कोभिसिल्डको दुई खोपबिच अन्तर १२ देखि १६ साता पु-याइएको छ ।
दोस्रो डोजको ढिलाइले वर्तमान आपूर्ति बढी व्यक्तिहरूलाई खोप दिन मात्र सहज हुँदैन, नयाँ अनुसन्धानले प्रतिरक्षा शक्ति पनि बढ्ने देखाएको छ । यसले प्रतिरक्षा प्रणालीलाई पहिलो खोपपछि प्रतिरोध क्षमता बढाउन अधिक समय प्रदान गर्छ । दोस्रो खोप ढिला गरी दिइयो भने २० देखि ३०० प्रतिशत बढी एन्टिबडी भाइरससँग लड्न उपलब्ध हुन्छ ।
यो खोप अभावको सामना गरिरहेका देशहरूका लागि खुसीको खबर हो । उनीहरूले दुई खोप बिचको अन्तर बढाइसकेका छन् । भ्याक्सिन रिसर्च ग्रुप मायो क्लिनिकका भाइरोलजिस्ट तथा निर्देशक ग्रेगरी पोल्यान्डले भने, ‘यदि म सक्थें भने अहिले सबैलाई एक डोज दिनका लागि बटन थिच्ने थिएँ र पछि अर्को डोज दिइन्थ्यो ।’
सन् २०२० को अन्त्यमा खोप सुरु गर्दा दुई डोजको अन्तरबारे विश्वसनीय अनुसन्धान भएको थिएन । बेलायतले सर्वप्रथम दुई डोजबिच अन्तर बढायो । सुरुमा यसको आलोचना गरिएको थियो तर पछि उपयुक्त साबित भयो । पहिलो डोजले शरीरमा एन्टिबडी बनाउने प्रक्रिया सुरू गरेपछि दोस्रो डोज परिपक्व हुने अनुसन्धानले देखाएको छ । ब्लुमबर्ग