पशुपतिनाथ मन्दिरको दैनिक कार्यक्रम यस्तो छ

420

२०७८ जेठ ८ गते

काठमाडौँ । ॐ कार परिवारभित्रका हरेक नेपालीको अभिलाषा सके दैनिक नसके जीवनमा एक पटक भए पनि पशुपतिनाथको दर्शन गर्ने हुन्छ नै । त्यसैले पशुपति क्षेत्र विकास कोषले वेबसाइटमा उल्लेख गरेको पूजा व्यवपनबारे बुझौँ ।

देवाधिदेव महादेव पशुनाथ मन्दिरको ढोका बिहान ८:०० बजे खुल्छ । बिहान ८:३० बजे मूल भट्ट र भण्डारीहरू  मन्दिरमा आएर भगवानको मूर्ति तथा भाँडाकुँडा माझी सफा कपडाले पुछेर तयारी गर्छन् । मूलभट्ट र अन्य सहयोगीहरूले भगवानलाई स्नान गराएपछि नित्य पूजा प्रारम्भ गरिन्छ ।

बिहान ९:३० बजे भगवानका लागि बालभोग टक्र्याइन्छ । १०:०० बजे स्वागत पूजा गरी नित्यपूजा प्रारम्भ गरिन्छ । १:४५ बजे पूजा समाप्त गरी भगवानलाई मूलभोग प्रस्तुत गरिन्छ । २:०० बजे मन्दिरका चारै ढोका पुनः बन्द गरिन्छ । २:०० बजेदेखि ५:००  बजेसम्म बिश्रामको समय छुट्याइएको छ । बेलुकी ५:१५ बजे पुनः मन्दिरको ढोका खोली नित्य आरती, जल अभिषेक गरिन्छ । बेलुकी ६:०० बजे वाग्मती गंगा आरती (वाग्मती समूहद्वारा एघार शिवालय अगाडि) प्रस्तुत गरिन्छ । बेलुकी ७:०० बजे मन्दिरका सबै ढोका बन्द गरी त्यस दिनको सम्पूर्ण कार्य सम्पन्न गरिन्छ ।

नित्यपूजा

भगवान् पशुपतिनाथको मूल मन्दिर तथा वासुकी मन्दिरमा नित्यपूजा विधिसम्मत रूपमा सम्पन्न गरिन्छ । वरिपरिका मन्दिरहरूमा पनि नित्यपूजाका साथ विशेष पर्व पूजाहरूसमेत गर्ने प्रचलन छ ।

विशेषपूजा

पशुपति क्षेत्र बिकास कोषले विशेष पूजाका लागि २०५४ सालदेखि कार्यविधि बनाई हजार १ सय, २ हजार १ सय, ५ हजार १ सय, ११ हजार, २७ हजार, ५५ हजार, १ लाख ५६ हजार,२ लाख ५१ हजार, ५ लाख ५१ हजार रुपैयाँ तथा सोभन्दा बढीका बिशेष पूजा व्यवस्थापन गर्दै श्रद्घालु भक्तजनहरूलार्ई सेवा प्रदान गर्दै आएको छ । त्यसैगरी वासुकीनाथको दुग्धार्पण सेवा २ सय ५५ तथा दैनिक नित्यपूजा ५ सय ५ रुपैयाँ लिई विशेष पूजा व्यवस्थापन गरिएको छ ।

SHARE